जङ्गबहादुरको पालाको काठमाडौं
जङ्गबहादुर आफ्ना शत्रुकाे हत्याका लागि कहिल्यै पनि धेरैबेर घोरिँदैनथे। उनका शत्रुहरूमध्ये ज्यादै भाग्यमानीहरूले भागेर ज्यान बचाए। भन्दछन्- राजाका भाइ अहिलेसम्म पनि भारतका धार्मिक स्थलहरूमा तीर्थयात्रा गर्दै छन्।
मार्च महीनाको मध्यतिर समस्त भारतमा जस्तै काठमाडौंमा पनि नयाँ वर्षको उत्सव मनाइन्छ। यहाँ धेरै दिनसम्म यो उत्सव चालू रहन्छ। समस्त वर्गका जनता एउटै किसिमले उत्सव मनाउँछन्। बिहानपख बाटामा हिंड्नेहरू एक-अर्कोलाई अबीर छ्याप्तछन्। उत्सवपछि एक सातासम्म पनि सडकहरूमा रातो टाटो लागेको सेतो लुगा लगाएका मानिसहरू भेटिन्छन्। यो उत्सवको खुशीयालीको चिह्न हो। साँझपख सम्पन्न मानिसहरू आफ्नै घरमा तमासा अर्थात् नेपाली ब्याले र नाटकको आयोजना गर्दछन्। नेपालमा ब्यालेको राम्रो विकास भएको छैन।
स्थानीय नर्तकीहरू न कलानिपुण छन्, न त सुन्दरी नै। कश्मीरबाट मगाउनु ज्यादै महँगो पर्दछ। कश्मीरकी गएगुज्रेकी नर्तकीले समेत एक हप्ता नाच देखाएको अन्दाजी एक हजार रुपैयाँ माग्दछे, जुन हाम्रो मुद्रामा सात सय रूबल बराबर हुन्छ। हुन त, उसले एक सातामा निकै परिश्रम पनि गर्नुपर्दछ। ब्याले सबेरै शुरू हुन्छ र राति धेरै बेरसम्म चालू रहन्छ। यो सारा समय नाचगानमा बिताउनुपर्दछ। एक सातासम्म दिनहुँ यस्तो काम गर्नु सजिलो कुरा होइन। नाटकहरू पनि प्रायः खस्रा र भद्दा हुन्छन्। कलाकार जति भद्दा किसिमले आफ्नो भूमिका खेल्दछ, त्यत्ति नै बढी मात्रामा सफलताको भागी हुन्छ।
दरबारमा प्रायः उत्सवको कुनै एक दिन, दरबारिया ज्योतिषीले राम्रो साइत हेरेर निर्णय लिएको दिन, ठूलो दरबार लाग्दछ। केही दिन पहिले नै ब्रिटिश रेजिडेन्टलाई त्यसको सूचना दिइन्छ र तोकिएको दिन कुनै जर्नेल अथवा कर्णेलको साथमा दरबारबाट रेजिडेन्टकहाँ बग्गी पठाइन्छ। ब्रिटिश रेजिडेन्टको निवासस्थान, डाक्टरको घर, हस्पिटल र अरू भवनहरू शहरबाहिर उत्तरतर्फ एक माइल पर रहेका छन् र राजदरबारसम्म पुग्न करीब-करीब सारा शहर नै पार गर्नुपर्दछ।
नेपालका महाराजाधिराज श्री ५ सुरेन्द्रविक्रम शाहले उठेर रेजिडेन्टको स्वागत गरे। सलाम गरेर श्री ५ ले रेजिडेन्ट र उनका साथमा आएकाहरूसित हात मिलाए। नेपालका अभागी सम्राट्को अनुहार यूरोपेली बान्कीको छ: यदि अनुहारमा अलि मूर्खता नझल्कँदो हो त लाम्चो मुख ज्यादै सुन्दर देखिने थियो। दरबार बसेका दिन सम्राट् ज्यादै हडबडाएका थिए।
यस्तो उत्सवको दिनमा सबै सडकहरूमा दर्शकहरूको भीड रहन्छ। सडकहरू जनता तथा सिपाहीहरूले खचाखच भरिएका हुन्छन्। प्रत्येक झ्यालमा केही मानिसहरू झुम्मिएका देखिन्छन् र प्रत्येक भित्ता, बरन्डा औ छानाहरूमा समेत दर्शक हुन्छन्। राजदरबारको आँगनमा सिपाहीहरूको पङ्क्ति खडा हुन्छ। रेजिडेन्टको बग्गी आँगनमा पुग्नेबित्तिकै भद्दा किसिमको यूरोपीय अर्केस्ट्राले मनपरी राष्ट्रिय धुन बजाएको आवाज गुन्जन्छ। दरबारको आँगनमा प्रधानसेनापतिसहित उच्च पदाधिकारीहरूले रेजिडेन्टको स्वागत गर्दछन्।
