मनीग्राम र ई-सेवाबीच समझदारी
विदेशबाट रकम पठाउन सहज बनाउने उद्देश्यले मनीग्राम इन्टरनेशनल र ई–सेवाबीच समझदारी भएको छ।
यो समझदारीसँगै संसारभर रहेका मनीग्रामका ग्राहकले बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन्। समझदारीसँगै खाता निक्षेप सेवा सञ्चालन भइसकेको मनीग्रामले जनाएको छ। त्यस्तै, ई–सेवा वालेट पनि शुरूआत गर्न लागिएको जनाएको छ।
यो समझदारीले नेटवर्कको विस्तारसँगै ग्राहक केन्द्रित क्षमताको कार्यक्रम विस्तार गर्दा डिजिटल काराेबार वृद्धिका लागि उत्साहित बनाएको मनीग्रामका भारत तथा दक्षिण एसिया प्रमुख नावेद अस्रफले बताए। विदेशमा रहेका नेपालीले रकम पठाउन र उनीहरूका आफन्तलाई रकम प्राप्त गर्न सहज हुने उनको भनाइ छ।
मनीग्रामसँगको नयाँ सहकार्यले उत्साहित बनाएको ई–सेवाको मूल कम्पनी एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए। विश्वभर रहेका नेपालीलाई रकम पठाउन थप सहज हुने उनको भनाइ छ।