‘फ्लोर क्रस’ गरेका एमालेका तीन प्रदेश सांसद बने मन्त्री, शपथ भोलि
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी ह्विप उल्लंघन गरेर आफूलाई विश्वासको मत दिएका नेकपा (एमाले)का तीन सांसदलाई मन्त्री बनाएका छन्।
शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार र कुर्मराज शाहीलाई उद्योग, पर्यटन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन्।
तीनै जनालाई आइतबार पद तथा गोपनीयताका लागि बोलाइएको नवनियुक्त उद्योगमन्त्री कुर्मराज शाहीले हिमालखबरलाई जानकारी दिए।
एमालेका सांसद प्रकाश ज्वाला र मन्त्री बनेका तीन जनाले शुक्रबार पार्टी ह्विप उल्लंघन गरेर माओवादीबाट मुख्यमन्त्री बनेका शाहीलाई मत दिएका थिए। पार्टीले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।