‘सजिलो छैन हँसाउन’
विषयहरू एकनासका हुँदैनन्। परिवर्तनशील राजनीति, समाज, चेतना र प्रविधिका कारण हाँसोका विषय फेरिइरहन्छन्। उमेर अनुसार हाँस्ने विषय र तरिका फरक हुन्छ। युवा पुस्ता गम्भीर विषयमा ठट्टा रुचाउँदैन।
हास्यव्यङ्ग्यमा आममान्छेकै रुचि हुन्छ। यसले सबैलाई आकर्षित गर्छ। पाठकले पत्रिकामा सबैभन्दा पहिला कार्टून हेर्छ। विभिन्न महोत्सवका आकर्षण लोकदोहोरी र हास्य कलाकार हुन्छन्।
हाँसोठट्टाका विषय समयसँगै परिवर्तन हुँदै गएका छन्। आजभन्दा १५ वर्षअघि कमेडी गर्दा अभिनेता–अभिनेत्रीले नपढेको विषय उठाइन्थ्यो। ‘८ कक्षा पास गरेपछि हिरो, हिरोनी हुन्छन्। तिनीहरूलाई अंग्रेजीका चार वटा शब्द मात्र बोल्न आउँछः यस्, नो, थ्याङ्क यू र ओ सरी।’ यति भनेपछि दर्शक हाँसिहाल्थे।
अहिले यो हास्यव्यङ्ग्यको विषय रहेन। सबै अभिनेता, अभिनेत्री अध्ययन गरेर, भाषामा ज्ञान हासिल गरेर र समाज बुझेर कलाकारितामा प्रवेश गरेका छन्। उनीहरूले अंग्रेजी जान्दैनन् भन्नु असान्दर्भिक भयो। त्यसकारण व्यङ्ग्य रहेन। दोस्रो, व्यङ्ग्यकार र दर्शक दुवैको स्तर माथि उठिसकेको छ। समय अनुसार विषयवस्तु परिवर्तन भएका छन्। दर्शक–श्रोताले उच्चस्तरकै हास्यव्यङ्ग्य चाहन्छन्।
चलचित्रमा पनि हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइन्छ। यो ठूलो बजेटमा बन्छ। धेरै दर्शकमा पुग्छ। त्यसैले हास्य कलाकारहरूको आकर्षण छ। तर, हास्यव्यङ्ग्य आफैंमा पूर्ण विधा हो। समाजका अन्य पक्ष जस्तो, सांस्कृतिक, साहित्यिक लगायत क्षेत्रमा पनि हास्यव्यङ्ग्यको महत्त्व छ।
विभिन्न उमेर समूहका दर्शक–श्रोताको फरक विषयमा रुचि हुन्छ। युवा पुस्ता गम्भीर विषयमा ठट्टा रुचाउँदैन। हास्यव्यङ्ग्य भनेको हास्यव्यङ्ग्य नै हो, ठट्टामा धेरै गम्भीर विषय लिइरहनु पर्दैन भन्ने पुस्ता हो, यो। यो पुस्ताबाट हामीले सिक्ने विषय यही हो।
त्यस्तै, राजनीतिक रूपमा सचेत मान्छेको समूह छ, जो राजनीतिक व्यङ्ग्य रुचाउँछ। राजनीतिमा भएका विकृति, विसंगतिलाई व्यङ्ग्य र हाँसोको विषय बनाउँदा खुशी हुन्छ।
पछिल्लो पुस्ता, जो अत्याधुनिक छ, उनीहरू हल्का यौनका विषय मन पराउँछन्। उनीहरू विश्वका कमेडीहरू हेरिरहेका हुन्छन्। विश्वमा चलिरहेको हास्यव्यङ्ग्यको लय पनि बुझेका छन्। त्यसैले खुला समाज र त्यस अनुरूपको कमेडी चाहन्छन्। हामी बाँधिएको संस्कारभन्दा अलि परको हास्यव्यङ्ग्य उनीहरूको विषय हो। अलि उन्मुक्त हाँसोमा रमाउँछन्।
