२४ घण्टामै थपिए ९०० कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थप ९ सय जनामा नोबेल कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ। यो अवधिमा ६ हजार १५८ नमूना परीक्षण गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार देशभरि सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ। कोरोनाबाट नेपालमा ३ हजार ७० जनाको ज्यान गइसकेको छ।
दोस्रो लहरको जोखिम बढ्दै गएपछि मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने कुनै पनि ठाउँमा नजान अपील गरेको छ।