मेलम्चीमा सिप्रदीको सर्टिफाइड ग्यारेज
सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।
टाटा कमर्सियल गाडीका ग्राहकलाई सहज रूपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले मेलम्चीको जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको प्रालिले जनाएको छ।
टाटा मोटर्स ग्राहक सेवाअन्तर्गतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ प्रालि ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।
कार्यक्रममा लामो समयदेखि टाटाका गाडी सञ्चालन गर्दै आएका चिरन पराजुलीलाई सम्मान गरिएको छ।
यससँगै बीएसआईभी गाडीसम्बन्धी चालक प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको छ। प्रशिक्षणमा ३० जनाको सहभागिता छ।