सिन्दूर उत्सवमा रंगियो मध्यपुर थिमी (तस्वीरहरू)
भक्तपुरको मध्यपुर थिमी सिन्दूर जात्रामा रंगिएको छ। थिमीबासीले सिन्दूर उत्सव धुमधामसँग मनाएका छ्न्।
यो उत्सव हरेक वर्ष २ वैशाखमा मनाइन्छ। भक्तपुरकाे नेवार समुदायले नयाँ वर्षको आगमन तथा वसन्त ऋतुलाई स्वागत गर्न सिन्दूर जात्रा गर्ने प्रचलन रहेको छ।
यो अवसरमा सबै जम्मा भएर देवीदेवताका मूर्तिसहित रथ तान्ने गर्छन्। त्यो समयमा एक–अर्कालाई सिन्दूर दलेर उत्सव मनाउँछन्।