नवीन्द्रराज जोशी : सधैं सकारात्मक, सधैं सक्रिय
नेपालमा खोजिएको राजनीतिकर्मी भनेकै नवीन्द्रराज जोशीजस्तै हो। एक पैसा बेइमानी गर्दैन, इमानदार छ, मिहिनेती छ, जनताप्रति पूरै समर्पित छ र मौका पाउनासाथ परिणाममुखी काम गर्ने हुटहुटी छ।
२०४६ सालको आन्दोलनमा विद्यार्थी सहभागी भएका थोरै निजी विद्यालयमध्ये काठमाडौंको सिद्धार्थ वनस्थली पनि एक थियो। नवीन्द्रराज जोशी सिद्धार्थ वनस्थलीकै पूर्वविद्यार्थी हुनुहुन्थ्यो। पूर्वविद्यार्थीेको नाताले आन्दोलनताका उहाँ हाम्रो विद्यालयमा आइराख्नुुहुन्थ्यो। विद्यार्थीहरूलाई संगठित हुन आह्वान गर्नुहुन्थ्यो।
२०४९ सालको स्थानीय निर्वाचनमा उहाँले काठमाडौंबाट उपमेयरको चुनाव लड्नुभयो। जसमा विजयी हुनुभयो। त्यतिबेलासम्म उहाँ नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुका साथै सभापतिमा उठेर पराजित पनि भइसक्नुभएको थियो।
म मात्रै होइन, धेरै युवाहरूमा शुरूदेखि नै उहाँप्रति सकारात्मक छाप थियो। उहाँ उपमेयर भइसकेपछि त कार्यालयमा आउजाउ भइरह्यो। २०५४ सालको स्थानीय निर्वाचनमा उहाँले मेयरको टिकट पाउनुपर्छ भन्नेमा लाग्यौं। विभिन्न कारणले उहाँले टिकट पाउनुभएन।
२०६४ सालको संविधान सभा निर्वाचनमा उहाँ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत जितेर आउनुभयो। संविधानसभामा पनि उहाँ चुप लागेर बस्नै नसक्ने। त्यहाँ पुगेको केही दिनमै युवा सांसदहरूको समूह बनाउनुभयो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि लगायतको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको सम्झन्छु।
नवीन्द्रराज दाइले गणेशमान सिंह अध्ययन प्रतिष्ठान शुरू गर्नुभएपछि उहाँसँग मेरो संगत अझै बाक्लो भयो। प्रतिष्ठानको भृकुटीमण्डपस्थित कार्यालयमा निरन्तरजस्तो भेटघाट हुन्थ्यो। उहाँको विशेषता के हो भने, सधैं सकारात्मक र सधैं सक्रिय। उहाँसँग भेटेपछि मान्छेहरू केही न केही सकारात्मक ऊर्जा लिएरै फर्कन्थे।
२०५९ सालमा पार्टी विभाजन भयो। उहाँ कांग्रेस प्रजातान्त्रिकमा लाग्नुभयो। तर, हाम्रो व्यक्तिगत सम्बन्धमा फरक परेन। पार्टी एकीकरण भएपछि पूर्ववत् एउटै पार्टीमा काम गर्यौं।
२०६४ सालको संविधान सभा निर्वाचनमा उहाँ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत जितेर आउनुभयो। म समानुपातिक प्रणालीबाट आएँ। संविधान सभामा पनि उहाँ चुप लागेर बस्नै नसक्ने। त्यहाँ पुगेको केही दिनमै युवा सांसदहरूको समूह बनाउनुभयो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि लगायतको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको सम्झन्छु। जनसरोकारका विषयलाई लिएर हामी दर्जनौं बैठक बस्यौं, दर्जनौं पटक मन्त्रालय गयौं।