साँघुरो, अँध्यारो र भिरालो सिंढीबाट उच्च पदाधिकारीहरूले रेजिडेन्ट र उनका साथमा रहेकाहरूलाई दरबारको हलमा लिएर जान्छन्। दरबारको हल लामो र फराकिलो छ, अनि यूरोपीय ढङ्गले सिँगारिएको पनि छ। ढोकाको ठीक अर्कोपट्टिको पुछारमा राजसिंहासन खडा छ, जसको दायाँबायाँ दुई पङ्क्ति लहरै कौचहरू राखिएका छन्, जसमा सबै सेनाधिकारीहरू बसेका हुन्छन्। सैनिक सेवामा नरहेका नेपालीहरूले दरबारभित्र पस्न पाउँदैनन्।
नेपालका महाराजाधिराज श्री ५ सुरेन्द्रविक्रम शाहले उठेर रेजिडेन्टको स्वागत गरे। सलाम गरेर श्री ५ ले रेजिडेन्ट र उनका साथमा आएकाहरूसित हात मिलाए। नेपालका अभागी सम्राट्को अनुहार यूरोपेली बान्कीको छ: यदि अनुहारमा अलि मूर्खता नझल्कँदो हो त लाम्चो मुख ज्यादै सुन्दर देखिने थियो। दरबार बसेका दिन सम्राट् ज्यादै हडबडाएका थिए। उनी सिंहासनमा उफ्रँदै हतास-हतासमा केही बोलिरहेका थिए। श्री ५ ले कलकत्ता जाने अनुमति नपाएकोमा खेद प्रकट गरे, किनकि उनी त्यहाँ जान ज्यादै उत्सुक थिए। 'जीसाहेब मसित बिदाबारी नै नभएर महाराजा (अर्थात् मुख्यमन्त्री) सँग जानुभयो।' - शक्तिहीन महाराजाधिराजले भने।
केहीबेर मात्र यो दरबार बस्यो, जुन श्री ५ को वरपर रहेकाहरूको निमित्त सम्भवतः ज्यादै खुशीको कुरो थियो। अन्यथा यस्तो बेचैन अवस्थामा रहेका र प्रायः उत्तेजित नेपाली सम्राट्ले अरू के-के बक्ने थिए के-के। बिदाइको समय श्री ५ ले रेजिडेन्ट र उनका साथमा रहेकाहरूको रुमालमा अत्तर छर्कंदै सबैलाई पान दिएर सत्कार गरे।
यस दरबारको केही दिनपछि तोपको आवाजले हामीलाई नेपालका वास्तविक मालिक, महाराज सर जङ्गबहादुरको काठमाडौं आगमनको सूचना दियो। यसको केही समयपछि सर जङ्गले आफ्नो निवासस्थान थापाथलीमा दरबारको आयोजना गरे। नेपालका मुख्यमन्त्री र देशका सर्वशक्तिमान् मालिक ज्यादै बुद्धिमान् र ऐतिहासिक व्यक्ति हुन्। अहिले उनी अन्दाजी ५० वर्षका छन्। ४० वर्षको उमेरदेखि नै मुख्यमन्त्रीको राजनीतिक जीवन शुरू भयो। कुनै एक अफिसरको छोराले तात्कालिक मुख्यमन्त्री आफ्नै मामा माथवरसिंहको संरक्षणमा सैनिक सेवा शुरू गरेका थिए। तर, चाँडै नै भानिजको चातुर्यको मामाले नै डाह गर्नुपर्ने अवस्था आयो।
