'नोमाडल्यान्ड' ले जित्यो ओस्कारमा उत्कृष्ट फिल्मसहित तीन अवार्ड
'नोमाडल्यान्ड' यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको हलिउडस्थित डल्बी थिएटर र लस एन्जलसको यूनियन स्टेशनमा आयोजित ९३औं एकेडेमी अवार्ड समारोहमा 'नोमाडल्यान्ड'ले उत्कृष्ट फिल्मसहित मुख्य तीन अवार्ड जित्यो।
'नोमाडल्यान्ड' बाटै चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई जाओले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने फ्रान्सिस म्याकडोरमन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्।
क्लोई ओस्कार पाउने एसियाली मूलकी पहिलो महिला हुन् भने ९३ वर्षको ओस्कार इतिहासमा अवार्ड जित्ने दोस्रो महिला निर्देशक हुन्। यसअघि सन् २०१० को एकेडेमी अवार्डमा 'द हर्ट लकर' फिल्मबाट क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको अवार्ड पाएकी थिइन्।
यस वर्षको ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड 'द फादर' फिल्मबाट एन्थोनी हपकिन्सले जितेका छन्।
ओस्कार अवार्ड २०२१ को विजेताको सूची:
बेस्ट पिक्चर: नोमाडल्यान्ड
बेस्ट एक्टर: एन्थोनी हपकिन्स (द फादर)
बेस्ट एक्ट्रेस: फ्रान्सिस म्याकडोरमन्ड (नोमाडल्यान्ड)
बेस्ट डाइरेक्टर: क्लोई जाओ (नोमाडल्यान्ड)
बेस्ट एक्टर सपोर्टिङ रोल: ड्यानियल कलुया (जुडस एन्ड द ब्ल्याक मसीह)
बेस्ट एक्ट्रेस सपोर्टिङ रोल: यूह-जुङ योन (मीनारी)
बेस्ट इन्टरनेसनल फिचर फिल्म: अनोदर राउन्ड
बेस्ट एनिमेटेड फिचर फिल्म: सोल
बेस्ट ओरिजिनल सङ: फाइट फर यू
बेस्ट ओरिजिनल स्कोेर: सोल
बेस्ट डक्युमेन्ट्री फिचर: माई अक्टोपस टिचर
बेस्ट सिनेमाटोग्राफी: मान्क
बेस्ट साउन्ड: साउन्ड अफ मेटल
बेस्ट भिजुअल इफेक्ट्स: टिनेट
बेस्ट एडप्टेड स्क्रिनप्ले: द फादर
बेस्ट कस्ट्यूम डिजाइन: मा रेनिज ब्ल्याक बटम
बेस्ट मेकअप एन्ड हेयर स्टाइलिङ: मा रेनिज ब्ल्याक बटम
बेस्ट प्रोडक्सन डिजाइन: मान्क
बेस्ट एनिमेटेड सर्ट फिल्म: इफ एनिथिङ ह्यापेन्स आई लभ यू
बेस्ट लाइभ एक्सन सर्ट फिल्म: टू डिस्ट्यान्ट स्ट्रेन्जर्स
बेस्ट डक्युमेन्ट्री सर्ट सब्जेक्ट्स: कोलेट
बेस्ट ओरिजिनल स्क्रिनप्ले: प्रमिसिङ यङ वुमन
बेस्ट फिल्म एडिटिङ: साउन्ड अफ मेटल