सानिमा ब्यांकको केवाईसी अनलाइनबाटै अद्यावधिक गर्न सकिने
सानिमा ब्यांकले व्यक्तिगत विवरण (केवाईसी) अनलाइनबाट नै अद्यावधिक गर्ने व्यवस्था गरेको छ।
ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै केवाईसी अद्यावधिक गर्ने व्यवस्था गरिएको सानिमा ब्यांकले जनाएको छ। ब्यांकको वेबसाइट सानिमा ब्यांक डट कममा गएर ‘अनलाइन केवाईसी अपडेट’ मा क्लिक गरेर अद्यावधिक गर्न सकिने ब्यांकले जनाएको छ।
ब्यांक खातामा मोबाइल नम्बर परिवर्तन र ल्याप्चेसहितको विवरणका लागि भने ब्यांक कार्यालयमै उपस्थित हुनुपर्ने जनाएको छ। यसका लागि आफूलाई पायक पर्ने जुनसुकै शाखाबाट सेवा लिन सकिनेछ।
सानिमा ब्यांकले सातै प्रदेशमा ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।