बुद्धिमान्, चतुर र सिपाहीहरूका प्रिय जङ्गबहादुर अप्रतिष्ठित मामाको निमित्त वास्तवमा काँडा थिए। सामरिक कार्यमा निपुण तथा दरबारिया षड्यन्त्रमा झन् कुशल भानिजले सजिलै मामालाई हटाएर आफ्ना संरक्षकको ठाउँ लिन सक्तथे। यसका साथै, दरबारमा निकै बुद्धिमती र प्रभावशाली एउटी महारानीको कृपादृष्टि जङ्गबहादुरमाथि पर्यो। माथवरलाई देखिनसहने शासनलोलुप महारानीले गुप्त तरिकाले मुख्यमन्त्रीलाई हटाउने विचार लिइन्। दरबारमा अप्रिय र जनताका बीच पनि अप्रतिष्ठित माथवरसिंहले आफ्नो नाजुक स्थिति राम्रो बुझेका थिए। साथै, कुनै प्रकारको गुप्त गठबन्धनको समेत अस्पष्ट सुइँको पाइसकेको हुनाले उनले आफ्ना तन्देरी प्रतिद्वन्द्वीको पक्ष बलियो छ भन्ने चाल पाइसकेका थिए।
बुद्धिमान्, चतुर र सिपाहीहरूका प्रिय जङ्गबहादुर अप्रतिष्ठित मामाको निमित्त वास्तवमा काँडा थिए। सामरिक कार्यमा निपुण तथा दरबारिया षड्यन्त्रमा झन् कुशल भानिजले सजिलै मामालाई हटाएर आफ्ना संरक्षकको ठाउँ लिन सक्तथे। यसका साथै, दरबारमा निकै बुद्धिमती र प्रभावशाली एउटी महारानीको कृपादृष्टि जङ्गबहादुरमाथि पर्यो।
यस्तो गुप्त षड्यन्त्रको भेद चाँडै खुल्नेछ भन्ने उनले बुझेका थिए वा थिएनन्- यसै हो भन्न सकिन्न। सन् १८४५ को मे १८ तारिखका दिन माथवरसिंहले दरबार आउने निम्तो पाए। यो महाराजाधिराजको दर्शन गर्ने निम्तो थियो र माथवरसिंह दरबारमा हाजिर भए। उनले सभाभवनमा प्रवेश पनि गर्न पाएका थिएनन्, माथि कतैतिरबाट गोली चलाइयो र हतभागीको तत्कालै मृत्यु भयो। उनका शत्रुहरूले उनको मृत्युपछि असीम दयाको प्रदर्शन गरे।
उनको शव पवित्र बाग्मती नदीमा फ्याँकियो, जुन जङ्गबहादुरको वर्तमान दरबार नजिकैबाट बहन्छ। केही समयसम्म ब्रिटिश सरकार र जनताले समेत यस घृणित हत्याकाण्डमा महाराजाधिराजमाथि शङ्का गरेका थिए। तर, चाँडै नै यसका लागि वास्तविक दोषी को हो भन्ने पत्ता लाग्यो। जङ्गबहादुर र महारानीको नै यसमा हात छ भन्ने हल्ला फिँजियो।
त्यसै समयदेखि नै जङ्गले शासन सञ्चालनमा सक्रिय भाग लिने गरे। यद्यपि राष्ट्रिय परिषद्को ढोका उनको निम्ति अझै बन्द थियो र मुख्यमन्त्रीको पद पनि उनले नपाएर महारानीका प्रिय पात्र गगनसिंहले पाए। यो सङ्क्रमणकाल थियो र त्यसप्रति सबैले निकै अभिरुचिसमेत देखाए। महारानी, महाराजाधिराज र मुख्यमन्त्रीले नयाँ षड्यन्त्रहरू र भावी कुयोजनाहरूमा जङ्गबहादुरमाथि शङ्कालु दृष्टिले हेर्न थाले, तर आफ्नो तर्फबाट यसको विरुद्ध भने कुनै कदम उठाएनन्। उनी निर्णयशील दृढप्रतिज्ञ हुनाले सक्रिय कार्य गर्दै रहे। अनि सिंहासनमा आरूढ हुन नसके तापनि वास्तविक सर्वेसर्वा बन्नका लागि बाटो साफ पार्न थाले।
