नेपालीमा हास्यचेत कति ?
जुन समाज बढी अनौपचारिक हुन्छ, त्यहाँ हास्यचेत यसै मौलाउँछ। पंक्तिकारको अनुभवले के भन्छ भने, दक्षिण एसियालीको हास्यचेत युरोपेलीभन्दा त धेरै माथि छ नै, अमेरिकीभन्दा पनि कम छैन।
मौलिक, सिर्जनशील र शिल्पयुक्त काम नै कला हो। कलाले कर्ता (कलाकार)लाई त्यसका उपभोक्ता (पाठक, दर्शक, श्रोता) सँग जोड्छ। कलाकार आफ्ना सिर्जनशील काम मार्फत चिनारी बनाउँछ र प्रशंसक बटुल्छ। कुशलतापूर्वक गरिने यस्ता कर्मले कर्ता र उपभोक्ता दुवैलाई आनन्दित बनाउँछ। सिर्जनशील र शिल्पयुक्त कामका पछाडि कला जोडिएका हुन्छन्। जस्तै, चित्रकला, मूर्तिकला, नृत्यकला, गायनकला, पाककला आदि।
आम रूपमा लेखेर वा चित्र कोरेर; खेलेर वा नाचेर; गाएर वा अभिनय गरेर कला प्रदर्शन गरिएको हामीले देख्दै आएका छौं। यस्तै कलाकारमध्येमा अर्काथरी पनि पर्छन्, जो बोलेरै वाहवाही टुल्छन्। पश्चिमी संसारमा वाचाल र प्रभावशाली वक्ता 'गुड ओरेटर' का रूपमा प्रशंसित हुन्छन्। पश्चिमाहरू 'विट', 'ह्युमर', 'प्रिजेन्स अफ माइन्ड' लाई व्यक्तित्वका अवयव मान्छन्। आङ्ल भाषाका यी शब्दावलीका अर्थ लगभग मिल्दाजुल्दा भए पनि नेपालीमा यिनका समतुल्यता 'परिहास', 'विनोदप्रियता', 'वाक्पटुता' आदिमा पाउन सकिएला। त्यसैले कला गीत गाउनुसँग मात्र नभएर बोल्नुसँग पनि सम्बन्धित छ। बोल्नुसँग जोडिएका कला हो वाक्कला र त्यस अन्तर्गत नै पर्छन् भाषणकला, वक्तृत्वकला, वाचनकला आदि।
एउटा राम्रो वक्ताले मानिसहरूलाई आफूतिर आकर्षित गर्छ। अझ त्यस वक्तामा हास्यचेत (सेन्स अफ ह्युमर) छ भने यस्तो लाग्छ, उसका कुरा कहिल्यै नटुङ्गियून। कुशाग्र बुद्धिका मानिसलाई उत्तर खोजिरहन पर्दैन, उनीहरू स्वभावैले हाजिरजवाफी हुन्छन्। यथोचित उत्तरका लागि उनीहरूका मस्तिष्क तम्तयार (प्रिजेन्स अफ माइन्ड) हुन्छन्। तत्कालै उचित निर्णय लिइहाल्छन्। उपयुक्त शब्द, लक्षणा र विम्बयुक्त प्रत्युत्तरका कारण उनीहरू वाक्पटु हुन्छन्।
राजनेता, मूर्धन्य लेखक एवं कलाकार, प्राज्ञ र कहिलेकाहीँ सामान्य पृष्ठभूमिका मान्छेमा परिहास, हाजिरजवाफी र वाक्पटुताका गुण देख्न सकिन्छ। व्यक्तिका यस्ता गुणले परिस्थितिको जटिलता फुकाउँछ र वातावरण सहज बनाइदिन्छ। व्यक्ति-व्यक्ति मात्र नभएर कतिपय अवस्थामा राज्य-राज्यबीचको वैमनस्यतालाई परिहासले मित्रतामा बदलिदिन्छ। तर, उच्च अध्ययन र उच्च ओहदाले व्यक्तिको परिहासको चेतलाई परिष्कृत गर्ने होइन, वाक्पटु बनाउने होइन। बरू, चेतनाको न्यूनता, संवेदनहीनता र शब्दको अनुपयुक्त प्रयोगका कारण उच्च पदासीनहरूले छँदाखाँदाको वातावरण बिथोलेका अनेकौं उदाहरण पाइन्छन्। अनुपयुक्त टिप्पणीले विवाद वा विग्रहको बीजारोपण हुनसक्छ। अङ्ग्रेजीमा भनिने 'फुट-इन-माउथ' हास्यचेत (सेन्स अफ ह्युमर) को ठीक विपरीत हो, जसको अर्थ हुन्छ भद्दा वा संवेदनहीन टिप्पणी।