संविधान सभामा गर्नुपर्ने काम छँदै थियो। समितिमा बसेका थियौं, पार्टीले दिएको जिम्मेवारी हुन्थ्यो। तर, उहाँलाई त्यतिले चित्तै नबुझ्ने, केही न केही थप गर्नैपर्ने। आफू त्यहाँ भएको कारणले केही न केही परिवर्तन हुनैपर्छ भनेर सक्रिय हुनुहुन्थ्यो। ‘प्रो–पिपुल’ भन्छ नि, हो उहाँको एउटा विशेषता त्यो पनि हो।
२०७० सालको संविधान सभाबाट हामी दुवै जना निर्वाचित भएर आयौं। दुवै जना काठमाडौंका सांसद भयौं। ‘बस्न योग्य काठमाडौं’ बनाउन नीतिगत दबाब दिनुपर्छ भनेर सँगै काम गर्यौं। गणेशमान सिंह प्रतिष्ठानका तर्फबाट पनि उहाँले यो विषयमा काम गरिराख्नुभएको थियो।
सरकारको कार्यकाल जम्मा ६ महीना मात्रै हो भनेर पनि पहिला नै निश्चित थियो। तर, आधा वर्षका लागि मन्त्रालय सम्हाल्न आएको हो भन्ने छनक उहाँको अनुहारमा कहिल्यै देखिएन। मलाई लाग्छ, त्यो ६ महीनालाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण अवधि बनाउनुपर्छ भनेर लाग्नुभयो।
संयोगले २०७३ सालमा गठित मन्त्रिपरिषद्मा हामी दुवै जना पर्यौं। स्वास्थ्यमन्त्री हुँदाको मेरो आफ्नै अनुभव छ, त्यो विषयमा अरूले मूल्यांकन गर्लान्। तर, उद्योगमन्त्रीका रूपमा उहाँ साँच्चै सक्रिय र नतिजामुखी हुनुभयो। उहाँलाई मन्त्री मात्रै भएर चित्तै नबुझ्ने। परिणाममुखी काम नगरी हुँदैन भनेर सक्रिय भइराख्नुभयो। कहिले लगानी सम्मेलन गर्नुहुन्छ, कहिले रुग्ण उद्योगहरूलाई पुनःस्थापना गराउन लागिपर्नुहुन्छ।
हामी अरूले बनाएको बजेट कार्यान्वयन गर्न गएका थियौं। कार्यकाल पनि जम्मा ६ महीना मात्रै हो भनेर पहिला नै निश्चित थियो। तर, आधा वर्षका लागि मन्त्रालय सम्हाल्न आएको हो भन्ने छनक उहाँको अनुहारमा कहिल्यै देखिएन। मलाई लाग्छ, त्यो ६ महीनालाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण अवधि बनाउनुपर्छ भनेर लाग्नुभयो। औषधि लिमिटेड, उदयपुर सिमेन्टलाई पुनर्जीवन दिनेदेखि जीवनजल बनाउने कुरा, महिला उद्यमशीलता लगायत क्षेत्रमा महत्त्वपूर्ण काम गर्नुभयो। प्रत्येक पटक मन्त्रिपरिषद् बैठकमा नवीन्द्रराज जोशीका थाकका थाक प्रस्ताव हुन्थे।
दुर्भाग्यवश, नेपालमा उद्योगमन्त्री भनेको सबैभन्दा ‘लो–प्रोफाइल’ को मन्त्री मानिन्छ। अहिले फ्याट्टै सोध्ने हो भने धेरैले उद्योगमन्त्रीको नाम भन्न सक्दैनन्। उहाँभन्दा पहिला र पछिका उद्योगमन्त्री को थिए भन्दा मान्छेले भन्न सक्दैनन्। तर, नवीन्द्रराज जोशीको पालामा उद्योगमन्त्री को थिए भन्ने सबैलाई थाहा छ। उहाँलाई सम्झेको त आखिर कामले न हो। नवीन्द्रराज जोशीलाई मन्त्री भन्दै गर्दा के मन्त्री रे भन्दैनन्, उद्योगमन्त्री भनिहाल्छन्।