उक्त हत्याकाण्डको एक वर्षभन्दा केही पछि नै एक रात स्वयं नेपाली महाराजाधिराज ब्रिटिश रेजिडेन्टको निवासस्थानमा आइपुगे। भयभीत राजाले आश्चर्यचकित रेजिडेन्टलाई देशमा शान्तिसुरक्षा र आफ्नो जीवनको समेत रक्षा गर्न असमर्थ भएको कुरो बताए र षड्यन्त्रको सूचना पनि दिए। रेजिडेन्टले सूचना ग्रहण गरे, तर सन्धिहरूद्वारा आबद्ध र सामरिक शक्तिद्वारा रहित हुनाले चिन्तित महाराजाधिराजलाई कुनै कुराले पनि सहायता पुर्याउन नसक्ने जनाउ दिए। महाराजाधिराजको सूचना चाँडै नै सत्य साबित भयो। केही दिनपछि नै 'कुदेता' भएको (शासन पल्टेको) सुनियो अर्थात् सशस्त्र सेनाका साथ जङ्गबहादुर परिषद् भवनभित्र घुसे। मुख्यमन्त्रीको हत्या गरेर परिषद्का ३० जना सदस्यहरूको पनि कत्तल गरे। त्यसपछि वास्तवमा नेपालको सर्वेसर्वा बनेर उनले आफूलाई मन नपरेका र शङ्का लागेका मानिसहरूको निर्मम दमन शुरू गरे। ज्यादै पाशविकतापूर्ण र बर्बर काटमार चालू रह्यो।
सन् १८४५ को मे १८ तारिखका दिन माथवरसिंहले दरबार आउने निम्तो पाए। यो महाराजाधिराजको दर्शन गर्ने निम्तो थियो र माथवरसिंह दरबारमा हाजिर भए। उनले सभाभवनमा प्रवेश पनि गर्न पाएका थिएनन्, माथि कतैतिरबाट गोली चलाइयो र हतभागीको तत्कालै मृत्यु भयो। उनका शत्रुहरूले उनको मृत्युपछि असीम दयाको प्रदर्शन गरे।
राजा र रानी भागेर बनारस गए। नाबालक राजकुमार (जो अहिले सिंहासनारूढ छन्) नेपालका महाराजाधिराज घोषित गरिए। यसको केही वर्षपछि जङ्गबहादुरलाई विष दिएर मार्ने अथवा उनको शासन पल्टाउने प्रयत्न पनि गरियो, तर उनी ज्युँका त्युँ रहे। अवश्य उनले आफ्ना शत्रुहरूप्रति दयाको भावना देखाएनन्। जसलाई ब्रिटिश सरकारले बारोनेटको उपाधि प्रदान गरेको थियो।
जङ्गबहादुर हत्याका लागि कहिल्यै पनि धेरैबेर घोरिँदैनथे। उनका शत्रुहरूमध्ये ज्यादै भाग्यमानीहरूले भागेर ज्यान बचाए। भन्दछन्, राजाका भाइ अहिलेसम्म पनि भारतका धार्मिक स्थलहरूमा तीर्थयात्रा गर्दै छन्। उनले कुनै समय जङ्गबहादुरलाई विष दिने प्रयास गरेका थिए। तर, त्यो षड्यन्त्र विफल भयो, अनि उनी जोगी बनी नेपालबाट भागेर गए। भारतका धार्मिक स्थलहरूको यात्रा गर्ने नेपालीहरू जोगी अधिराजकुमारलाई फलाना-फलाना ठाउँमा देखेका थियौं भनेर कानेखुसी गर्दै एक-अर्कालाई सूचना दिन्छन्। सायद नेपालका शासकको शक्तिको अगाडि आफ्नो केही नलाग्ने देखेर उनले चित्त बझाउनुपरेको छ। अनि भिक्षाटन गर्दै भोको र नाङ्गो रहेर एक धार्मिक स्थलबाट अर्को धार्मिक स्थलको यात्रा गर्नुपरेको छ र कुनै मन्दिरको ढुङ्गे भुइँमा सुतेर रात काट्नु परिरहेछ।
विपक्षी दलका खतरारहित मानिसहरूलाई जङ्गबहादुरले क्षमा गरेका छन्। तिनीहरूमध्ये धेरै राजधानीमा नै छन्। उनीहरूले उत्पन्न परिस्थितिलाई स्विकारेका छन् र शासकको विरूद्ध कोही पनि आवाज उठाउन सक्तैन। अवश्यमेव, जङ्गबहादुरको मृत्युपछि उनका विपक्षीहरूले आफ्नो भाग्यको परीक्षा लिने मौका गुमाउने छैनन्। तर, वर्तमान समयमा देशको शासनको सम्पूर्ण बागडोर जङ्गबहादुरको बहुसङ्ख्यक परिवार- उनका भाइ, छोरा र भतिजाहरूको हातमा छ। यहाँ उनीहरूजति धनाढ्य अरू कोही छैन। राम्रो घर, घोडा, बग्गी उनीहरूकै अधीनमा छन्। अङ्ग्रेजहरू विश्वास दिलाउँछन्, नेपालीहरू आफ्ना शासकप्रति सन्तुष्ट छन्। परन्तु अङ्ग्रेजहरूले अहिले भारत हडप्ने नीति अपनाएका छन् र नेपालको विषयमा विचार गर्न छाडिदिएका छन्।
