खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
बौद्ध धर्मको पञ्चशील आध्यात्मिक साधनाका लागि मात्रै नभएर लौकिक जीवनमा पनि खुशी र समृद्धि दिने कुरा हुन्। यिनलाई अक्षुण्ण राख्न सके मानिस आनन्दित हुन सक्छ।
हाँसो, हँसिलो मुहार र खुशीबीच अन्योन्याश्रित सम्बन्ध छ। हँसिलो मुहारको स्रोत सुख, समृद्धि र खुशी हो। यो कसरी हुन्छ भन्ने प्रश्नमा विश्वभरका दार्शनिक तथा चिन्तक लामो समयदेखि घोत्लिँदै आएका छन्।
सुख वा खुशी प्राप्तिका लागि जुन कुराको पछाडि मानव जाति जीवनभर दौडिरहेको हुन्छ, वास्तवमा त्यही कुराले उसलाई दुःख दिइरहेको व्याख्या पनि भेटिन्छ। दार्शनिक जगत्मा ‘ब्रह्म सत्य, जगत् मिथ्या’ भन्ने एउटा चिन्तन पाइन्छ, जसले सारा भौतिक कुरा नकार्न सिकाउँछ र अभौतिक वा पारलौकिक कुरा प्राप्तिका लागि भौतिक शरीरलाई नै तड्पाएर साधना गर्न सुझाउँछ।
मध्यममार्गीका रूपमा पनि चिनिएको बौद्ध दर्शनमा ‘चतुुर्ब्रह्मविहार’ लाई मानिसको गहना मानिन्छ। यस अन्तर्गत मानिसले आन्तरिक रूपमा चार कुरा विकास गर्नुपर्छः मैत्री, करुणा, मुदिता र उपेक्षा। सबै सम्बन्धमा आत्मीयता र हार्दिकताले मैत्रीपूर्ण वातावरण सिर्जना गर्छ, जुन आफैंमा खुशीको स्रोत हो। दीनदुःखीप्रति दयाभाव राख्दा ‘राख्ने’ र ‘राखिने’ बीच तहगत विभेद उत्पन्न हुन्छ, र तहगत विभेद हुन्जेल करुणा जागृत हुँदैन।
अरूको दुःखलाई आत्मसात् गरी वा त्यसमा समभाव राखी समस्या समाधानतिर लाग्नु करुणा हो। यस्तै, अरूको खुुशीमा आफूू पनि स्वतः खुुशी हुनु मुुदिता हो। कसैको दुर्व्यवहारप्रति उदासीन भई सत्मार्गमा लागिरहनु उपेक्षा भाव हो।
कुनै पनि बौद्धले दैनिक जीवनमा ‘पञ्चशील’ अर्थात् हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुुटो नबोल्नु र मादक पदार्थको सेवन नगर्नु जस्ता नियम पालना गर्नुपर्छ। यी शीलहरू आध्यात्मिक साधनाका लागि मात्रै नभएर लौकिक जीवनमा पनि खुशी र समृद्धि दिने कुुरा हुन्। यिनलाई अक्षुण्ण राख्न सके मानिस आनन्दित हुनसक्छ।
मध्यममार्गीका रूपमा पनि चिनिएको बौद्ध दर्शनमा ‘चतुुर्ब्रह्मविहार’ लाई मानिसको गहना मानिन्छ। यस अन्तर्गत मानिसले आन्तरिक रूपमा चार कुरा विकास गर्नुपर्छः मैत्री, करुणा, मुदिता र उपेक्षा। सबै सम्बन्धमा आत्मीयता र हार्दिकताले मैत्रीपूर्ण वातावरण सिर्जना गर्छ, जुन आफैंमा खुशीको स्रोत हो।
बुद्धले दान दिनु र लिनु दुवै कार्यलाई तृष्णा र अहंभाव क्षय गर्ने राम्रो माध्यमका रूपमा सुुझाएका छन्। दान दिन पाउँदाको सुुख अझ बढाउन पेशामा थप मिहिनेत गर्नुुपर्छ। यसैकारण उद्योगधन्दा तथा व्यवसायमा संलग्न व्यक्तिहरूलाई बुुद्धले कहिल्यै पनि पेशाबाट विमुख हुन भनेनन्, बरु मिहिनेत गरी प्रगतिमा लागिरहन प्रोत्साहन दिन्थे। व्यवसायीको मिहिनेतले समाजको अर्थव्यवस्थालाई नै चलायमान गरिरहेको हुन्छ।
आधुनिक विश्वमा विभिन्न व्यापार–व्यवसायमा संलग्न अर्बपतिहरूमध्ये अधिकांश सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक सेवामा पनि जोडिएका छन्। यसलाई व्यावसायिक धर्म निर्वाह भन्न सकिन्छ। आधुनिक विश्वले आदर्शका रूपमा लिएको व्यवसायीहरूको सामाजिक उत्तरदायित्वलाई बुद्धले पच्चीस सय वर्षअघि नै बढावा दिएका थिए।
जिउनका लागि मात्र भोजन गर्ने र दैनिक एक छाकभन्दा बढी खान नहुने कठोर नियम पालना गर्ने भिक्षु–भिक्षुणीहरू कसरी हृष्टपुुष्ट, हँसिला र तेजिला देखिन्छन् भन्ने जिज्ञासा धेरैमा हुनसक्छ। तर, बौद्ध धर्म-दर्शन अनुसार सुखको तात्पर्य यही हो।
