पोखरा थन्डर्सलाई हुन्डाईको साथ
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पोखरा थन्डर्सलाई प्रायाेजन गरेकाे छ।
लक्ष्मी हुन्डाईले प्लाटिनम स्पोन्सरका रूपमा पोखरा थन्डर्सलाई साथ दिएको हो। एनएसएल प्रतियोगिताको पहिलो संस्करण ११ वैशाखबाट काठमाडौंमा सञ्चालन भइरहेको छ। १ जेठसम्म चल्ने प्रतियोगितामा ७ टीम छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको एनएसएल नेपालमा पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा पोखरा थन्डर्सलाई प्रायोजन गरेको हो। यसअघि १० वर्ष ‘ए’ डिभिजन टीमलाई प्रायोजन गरेको थियो।
हुन्डाई मोटरले इङ्लिस प्रिमियर लिग (ईपीएल)मा चेल्सी एफसीलाई प्रायोजन गरेको छ। यससँगै फिफा प्रतियोगितामा १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ।