राजधानी छोडेर फेरि गाउँतिर (तस्वीरहरू)
कोरोनाभाइरसको दोस्रो लहर चलेसँगै निषेधाज्ञा जारी भएपछि श्रमिक तथा विद्यार्थी राजधानी छोडेर गाउँतिर फर्किन थालेका छन्।
सरकारले १६ वैशाखदेखि दुई साता राजधानीका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएपछि मंगलबार बिहानैदेखि श्रमिक र विद्यार्थी राजधानी छोडेर गाउँ फर्किन थालेको हुन्।
गत वर्ष सरकारले एकाएक देशव्यापी बन्दाबन्दी गरेको थियो। त्यसमा श्रमिक र विद्यार्थी अलपत्र परेका थिए। उनीहरू कैयौं दिन पैदल हिँडेर गाउँ फर्किएका थिए। यस पटक पनि निषेधाज्ञा जारी भएसँगै गाउँ फर्किन थालेका हुन्।