को को हुन् कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद?
नेकपा (एमाले) कर्णाली प्रदेश सभाका चार सांसदले पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेका छन्। पार्टी संसदीय दलको ह्विप विपरीत उनीहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका हुन्।
एमाले ५ चैतमा समर्थन फिर्ता लिएपछि नै शाही विश्वासको मत लिन बाध्य भएका थिए।
तर, शुक्रबार भएको मतदानमा एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका हुन्।
पार्टीको ह्विप उल्लंघन गर्नेलाई संसदीय दलले कारबाही गर्नसक्ने व्यवस्था छ।