सानिमा ब्यांकले ल्यायो दराजसँग मिलेर नयाँ अफर
नयाँ वर्षको अवसरमा सानिमा ब्यांकले ‘नयाँ रहर, नयाँ अफर’ योजना ल्याएको छ।
यस योजनामा अनलाइन शपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा ब्यांकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो।
सानिमा ब्यांकको डेबिट कार्ड प्रयोग गरी सामान खरीद गर्दा १५ प्रतिशत वा अधिकतम रू.१ हजारसम्मको छुट प्राप्त गर्न सकिने भएको छ। त्यस्तै, सानिमा ब्यांकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरीद गर्दा २० प्रतिशत वा अधिकतम रू.१ हजार ५०० सम्मको छुट प्राप्त गर्न सकिनेछ।
२९ चैतदेखि आगामी ७ वैशाखसम्म लागू हुने यो योजनाका लागि सानिमा ब्यांक र दराजबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमा ब्यांकको तर्फबाट डिजिटल ब्यांकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमु प्रालिका तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका छन्।
सानिमा ब्यांकको डेबिट तथा क्रेडिट कार्डका लागि ब्यांकको वेबसाइटमा गई आवेदन दिन सकिन्छ।