नेपाली जनता गाउँछन्, रक्सी पिउँछन्, धर्मकर्म गर्दछन् र सन्तुष्ट जस्ता देखिन्छन् पनि। जङ्गले पुलहरूको निर्माण गराएका छन्, कतै-कतै बाटोघाटोको पनि प्रबन्ध गरेका छन्, जनतामाथि करको भार पर्न नदिएर सेना बढाएका छन्, अङ्ग्रेजहरूसित राम्रो सम्बन्ध जोडेका छन्। हुन सक्छ, यसै कारणले नेपालीहरू आफ्नो वर्तमान स्थितिप्रति सन्तुष्ट छन्। अझ नेवारहरू ज्यादै दयालु र अज्ञानी पनि छन्।
वर्तमान समयमा देशको शासनको सम्पूर्ण बागडोर जङ्गबहादुरको बहुसङ्ख्यक परिवार- उनका भाइ, छोरा र भतिजाहरूको हातमा छ। यहाँ उनीहरूजति धनाढ्य अरू कोही छैन। राम्रो घर, घोडा, बग्गी उनीहरूकै अधीनमा छन्। अङ्ग्रेजहरू विश्वास दिलाउँछन्, नेपालीहरू आफ्ना शासकप्रति सन्तुष्ट छन्। परन्तु अङ्ग्रेजहरूले अहिले भारत हडप्ने नीति अपनाएका छन् र नेपालको विषयमा विचार गर्न छाडिदिएका छन्।
शासकको दरबार शहरबाट दक्षिण-पश्चिमतर्फ बाग्मती नदीको किनारमा पशुपतिनाथको मन्दिरको अर्कोतर्फ खडा छ। चारैतर्फ ठूलो भूभागमा बगैंचा लगाइएको छ। त्यसभित्र मुख्य दरबारबाहेक अरू धेरै ठूला-साना घरहरू पनि छन्। यहीँ नै जङ्गबहादुर र उनका केही छोराछोरी बस्तछन्। एसियाली ढङ्गको छ उनको जीवन। गलैंचामा पलेटी कसेर बस्तछन्, नोकरको पिठ्युँमा बुई चढेर एक कोठाबाट अर्को कोठामा जान्छन्। तर, उनी कुन कोठामा सुत्दछन्, कहाँ बसेर के खान्छन् भन्ने कुरो कसैलाई थाहा छैन।
दरबार बसेका दिन, जुन बेला ब्रिटिश रेजिडेन्ट र उनका परिवारका सदस्यहरूको बग्गी उनको दरबारनेर अडियो, जहाँ अर्केस्ट्राको धुन गुन्जेको थियो, आफ्ना धेरै छोराहरू र नाताकुटम्बद्वारा घेरिएका जङ्गबहादुर बरन्डामा उभिएका थिए। उनी पूर्वेली ढङ्गको पोशाकमा थिए। उनको शरीरमा सबै कुरा टल्किरहेका थिए। झल्झली टल्कने भोटो र विभिन्न प्रकारका हीरा-जुहारात जडिएको पगरी। उनको परिवारका सदस्यहरू अर्थात् भाइ र छोराहरू यूरोपेली पोशाकमा थिए। उनको अगलबगलमा जहाजी र रिसल्ला सैनिकहरू खड़ा थिए। अनि धेरै टाढासम्म विभिन्न प्रकारका सैनिक युनिटहरू खडा थिए। नेपालमा जहाजी बेडा छैन, साथै रिसल्ला सेना पनि छैन। तर, जङ्गबहादुरका छोराहरू सैनिक पोशाक खूब रुचाउँछन्। अतः किसिम-किसिमका पोशाकहरू सिलाउँछन् वा किन्दछन्।
नेपालमा यस्तो पोशाक लाउनमा प्रतिबन्ध छैन। तसर्थ बडा दिनहरूमा तोपसेनाका सेनापतिहरू रिसल्ला सैनिकको पोशाकमा डटेका हुन्छन्। पालिसदार कपाल कोरेका जङ्गबहादुरलाई देख्ता ५० वर्ष पुगिसकेका छन् भन्न गाह्रै पर्दछ। उनी ज्यादै फुर्तिला छन्, यद्यपि केही समयअघि मात्र घोडाबाट लडेर नराम्रोसित थला परेका थिए। उनको अनुहार मङ्गोलियन बान्कीको छ र आँखा, मुख आदिमा पाशविकताको झलकसम्म पनि पाइन्न। उनी ज्यादै दयालु देखिन्छन्, बिस्तारै मसिनो स्वरमा बोल्दछन् र निकै मिलनसार पनि छन्। यूरोपेलीहरूका साथ उनको मिजासिलो व्यवहार देख्ता उनको अतीत कत्तिको पाशविकतापूर्ण थियो भन्ने कसैले विचारसम्म पनि गर्न सक्तैन।
दरबार बसेका दिन, जुन बेला ब्रिटिश रेजिडेन्ट र उनका परिवारका सदस्यहरूको बग्गी उनको दरबारनेर अडियो, जहाँ अर्केस्ट्राको धुन गुन्जेको थियो, आफ्ना धेरै छोराहरू र नाताकुटम्बद्वारा घेरिएका जङ्गबहादुर बरन्डामा उभिएका थिए। उनी पूर्वेली ढङ्गको पोशाकमा थिए। उनको शरीरमा सबै कुरा टल्किरहेका थिए। झल्झली टल्कने भोटो र विभिन्न प्रकारका हीरा-जुहारात जडिएको पगरी।
आफ्ना बहुसङ्ख्यक छोराहरूका लागि सर जङ्गबहादुरले अङग्रेज शिक्षक भर्ना गरेका छन्। उनका छोराहरू अङ्ग्रेजीमा कुरा गर्दछन् र आफ्नो अङ्ग्रेजी भाषाको ज्ञानको प्रदर्शन गर्न रुचाउँछन्। उनीहरूले कुनै प्रकारको शिक्षा भने पाएका छैनन्, परन्तु यूरोपको केही नक्कल गर्नमा उनीहरू पछि परेका छैनन्। प्रत्येकका अधीनमा निकै ठूलो सम्पत्ति छ। तर, बाबुले उनीहरूलाई आफ्नो दुम्सी-पन्जामा जकडेर राखेका छन् र जथाभावी खर्च गर्न दिएका छैनन्। प्रत्येकले सेनामा पनि ठूलो पदभार सम्हालेको छ र यसबाहेक प्रत्येक छोराले मुलुकीखानाबाट ठूलो रकम भत्ता पनि पाउँछ। जङ्गबहादुरको छोरो अथवा भतिजो १५ वर्षको भए सेनामा कर्णेलको दर्जा पाएको हुन्छ। उनका एक जना छोरा २० वर्षको उमेरमै जर्नेल भएका छन् र तोपसेनाका प्रधानसेनापति छन्।
तन्नेरी जर्नेल पनि ज्यादै दयालु देखिन्छन्, यद्यपि केही झक्की मिजासका छन् र आफूलाई यूरोपेली ढङ्गबाट शिक्षित ठान्दछन्। अङ्ग्रेजी बोल्दछन्, कलकत्ता र बम्बई पुगिसकेका छन्। अनि कलकत्ता नेपाली 'जेनेस दोरे' (ऐशी जवान) हरूको त्यस्तै ठाउँ हो, जस्तो हाम्रो यूरोपका 'भ्रष्ट तरुणहरू' का लागि प्यारिस छ। कलकत्तामा उनीहरू पूर्ण स्वतन्त्रताको अनुभव गर्दछन्, आफ्ना पिताहरूको संरक्षणबाट मुक्त हुन्छन्, जहाँ शाम्पियन रक्सी चाख्न पाइन्छ, बिफस्टेकको स्वाद लिन सकिन्छ। कलकत्तामा आफ्ना पिता र पत्नीहरूबाट टाढा, साथै जातबाट पनि पतित हुने भयरहित, यिनीहरू निर्विघ्न इच्छा माफिक आनन्दको उपभोग गर्न सक्तछन्, त्यस्तो आनन्द जुन सबै ठूला शहरहरूले र विशेषतः पूर्वेली शहरहरूले दिन सक्तछन्।
भन्दछन्, नेपालको सेना उत्तिको ठूलो छैन- अन्दाजी १२ हजारजति सिपाहीहरू छन्। परन्तु दिउँसो जुनसुकै समयमा पनि सडकमा धेरै सिपाहीहरू देखिन्छन् र सम्भवतः नेपाली सेना ज्यादै ठूलो पनि छ। हेर्दाखेरि सिपाहीहरू लडाकु देखिन्नन्, उनीहरूको कद होचो छ, फोहोरी पनि छन् र राम्रो अनुशासित होलान् भन्ने पनि आशा राख्न सकिन्न।
