हिंसाविरुद्धको अभियानमा सानिमा ब्यांकले माइती नेपाललाई सघाउने
मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको अभियानमा सानिमा ब्यांकले माइती नेपाललाई थप दुई वर्ष सघाउने भएको छ।
यस सम्बन्धी सानिमा ब्यांक र माइती नेपालबीच सम्झौता नवीकरण भएको छ। दुई वर्षका लागि नवीकरण भएको सम्झौतामा माइती नेपालकाे तर्फबाट संस्थापक अध्यक्ष अनुराधा कोइराला र ब्यांकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।
यो सम्झौता अनुसार, ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई रू.१० लाख सहयोग गर्नेछ।