निषेधाज्ञाले सुनसान राजधानी (तस्वीरहरू)
प्रायः भीडभाड र कोलाहल मच्चिरहने राजधानी आज भने बिहानैबाट सुनसान छ। सुरक्षाकर्मी र अत्यावश्यक सवारी साधन फाट्टफुट्ट मात्रै चलेका छन्।
कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ। जसले गर्दा आवतजावत ठप्प जस्तै भएको छ। सडकमा सुरक्षाकर्मी र अत्यावश्यक काममा जानेहरू मात्रै देखिन्छन्।
काठमाडौं, ललितपुर र भक्तपुरमा कम्तीमा दुई साता निषेधाज्ञा जारी रहनेछ। देशका थप केही जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ।