मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ (तस्वीरहरू)
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ।
सोमबार बबरमहलस्थित निगम कार्यालय पुगेर अनेरास्ववियूका कार्यकर्ताले केही बेर धर्ना पनि दिएका छन्। उनीहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै घेराउ गरेका हुन्।
निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य रू.२ का दरले बढाएको हो।