नेपालमा सानै उमेरमा बिहे हुन्छ। १६ वर्षको उमेरमा नै केटो आफ्नो परिवारको नाइके र बाबु पनि बनिसकेको हुन्छ। सम्पन्न व्यक्ति दुई-तीन वटी पत्नीमा नै सन्तुष्ट रहने विरलै हुन्छन्। कहिलेकाहीँ पत्नी, दासी र रखौटीहरूको सङ्ख्या, जस्तो सर जङ्गबहादुरको छ, अनगिन्ती हुन सक्तछ। सर जङ्ग करीब ५० वर्षका छन्।
नेपालीहरू पत्नी र छोरीहरूलाई पर्दाभित्र लुकाएर राख्दैनन्। दरबार बसेका बखत भने उनीहरूलाई देख्न पाइन्न, तर सडकहरूमा बराबर देख्न सकिन्छ। कहिलेकाहीँ स्वयं जङ्गबहादुर दुई-तीन पत्नीहरूका साथ सार्वजनिक स्थलहरूमा देखापर्छन्। अवश्य, नेपाली नारीहरूले यूरोपेली महिलाहरूको जस्तो स्वतन्त्रता पाएका हुँदैनन्। ब्रिटिश भारतमा पुगिसकेका र त्यहाँ अङ्ग्रेज मीमहरूलाई देखिसकेका नेपालीहरूले समेत यस स्वतन्त्रताको अर्थ एकदमै बुझेका हुँदैनन्। बल-डान्शहरूमा सबैसित नाच्ने, आफूले नचिनेका पुरुषहरूसित लाज नमानी कुरा गर्ने यूरोपेली महिलाहरूको विषयमा नेपाली राजकुमारहरूले ज्यादै घृणित विचार लिएका हुन्छन्। तिनीहरूमध्ये केही विवेकवान्हरूले समेत बल-डान्समा नाच्ने यूरोपेली नारी र उत्सवपर्वका दिनहरूमा स्थानीय ब्याले नाचका निमित्त मगाइएका कश्मीरी नर्तकीहरूको बीच कुनै भेद छुट्याउन सक्तैनन्। भन्दछन्, स्वयं जङ्गबहादुरले पनि प्यारिसमा आफ्ना पहिला दिनहरूमा एकपल्ट ज्यादै अप्रिय र अक्षम्य भूल गरेका थिए रे ! पूर्वेली शासकले उनको सुन-चाँदी नै सर्वशक्तिसम्पन्न छ भन्ने विचार लिएका थिए।
आफ्ना बहुसङ्ख्यक छोराहरूका लागि सर जङ्गबहादुरले अङग्रेज शिक्षक भर्ना गरेका छन्। उनका छोराहरू अङ्ग्रेजीमा कुरा गर्दछन् र आफ्नो अङ्ग्रेजी भाषाको ज्ञानको प्रदर्शन गर्न रुचाउँछन्। उनीहरूले कुनै प्रकारको शिक्षा भने पाएका छैनन्, परन्तु यूरोपको केही नक्कल गर्नमा उनीहरू पछि परेका छैनन्।
प्रधानमन्त्रीको दरबारको बैठक निकै सुन्दर छ र राजदरबारको ठूलो बैठकभन्दा ज्यादै राम्रोसित सिंगारिएको र सफा गरिएको छ। किन्तु भर्याङ भने त्यस्तै अँध्यारा कुनामा छ, साँघुरो र ठाडो पनि छ। दरबार धेरै बेरसम्म चालू रह्यो। जङ्गबहादुर बोलक्कड र मिलनसार थिए। दरबार समाप्त भएपछि उनले उपस्थित मानिसहरूलाई पैदल सेनाको निरीक्षण गराए।
नेपाली सिपाहीहरू पनि अङ्ग्रेज सिपाहीको जस्तै सैनिक पोशाक लगाउँछन् र आदेशका शब्दहरू पनि अङ्ग्रेजीमा नै छन्। भन्दछन्, नेपालको सेना उत्तिको ठूलो छैन- अन्दाजी १२ हजारजति सिपाहीहरू छन्। परन्तु दिउँसो जुनसुकै समयमा पनि सडकमा धेरै सिपाहीहरू देखिन्छन् र सम्भवतः नेपाली सेना ज्यादै ठूलो पनि छ। हेर्दाखेरि सिपाहीहरू लडाकु देखिन्नन्, उनीहरूको कद होचो छ, फोहोरी पनि छन् र राम्रो अनुशासित होलान् भन्ने पनि आशा राख्न सकिन्न। परन्तु तराईतर्फबाट हमला भएको खण्डमा पहाडमा यस विचित्रको सेनालाई पराजित तुल्याउनु सायदै सम्भव होला। जङ्गबहादुर आफ्नो सेनाको अस्त्रीकरणप्रति खूब ध्यान दिन्छन्। नेपाली सीमामा बस्ने अङ्ग्रेजहरू विश्वास दिलाउँछन्, विभिन्न यन्त्रका रूपमा धेरै आधुनिक शस्त्रास्त्र नेपाल पुर्याउँछन्।
