दुई दिन लगातार घटेको नेप्सेमा आज उछाल
दुई दिन लगातार उच्च अंकले घटेको शेयर बजार परिसूचक नेप्सेमा आज भने उछाल आएको छ।
मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर २ हजार ६ सय बिन्दुको छेउमा पुगेको हो। सबै समूहका परिसूचक सकारात्मक बन्दा नेप्से आज ३.६९ प्रतिशतले बढेको छ। साताको शुरूआतमा ठूलो कारणबिनै शेयर घटेकाले नेप्सेले फेरि पुनर्लय समात्ने अनुमान गरिएको थियो।
सबैभन्दा धेरै जलविद्युत् समूह ६.६८ प्रतिशत, व्यापार समूह ५.५५ प्रतिशत र लघुवित्त समूह ४.७७ प्रतिशतले बढेकाे छ। वाणिज्य ब्यांक समूह २.६ प्रतिशत, विकास ब्यांक समूह ३.४४ प्रतिशत, निर्जीवन बीमा समूह ४.४ प्रतिशत तथा जीवन बीमा समूह ३.४१ प्रतिशतले बढेकाे छ।
मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, विशाल बजार कम्पनी, महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्ससहितका ११ कम्पनीकाे शेयर मूल्य झन्डै १० प्रतिशतले बढेकाे छ। आज कारोबार भएकामध्ये अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। यद्यपि, गुडविल फाइनान्सको शेयर मूल्य भने १ प्रतिशतले घटेको छ।
आज बजारमा रू.५ अर्ब १० करोड मूल्य बराबर शेयर किनबेच भएकाे छ।