गौतम बुद्धले भिक्षुु–भिक्षुणीका लागि धनसम्पत्ति संग्रह गर्न नपाउने विनय (नियम) नै बनाएका छन्, जसलाई ‘अपरिग्रह’ भनिन्छ। कमाउने कामधन्दामा लाग्यो भने, अध्ययन र साधनाबाट विमुख हुने खतरा भएकाले यस्तो नियम बनाइएको हो। भिक्षु–भिक्षुुणीले आफ्नो दैनिक आवश्यकताको पूर्ति अरूले गरेको दानबाट नै गर्नुपर्छ। अरू त अरू, तीन जोरभन्दा बढी चीवर राख्दा पनि आपत्तिदोष लाग्छ। दान प्राप्त गरेबापत दातालाई धर्मोपदेश सुनाएर मंगल कामना गर्नुुपर्ने नियम पनि छ।
जिउनका लागि मात्र भोजन गर्ने र दैनिक एक छाकभन्दा बढी खान नहुने कठोर नियम पालना गर्ने भिक्षु–भिक्षुणीहरू कसरी हृष्टपुुष्ट, हँसिला र तेजिला देखिन्छन् भन्ने जिज्ञासा धेरैमा हुनसक्छ। तर, बौद्ध धर्म-दर्शन अनुसार सुखको तात्पर्य यही हो।
भिक्षु–भिक्षुणीहरूले अरूबाट भिक्षामा प्राप्त दान आफैंले उपभोग वा सञ्चय नगरी आपत्विपत्मा परेका लगायत अन्यको हितमा उपयोग गरेको पनि पाइन्छ। कतिपय बौद्ध देशमा खाली गोडा भिक्षा माग्दै हिँड्ने भिक्षुहरूले नै ठाउँठाउँमा गरीबगुरुबालाई भोजन गराउन शिविर नै खडा गरेको पाइन्छ। भूकम्पबाट क्षतिग्रस्त खास्ती चैत्य (बौद्ध)को पुनर्निर्माणमा ठूलो धनराशि भिक्षुुहरूबाट नै जुटेको यहाँ स्मरणीय छ।
खुशीको आँकडा र बौद्ध धर्म–दर्शन
गत महीना प्रकाशित ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ अनुसार नेपाल दक्षिण एसियामै शीर्ष स्थानमा पर्यो। राजनीतिक अस्थिरता, आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रमा नकारात्मक परिस्थितिका बावजूद यस्तो प्रतिवेदन आउनु अस्वाभाविक लाग्नसक्छ। तर, भुल्न नहुने पक्ष के हो भने, हँसिलो मुहार नेपालीको ब्रान्ड मानिन्छ। नेपालीहरू जस्तोसुकै परिस्थितिमा पनि हाँस्न सक्ने भनेर चिनिन्छन्।
खुशीयाली प्रतिवेदनले नेपाल दक्षिण एसियामा खुशी राष्ट्र देखाउनु र हँसिलो मुहार नेपालीको ब्रान्ड बन्दै आउनुमा बौद्ध वा कुनै धर्मविशेषको प्रभाव हो जस्तो लाग्दैन। बौद्ध धर्म–दर्शनले तृष्णाको क्षय गरेर दुःखलाई कम गर्ने कुरामा जोड दिए पनि ‘ह्यापिनेस’ बौद्ध धर्म–दर्शन वा समाजसँग मात्र सम्बन्धित विषय होइन। सर्वेक्षण दक्षिण एसियाकै बौद्ध देशहरूमा पनि गरिएको थियो। १४९ वटा देशमा गरिएको अध्ययनमा औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई सूचक मानिएको थियो।
जनसंख्या वा शिक्षाकै कुरा गर्ने हो भने, बौद्ध धर्मको बाहुल्य भएको तथा शिक्षा पनि उल्लेख्य प्रचार भएका मुलुुकहरूमा पनि नपाइने ‘हँसिलो मुहार’ को ब्रान्ड र ‘ह्यापिनेस’ सम्बन्धी सर्वेक्षणको नतिजा नेपालमा पाइनु अध्ययनको छुट्टै विषय हो।
नेपालमा बौद्ध जनसंख्या अल्पमतमा छ, परम्परागत बौद्ध समाज पनि बौद्ध शिक्षाबाट विमुख छ। बौद्ध र गैरबौद्ध क्षेत्रमा बुद्ध र बौद्ध धर्मका बारेमा चासो बढेको केही दशकयता मात्रै हो। जनसंख्या वा शिक्षाकै कुरा गर्ने हो भने, बौद्ध धर्मको बाहुल्य भएको तथा शिक्षा पनि उल्लेख्य प्रचार भएका मुलुुकहरूमा पनि नपाइने ‘हँसिलो मुहार’ को ब्रान्ड र ‘ह्यापिनेस’ सम्बन्धी सर्वेक्षणको नतिजा नेपालमा पाइनु अध्ययनको छुट्टै विषय हो।
नेपालीहरू यथार्थवादी हुनु र महत्त्वाकांक्षा बढी नपाल्नुले समग्रमा यस्तो संस्कारको विकास भएको हो कि भन्ने अनुुमान गर्न सकिन्छ। अनुमान यदि सही हो भने, यसलाई बौद्ध धर्म र दर्शनको व्यावहारिक पक्षसँग जोडेर थप अध्ययन गर्न सकिन्छ।