फराकिला मनका मानिस स्वभावैले विनोदी हुन्छन्। उनीहरू व्यङ्ग्यवाण त प्रहार गर्छन्, तर त्यसको उद्देश्य अरूलाई हियाउनेभन्दा पनि वातावरणलाई उल्लासपूर्ण बनाउने हुन्छ। यदि कोही अरूलाई व्यङ्ग्य गर्नमा आनन्दित हुन्छ, तर आफूमाथि त्यसो गरिए मर्माहत हुन्छ, ऊ विनोदी नभएर 'स्याडिस्ट' (परपीडक) हो। परपीडक परिहासका सबैभन्दा ठूला शत्रु हुन्।
परिहास कुनै खास समाज वा वर्गको चरित्र पनि हुनसक्छ। फराकिला मनका मानिस स्वभावैले विनोदी हुन्छन्। उनीहरू व्यङ्ग्यवाण त प्रहार गर्छन्, तर त्यसको उद्देश्य अरूलाई हियाउनेभन्दा पनि वातावरणलाई उल्लासपूर्ण बनाउने हुन्छ। यदि कोही अरूलाई व्यङ्ग्य गर्नमा आनन्दित हुन्छ, तर आफूमाथि त्यसो गरिए मर्माहत हुन्छ, ऊ विनोदी नभएर 'स्याडिस्ट' (परपीडक) हो। परपीडक परिहासका सबैभन्दा ठूला शत्रु हुन्। हास्यचेत भएका मानिस सबैभन्दा पहिले आफैंमाथि व्यङ्ग्य गर्दै उदारपनाको परिचय दिन्छन्।
भारतका प्रसिद्ध लेखक खुशवन्त सिंह सबैभन्दा बढी आफू र आफ्नै जाति (शिख) उपर व्यङ्ग्य गर्थे। लोकप्रिय हास्य पात्र 'शान्ता र बन्ता' का सर्जक खुशवन्तले ती पात्रहरू मार्फत सरदारजी (शिख) का मजाक उडाएका छन्। आफू जीवित रहँदै आफ्नो 'ओविच्यूरी' (स्मृतिशेष) र 'एपिटाँ' (समाधिमा दिवंगत व्यक्तिबारे कुँदिने छोटो परिचय) लेखेका खुशवन्त भारतीय र अझ दक्षिण एसियाली लेखकमध्ये सर्वाधिक हास्यचेतयुक्त व्यक्तिका रूपमा लोकप्रिय रहे।
'ह्युमर' को सूचकले नेपालीलाई समग्र विश्व र दक्षिण एसियालीमाझ कहाँनिर राख्छ, त्यसको प्रामाणिक उत्तर पाउन सकिँदैन। यद्यपि, एउटा अनुमान के गर्न सकिन्छ भने, नेपालीहरू धेरै 'ह्युमरस' नभए पनि नीरसचाहिँ होइनन्। व्यक्तिगत चर्चा गर्दा हाम्रा केही राजनेता, लेखक र प्राज्ञमा प्रचुर हास्यचेत देख्न सक्छौं।
खुशवन्त परिहासलाई व्यक्तिको अनुवंश (जेनेटिक) सँग पनि जोड्थे। परिहासबारे चर्चा गर्दा उनले आफ्नै स्वजातीय समुदाय शिखलाई पूर्णाङ्क दिन्थे। यदि संसारमा परिहासको पुस्तक निकाल्ने हो भने, सम्भवत: स्वीस वा जापानी पुस्तक सबैभन्दा पातलो हुनसक्ने अनुमान गर्थे। सायद अतिशय शालीनता र औपचारिक आचरणका कारण स्वीस वा जापानीमा हास्यचेत कम भएको हुनसक्छ। उस्तै आर्थिक हैसियतका युरोपेली र अमेरिकीलाई तुलना गर्दा युरोपेलीभन्दा अमेरिकीमा हास्यचेत अधिक पाइन्छ, जसको मुख्य कारण अमेरिकी समाजको संरचना हो। मिश्रित जातीयता, बहुलता र अनौपचारिकता अमेरिकी समाजको चरित्र हो।