पछिल्लो पुस्ता, जो अत्याधुनिक छ, उनीहरू हल्का यौनका विषय मन पराउँछन्। उनीहरू विश्वका कमेडीहरू हेरिरहेका हुन्छन्। विश्वमा चलिरहेको हास्यव्यङ्ग्यको लय पनि बुझेका छन्। त्यसैले खुला समाज र त्यस अनुरूपको कमेडी चाहन्छन्।
त्यसकारण विभिन्न स्वभावका श्रोता–दर्शक छन्। समग्रमा हेर्ने हो भने, हाँसोप्रतिको आकर्षण चाहिँ सबै पुस्तामा छ। हाँसो स्वास्थ्यका लागि मात्र नभई दुःख, पीर बिर्साउने माध्यम पनि हो। यसले सकारात्मक विचार जन्माउन मद्दत गर्छ।
दर्शक र कलाकार दुवैलाई हास्यचेत चाहिन्छ। को कस्तो विषयमा हाँस्छ भन्ने उसको परिवेश, उमेर, रुचि लगायतमा निर्भर हुन्छ। हाँस्नका लागि परिस्थिति चाहिन्छ। र, यो निराशाको औषधि समेत हो। जताततै अभाव, अशान्त र निराशाको आँधीबेहरी भएको बेला हास्यव्यङ्ग्यको सानो सिरेटोले पनि मान्छे खुशी हुन्छ।
प्रविधि समय हो, शत्रु होइन
समयक्रमसँगै हास्यव्यङ्ग्य प्रस्तुतिको शैली र माध्यम परिवर्तन भइरहेको छ। प्रविधिको विकासले हास्यव्यङ्ग्य क्षेत्रलाई फरक बनाइरहेको छ। तर, प्रविधिले जित्न थाल्यो भनेर आत्तिएर हास्यव्यङ्ग्य छाडेर किराना पसल खोलेर हुँदैन। त्यसो गर्यो भने त कला मरिगयो नि।
अहिले हास्यव्यङ्ग्य हेर्न स्टेजअगाडि पुग्नु पर्दैन। प्रविधिका कारण एउटा ‘डिभाइस’ अगाडि बसेर हाँस्ने–रुने समय छ। ‘लाइभ पर्फरमेन्स’ प्रभावित भएको छ।
स्रष्टाहरू प्रविधिलाई आत्मसात् गरेरै अगाडि बढेका छन्। कुनै समय हामी क्यासेट उत्पादन गर्थ्याैं। त्यसपछि सीडीको जमाना आयो। अहिले यूट्यूबबाट एकैपटक हजारौं–लाखौं दर्शकसम्म पुग्न सकिन्छ।
स्रष्टाहरू प्रविधिलाई आत्मसात् गरेरै अगाडि बढेका छन्। कुनै समय हामी क्यासेट उत्पादन गर्थ्याैं। त्यसपछि सीडीको जमाना आयो। अहिले यूट्यूबबाट एकैपटक हजारौं–लाखौं दर्शकसम्म पुग्न सकिन्छ।
क्यासेट बिक्री हुन छाडेपछि कोही पनि कलाकार चुप लागेर त बसेनन्। बसेको भए यूट्यूबबाट व्यापार हुँदैनथ्यो। हास्यव्यङ्ग्य मात्र नभई कलाकारिताका अन्य क्षेत्र पनि हराएर जान्थे। वा, युट्यब नै असफल हुन्थ्यो। तर, हामी प्रविधिसँगै अगाडि बढ्यौं।
प्रविधि शत्रु होइन। प्रविधि भनेको माध्यम हो, यसले विवेकलाई भने जित्न सक्दैन। तर, यसको सीमितता पनि छ। योबाट न भाग्न सकिन्छ, न यसैमा बाँधिन सकिन्छ।
ठट्टाभित्रको गम्भीर विषय