उहाँलाई परिणाम आउने गरी काम नगरी नहुने। हामी सदस्य रहेको मन्त्रिमण्डलका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उहाँलाई यो मन्त्री नतिजामुखी काम गर्न चाहन्छ भनेर सहयोग नै गर्नुहुन्थ्यो। आखिर मन्त्रीले गरेको कामको लाभ प्रधानमन्त्रीलाई हुने त हो नि।
२०७४ सालको संसदीय चुनावमा उहाँ पराजित हुनुभयो। संसद्मा उहाँको अभाव महसूस भइरहेको छ। उहाँ बित्नुभएकाले मात्रै यसको भनेको होइन, संसद्मा नवीन्द्रराज दाइको अभाव महसूस गरेको छु भनेर पटकपटक भनेको छु। कांग्रेसका सांसदहरू कम भएका बेला उहाँको भूमिका अझै बढ्ने थियो।
२०७४ सालको संसदीय चुनाव हारे पनि उहाँ चुप लागेर बस्नुभएन। यसबीचमा पार्टीको दूरगामी सुधारका लागि दस्ताबेजहरू बुझायौं। युवाहरूको भेला गराउनुभयो। त्यही बेला कोभिड–१९ संक्रमण आयो। कोभिडपछि पनि उहाँको सक्रियता झनै बढ्यो। सामाजिक सञ्जालमार्फत हरेक साँझजस्तो कहिले शिक्षा, कहिले खोपका विज्ञ ल्याएर निरन्तर बहस चलाउनुभयो। त्यति मात्रै होइन, कोभिडको बेलामा जनताका घरघरमा जानुभयो।
संसदीय चुनाव हारे पनि उहाँ चुप लागेर बस्नुभएन। यसबीचमा पार्टीको दूरगामी सुधारका लागि दस्ताबेजहरू बुझायौं। युवाहरूको भेला गराउनुभयो। त्यही बेला कोभिड–१९ संक्रमण आयो। कोभिडपछि पनि उहाँको सक्रियता झनै बढ्यो। सामाजिक सञ्जालमार्फत हरेक साँझजस्तो कहिले शिक्षा, कहिले खोपका विज्ञ ल्याएर निरन्तर बहस चलाउनुभयो। त्यति मात्रै होइन, कोभिडको बेलामा जनताका घरघरमा जानुभयो। मैले कार्यकर्तामार्फत एउटा मास्क र पत्र पठाएको थिएँ। पछि, मलाई नवीन्द्रराज दाइले जस्तै चार–पाँच महीना लगाएर भए पनि घरदैलो गर्नुपर्ने रहेछ भन्ने लाग्यो। उहाँको सक्रियता साँच्चै ईर्ष्यालाग्दो थियो।
एक वाक्यमा भन्ने हो भने नेपालमा खोजिएको राजनीतिकर्मी भनेकै नवीन्द्रराज जोशीजस्तै हो। एक पैसा बेइमानी गर्दैन, इमानदार छ, मिहिनेती छ, जनताप्रति पूरै समर्पित छ र मौका पाउनासाथ परिणाममुखी काम गर्ने हुटहुटी छ। हाम्रा वडाध्यक्षदेखि माथिका सबै जनप्रतिनिधि उहाँजस्तो भइदिने हो भने पुगिहाल्छ। मलाई लाग्छ, जनताले खोजेको राजनीतिकर्मी ठ्याक्कै उहाँजस्तो हो।
नवीन्द्रराज दाइका लागि विकास भनेको ठूला–ठूला संरचना बनाउनु होइन। उहाँ जनताको ससाना काम गर्न पाउँदा दंग पर्नुहुन्थ्यो। सधैं त्यसैमा लागिपर्नुहुन्थ्यो। उहाँ राजनीतिको मानक हुनुहुन्थ्यो। उहाँ चलचित्र निर्माता पनि हुनुभयो। ‘वीर गणेशमान’ भन्ने चलचित्रको उहाँ निर्माता पनि हुनुहुन्थ्यो।