जुन समाज बढी अनौपचारिक हुन्छ, त्यहाँ हास्यचेत यसै मौलाउँछ। कुनै अध्ययन वा सर्वेक्षणको जगमा उभिएर होइन, पंक्तिकारको नितान्त अनुभवले के भन्छ भने, दक्षिण एसियालीको हास्यचेत युरोपेलीभन्दा त धेरै माथि छ नै, अमेरिकीभन्दा पनि कम छैन। ल्याटिन अमेरिकी वा अफ्रिकीसँग दक्षिण एसियालीलाई तुलना गरिँदा परिणाम के निस्किन सक्छ, त्यसबारे पंक्तिकारले अहिले नै अनुमान गर्न सक्दैन। ल्याटिनो र अफ्रिकी हँसीमजाकमा मग्न त देखिन्छन्, तर उनीहरूको हास्यचेत के हँसीमजाककै हाराहारीमा होला? कारण, हँसीमजाक र परिहास अलग विषय हुन्। हँसीमजाक सतही क्रियाकलाप हो भने परिहास व्यक्तिको कुशाग्र बुद्धिको अभिव्यक्ति।
मानव विकास सूचकाङ्क (एचडीआई) झैं कूल राष्ट्रिय खुशी (जीएनएच) बर्सेनि सार्वजनिक हुँदै आएको छ। एचडीआईमा नेपालको उपस्थिति पुछारतिर भए पनि जीएनएचमा भने मध्यतिर पाइन्छ। यस वर्षको जीएनएचमा नेपाल दक्षिण एसियाको शीर्ष स्थानमा देखियो। तर, 'ह्यापिनेस' नै 'ह्युमर' को सूचक होइन। 'ह्युमर' को सूचकले नेपालीलाई समग्र विश्व र दक्षिण एसियालीमाझ कहाँनिर राख्छ, त्यसको प्रामाणिक उत्तर पाउन सकिँदैन। यद्यपि, एउटा अनुमान के गर्न सकिन्छ भने, नेपालीहरू धेरै 'ह्युमरस' नभए पनि नीरसचाहिँ होइनन्। व्यक्तिगत चर्चा गर्दा हाम्रा केही राजनेता, लेखक र प्राज्ञमा प्रचुर हास्यचेत देख्न सक्छौं।
नेपालमा राजनीतिक वृत्तबाट सर्वाधिक परिहास चेत भएका व्यक्ति छान्ने हो भने, ती नि:सन्देह पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किशुनजी) हुन्। किशुनजी अरूलाई मात्र नभएर स्वयंलाई व्यङ्ग्य गर्थे।
हाम्रा अधिकांश चाडबाड उल्लाससँग जोडिएका छन्। फागु पूर्णिमा, गाईजात्रा, दशैं-तिहार, उँधौली-उभौली, ल्होसार आदि उल्लासका पर्व हुन्। तर, उल्लास संस्कृतिको अवयव भए जस्तै परिहास चाहिँ व्यक्तिको निजत्व हो। परिहास अध्ययन वा तालिमबाट प्राप्त हुने होइन। अध्ययनभन्दा पनि यो अन्तर्दृष्टिसँग सम्बन्धित हुन्छ।
बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल यतिविघ्न वाक्पटु थिए, उनका हाजिरजवाफीका किस्सा एक प्रकारले किंवदन्तीझैं सुनिन्छन्। त्यसैगरी अङ्ग्रेजी भाषाका यशस्वी लेखकहरू जर्ज बनार्ड श, सामुयल जोन्सन, मार्क ट्वेन, जर्ज अरवेल आदि व्यङ्ग्य र परिहासका महारथी मानिन्छन्। भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको हास्यचेतदेखि मानिसहरू कायल हुन्थे। यता, नेपालमा राजनीतिक वृत्तबाट सर्वाधिक परिहास चेत भएका व्यक्ति छान्ने हो भने, ती नि:सन्देह पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किशुनजी) हुन्। किशुनजी अरूलाई मात्र नभएर स्वयंलाई व्यङ्ग्य गर्थे।