कमेडियनले उठाउने विषयलाई ठट्टा मात्र ठान्नु हुँदैन। यो गम्भीर क्षेत्र पनि हो। एउटा दल र नेताले आफ्ना विचार जनतासम्म पुर्याउन वर्षौं मिहिनेत गर्छ। तर, कलाकारले चाह्यो भने त्यही विचारलाई एउटा ‘डाइलग’मा सारा जनताले बुझ्ने भाषामा सम्प्रेषण गरिदिनसक्छ।
हरेक हास्य कलाकार गम्भीर बन्नुपर्छ। हाम्रो निश्चित दायरा हुन्छ। हामीले मान्ने ‘सबैभन्दा ठूलो संस्था’ संविधान हो। त्यसलाई उडाउन हुँदैन। त्यसबाहेक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अरू उच्च अधिकारीहरू संविधान अन्तर्गत हुन्छन्। उनीहरूलाई व्यङ्ग्य गर्न सकिन्छ। तर, गाली हो कि व्यङ्ग्य भन्ने छुट्टिनुपर्छ। वाक् स्वतन्त्रता भनेर जथाभावी बोल्दैमा व्यङ्ग्य हुँदैन। हरेक हास्य कलाकार एउटा जिम्मेवार नागरिक पनि हो।
नेता र अभिनेताको सम्बन्धमा दुइटा अक्षरको फरक छ, अभि। दुवै नेता हो, तर कलाकार चाहिँ अभिनेता। नेता र कमेडियन दुवैले देश बोलिरहेका हुन्छन्। कमेडियनको भाषा हास्यव्यङ्ग्यको हुन्छ। नेताले सीधा कुरा गर्छ।
नेता र अभिनेताको सम्बन्धमा दुइटा अक्षरको फरक छ, अभि। दुवै नेता हो, तर कलाकार चाहिँ अभिनेता। नेता र कमेडियन दुवैले देश बोलिरहेका हुन्छन्। कमेडियनको भाषा हास्यव्यङ्ग्यको हुन्छ। नेताले सीधा कुरा गर्छ।
राजनीतिकर्मीले गर्ने काम नैतिकताको कसीमा हेरिँदैन। कलाकारको चाहिँ आचारसंहिता हुन्छ। कलाकारितामा एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने हुँदैन। सांसदजस्तो किनबेच हुँदैन। अथवा, नेताको साँठगाँठजस्तो ‘भारतको कमेडियन कपिल शर्मासँग साँठगाँठ गर्ने’ पनि हुँदैन।
त्यसैले हास्यव्यङ्ग्य क्षेत्रलाई सकारात्मक रूपमा लिइन्छ। नेतालाई प्रश्नचिह्न लागिरहन्छ। जनताले नेताको बोलीमा भर गर्दैनन्। कलाकारको व्यङ्ग्यलाई साँचो अर्थमा लिइन्छ। किनभने, भइरहेकै काममाथि व्यङ्ग्य गर्ने हो। हँसाउने हो। हँसाइरहन्छौं।
हँसाउँदा संवेदनशील विषयलाई ख्याल गर्नैपर्छ। जात, धर्म, लिंग, क्षेत्र, मानवीय संवेदनामा व्यङ्ग्य गर्नु हुँदैन। विभेदजन्य विषय बोल्नु हुँदैन। तर, यति पनि गम्भीर बन्नु हुँदैन कि दर्शकका लागि त्यो जोक नै हुन नसकोस्। वा हाँस्ने ठाउँमा दर्शक गम्भीर बनून्। विषयवस्तुलाई सामाजिक जिम्मेवारीका साथ प्रस्तुत गरेर हँसाउनु नै कमेडियनको सफलता हो। हास्य कलाकार आफ्नो विषयको सम्पादक आफैं हो।
म मुहार होइन, हृदय हसाउँछु