नेपालमा खोजिएको राजनीतिकर्मी भनेकै नवीन्द्रराज जोशीजस्तै हो। एक पैसा बेइमानी गर्दैन, इमानदार छ, मिहिनेती छ, जनताप्रति पूरै समर्पित छ र मौका पाउनासाथ परिणाममुखी काम गर्ने हुटहुटी छ। हाम्रा वडाध्यक्षदेखि माथिका सबै जनप्रतिनिधि उहाँजस्तो भइदिने हो भने पुगिहाल्छ।
हाम्रो बीचमा व्यक्तिगत कुरा पनि निकै हुन्थ्यो। मेरी छोरीभन्दा उहाँकी छोरी उमेरमा केही वर्ष मात्रै ठूली हुन्। उहाँसँगको बीसौं वर्षको संगतमा हामीले छोरीहरूको विषयमा कुराकानी नगरेको कुनै भेट नै छैन। हामी एक–अर्काको छोरीहरूका विषयमा पूरै जानकार थियौं। कहिलेकाहीँ छोरीहरूले गरेका उटपट्याङ शेयर गर्थ्यौं।
दाइ बितेको दुई साता भइसकेको छ। तर, यत्तिकै बसिराख्दा कालो जुँगामा हँसमुख, टोपी र कोट लगाएका नवीन्द्र दाइको अनुहार झल्यास्स आउँछ। कामले व्यस्त हुँदा बिर्सने कोशिश गर्छु, तर फेरि त्यही अनुहार आउँछ। खासगरी छोरीसँगको कुराकानीमा उहाँलाई एकदमै धेरै सम्झन्छु।
मैले धेरै राजनीतिक साथीहरू गुमाएको छु। प्रायः सबैलाई उहाँहरूको राजनीतिक भूमिका, उहाँहरूका कामको हिसाबले सम्झने गर्छु। तर, नवीन्द्र दाइसँगको याद खासगरी एउटा छोरी हुकाईरहेको बुबाका रूपमा बढी आउँछ। उहाँ कमालको बुवा हुनुहुन्थ्यो।
नेपाली राजनीतिकर्मीहरूमध्ये कोहीमा चाहिनेभन्दा बढी परिवारमोह छ भने कसैले परिवारलाई पूरै बेवास्ता गर्छन्। तर, यो कुरामा सन्तुलित नवीन्द्रराज दाइले आफैंलाई चाहिं समय दिनुभयो कि भएन?
नेपाली राजनीतिकर्मीहरूमध्ये कोहीमा चाहिनेभन्दा बढी परिवारमोह छ भने कसैले परिवारलाई पूरै बेवास्ता गर्छन्। तर, नवीन्द्रराज दाइ यो कुरामा सन्तुलित हुनुहुन्थ्यो। परिवार, आफ्नो क्षेत्रका जनता, पार्टी सबैलाई उहाँले पर्याप्त समय दिनुभयो। तर, एउटा प्रश्न के भने उहाँले आफैंलाई चाहिं समय दिनुभयो कि भएन? सधैं सक्रिय रहँदा उहाँ सधैं त्यही किसिमको तनावमा, सधैं हतारमा जस्तो देखिनुहुन्थ्यो।
उहाँ जुन रोगका कारण जानुभयो, त्यो कसैको नियन्त्रणमा थिएन। रक्तचापको औषधि खाइराख्नुभएको थियो। हामीजस्ता राजनीतिकर्मीहरूले चाहिनेभन्दा बढी तनाव लिनु हुँदैन जस्तो लाग्छ। आखिर जीवन न हो। शारीरिक मात्रै होइन, मानसिक रूपमा पनि सौम्य, शान्त, स्थिर रहनुपर्छ जस्तो लाग्छ। कुनै–कुनै बेला ‘जिन्दगी यस्तै हो, हुँदै गर्छ’ पनि भन्न सक्नुपर्छ जस्तो लाग्छ। नवीन्द्र दाइले त्यसो गर्नुभयो कि भएन, म ठ्याक्कै भन्न सक्दिनँ। तर, उहाँको दौडधुप देख्दा त्यस्तो गरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो। उहाँको निधनपछि झन् यो कुराले मलाई छोयो।