बिस्का जात्राको चौथो दिन मध्यरातमा उभ्याइयो योसिं : द्यो (तस्वीरहरू)
भक्तपुरमा चलिरहेको बिस्का जात्राको चौथो दिन ३१ चैत मध्यरातमा योसिं : द्यो उभ्याइएको छ। यो जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं : द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ।
योसिं : द्यो उभ्याउने र ढाल्ने बिस्का जात्राको प्रमुख आकर्षण हो। यसमा हजारौँ सहभागी हुन्छन्। प्रत्येक वर्षको अन्तिम साँझ योसिं : द्यो उभ्याउने र नयाँ वर्षको पहिलो साँझ ढाल्ने चलन छ। यो ५५ हात अग्लो हुन्छ। यसको हात र नाक नहुने विश्वास गरिन्छ।
भक्तपुरको पाँचतले मन्दिर अगाडिबाट शनिबार भैल खः अर्थात् भैरवनाथको रथ तान्दै बिस्का जात्राको शुरूआत गरिएको छ। यो जात्रा नाै दिन आठ रात मनाइन्छ।
यसअघि स्थानीय प्रशासनले जात्रामा रोक लगाएकाे थियाे। तर, स्थानीय विरोधमा उत्रिएका थिए भने सर्वोच्च अदालतमा पनि रिट परेको थियो। सर्वोच्चले जात्रा नरोक्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्च आदेशसँगै बिस्का जात्रा प्रारम्भ भएको हो।