कहिलेकाहीँ हँसाउने प्रयत्न गर्दा नहाँसेका प्रसंग पनि हुन्छन्। कतिपय मान्छेलाई कमेडी गर्ने मान्छेको लाइफमा पनि पूरै कमेडी हुन्छ भन्ने भ्रम छ। त्यस्तो कहिले पनि हुँदैन। हाम्रो जीवनमा पनि आरोह–अवरोह, सुख–दुःख हुन्छन्। तर, कर्म भने हँसाउने नै हो।
म दर्शकको मुहार मात्र होइन, हृदय हँसाउने प्रयास गर्छु। मुहार त हल्काफुल्का जोकमा पनि हाँस्छ। म चाहिँ स्टेजमा हेरेर घर फर्किसकेपछि पनि मन हाँसिरहोस् भन्ने सोच्छु। मेरो प्रस्तुतिले दर्शकलाई झकझकाउनुपर्छ।
कहिलेकाहीँ स्टेजमा पुगेपछि जुन गति र मूडमा बोल्नुपर्ने हो, त्यो नआउँदा मान्छे नहाँस्न सक्छ। ‘पन्चलाइन’ राम्रोसँग बोल्न नसक्दा दर्शक नहाँसेका हुनसक्छन्। यस्ता घटनाले कलाकारलाई घोच्छ।
कहिलेकाहीँ स्टेजमा पुगेपछि जुन गति र मूडमा बोल्नुपर्ने हो, त्यो नआउँदा मान्छे नहाँस्न सक्छ। ‘पन्चलाइन’ राम्रोसँग बोल्न नसक्दा दर्शक नहाँसेका हुनसक्छन्। यस्ता घटनाले कलाकारलाई घोच्छ।
फरक समुदायमा गएर, उनीहरूको भावना विपरीतको विषय सुनाउँदा पनि दर्शक हाँस्दैनन्। जस्तो, कलेजमा गएर केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सैद्धान्तिक लडाइँमा व्यङ्ग्य गरियो भने उनीहरूले रुचाउँदैनन्। त्यो पुस्तालाई राजनीतिमा रुचि नै छैन। त्यसैले कलाकारलाई ‘आउट’ पनि भन्न सक्छन्। तर, कमेडियनले सम्भावित दुर्घटनालाई आफ्नो कलाबाट नियन्त्रणमा लिन सक्नुपर्छ।
कमेडियन आफैं पनि अरूको कमेडीमा हाँस्छन्। जागरुक त अरूले बनाउने हो। तर, आफ्नै कमेडीमा हाँस्यो भने दर्शकलाई मजा हुन्न।
स्टेजमा जानुअघि मैले स्क्रिप्टका लागि धेरै मिहिनेत गरेको हुन्छु। धेरै सोचेको हुन्छु। अनि दर्शकका लागि काम गरिरहेको हुन्छु। स्टेजमा गएपछि प्रस्तुतिको मूड महत्त्वपूर्ण हो। आफू हँसिलो मूडमा भए पनि दर्शकसँगै हाँस्यो भने त्यसले प्रस्तुति राम्रो हुँदैन। (कुराकानीमा आधारित)
थप सामग्री :
के हाँसोले स्वस्थ राख्छ?
रेमिटेन्सले दिएको हाँसो
मेनुमा उपलब्ध हाँसोको डिजाइन
हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
हाँस्यो कि नास्यो!
हाँसो : अर्को ‘नेपाली ब्रान्ड’
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो!
नेपालीमा हास्यचेत कति?
मीनले खिचेका ‘मीन्दास’ हाँसो
किन नियन्त्रित छ महिला हाँसो?
हाँसोको समाजशास्त्र : के हाँसो रमाइलो कुरा मात्र हो?
बुझे ह्युमर, नबुझे ट्युमर