नेपाल लिटरेचर फेस्टिवलका दौरान एउटा रमाइलो बसिबियाँलोमा चर्चित पत्रकार एवं लेखक मार्क टलीले किशुनजीको परिहासबारे सुनाएको एउटा किस्सा सम्झँदा आज पनि यस पंक्तिकारको हाँसो छुट्छ। किशुनजीको तत्कालीन भारतीय प्रम अटलविहारी वाजपेयीसँग दिल्लीस्थित प्रम निवासमा भेट हुन्छ। दुवै 'अविवाहित' बीच कुराकानी भइरहँदा किशुनजी वाजपेयीलाई प्रसंगवश भन्छन्, 'हामी दुईमा एउटा समानता पनि छ, त्यो के भने हामी दुवै नक्कली कुमार हौं।' हाजिरजवाफमा सधैं तयार वाजपेयी किशुनजीको टिप्पणीबाट अक्क न बक्क बनेको प्रसंग टलीले सुनाएका थिए।
राजनीतिक वृत्तमा परिहासको खडेरी लागिसकेको वर्षौं भइसक्यो। आजका राजनीतिज्ञबीच एक-अर्काप्रति सम्मानको भाव पाइँदैन। उनीहरू एक-अर्कालाई धारे हात लगाउन र उछित्तो काढ्नमै रमाउँछन्। त्यसैले हिजोआज नेताका भाषण सुन्न केवल कार्यकर्ता भेला भएका देखिन्छन्।
वाक्पटुता र परिहासमा किशुनजी पनि कायल हुने अर्का व्यक्तित्व थिए, प्राध्यापक लेखक डीपी भण्डारी। डीपी सर व्यङ्ग्यपूर्ण उछित्तो काढ्न कसैलाई बाँकी राख्दैनथे। उनी आफूलाई विद्वान्भन्दा पनि मूर्ख भनेर चिनाउनमा आनन्द मान्थे। कुनै कुनै सन्दर्भमा किशुनजी र डीपी सर एउटै मञ्चबाट भाषण गरिरहेका हुन्थे। यी दुई वक्ता हुने कार्यक्रम यति परिहासपूर्ण हुन्थ्यो कि प्रेक्षालय हाँसोले गुन्जायमान हुन्थ्यो। परिहासमा डीपी सरबाट मात खाएपछि कुनै बेला किशुनजी भन्थे, 'अब प्रोफेसर भण्डारीले बोलेपछि मैले बोलेर के नै काम, ल भैगो आज म बोल्दिनँ।'
किशुनजी र डीपी सर हामीमाझ छैनन्। राजनीतिक वृत्तमा परिहासको खडेरी लागिसकेको वर्षौं भइसक्यो। आजका राजनीतिज्ञबीच एक-अर्काप्रति सम्मानको भाव पाइँदैन। उनीहरू एक-अर्कालाई धारे हात लगाउन र उछित्तो काढ्नमै रमाउँछन्। त्यसैले हिजोआज नेताका भाषण सुन्न केवल कार्यकर्ता भेला भएका देखिन्छन्। किशुनजी, लौहपुरुष गणेशमान सिंहका भाषण सुन्न कार्यकर्ताभन्दा बढी जनता उर्लिएका हुन्थे। आज नेता कार्यकर्ताका भएका छन्, जनतालाई उनीहरूले आकर्षित गर्न छाडेको दशकौं भइसकेको छ। हाम्रा नेताहरूमा परिहासको थोरै मात्र पनि चेत हुन्थ्यो भने, राजनीति नेताको मामिला मात्र हुँदैनथ्यो। अहिले झैं नेताहरूबीचका मनोमालिन्यका कारण गुजुल्टो नपरी सुल्झिएको हुन्थ्यो।