नेपालीहरू पत्नी र छोरीहरूलाई पर्दाभित्र लुकाएर राख्दैनन्। दरबार बसेका बखत भने उनीहरूलाई देख्न पाइन्न, तर सडकहरूमा बराबर देख्न सकिन्छ। कहिलेकाहीँ स्वयं जङ्गबहादुर दुई-तीन पत्नीहरूका साथ सार्वजनिक स्थलहरूमा देखापर्छन्। अवश्य, नेपाली नारीहरूले यूरोपेली महिलाहरूको जस्तो स्वतन्त्रता पाएका हुँदैनन्।
नेपाल स्वतन्त्र राष्ट्र हो, परन्तु यूरोपेलीहरूको निमित्त त्यसको ढोका प्रायः बन्द छ। यहाँ पश्चिमी सभ्यताको प्रभाव पनि निकै थोरै परेको छ। यहाँ पर्यटकहरू निकै कम आउँछन्। काठमाडौंस्थित ब्रिटिश लिगेसनमा अहिले र पहिले पनि वर्तमान शताब्दीको आरम्भदेखि नै सधैं थोरै मानिस थिए। यहाँ स्थायी रूपले बस्ने तीन जनाभन्दा बढी यूरोपेली कहिल्यै थिएनन्- रेजिडेन्ट, उनका सहायक र डाक्टर। यी तीन जना पनि शहरबाहिर बस्तछन् र स्थानीय बासिन्दासित उनीहरूको प्रत्यक्ष सम्पर्क छैन। डुल्न जाँदा पनि नेपाली पुलिसले उनको साथ दिएको हुन्छ। रेजिडेन्टको अङ्गरक्षक पनि नेपाली नै छ, जसमार्फत नै सरकार तथा स्थानीय जनताका साथ सम्पर्क स्थापित हुन्छ। रेजिडेन्ट अथवा उनका कुनै कर्मचारीसित भेट गर्नुभन्दा पहिले नेपाल सरकारको स्वीकृति लिनु आवश्यक छ। पुलिसको निगरानीमा रहेको यूरोपेलीको प्रत्येक कदमको जासूसी गरिन्छ। यूरोपेलीको प्रत्येक प्रश्नमा शङ्का-उपशङ्का उठाइन्छ र उसले हरेक प्रश्नको एउटै उत्तर पाउँछ- 'थाहा छैन।'
काठमाडौंमा नेपाल सरकारको शङ्काको जीवित उदाहरण पनि छ- शासकको प्रधान सइस। उसको हात काटिएको छ। २० वर्षजति पहिले उसमाथि अङ्ग्रेजहरूको जासूस भन्ने शङ्का गरिएको थियो। तसर्थ राम्रोसित जाँचबुझ नै नगरीकन उसको हात काटिएको थियो। तर, पछि यो शङ्का निराधार साबित भयो। जङ्गबहादुरले उसलाई आफ्नो प्रधान सइस तुल्याए र राम्रो तलबको पनि प्रबन्ध गरिदिए।
एकपटक मैले एक जना स्थानीय विद्वान्लाई भेट्न जानुपरेको थियो। जङ्गबहादुर शहरमा थिएनन् र त्यस समय उनको ठाउँमा कायममुकायम भएर काम गरिरहेका उनका भाइले मलाई मेरा मित्रसित भेट गर्ने अनुमति दिएनन्। उनबाट रेजिडेन्टको अङ्गरक्षकमार्फत 'मेरो परिचित मित्र नै मकहाँ आउनेछन्, अत: मैले उनीकहाँ जाने कष्ट उठाइरहनु पर्दैन' भन्ने आशयको सूचना पाएँ। तर, म यहाँनेर यो कुरा पनि नभनी रहन सक्तिनँ कि यदि म त्यहाँबाट केही रोचक कुराहरू ल्याउन समर्थ भएको छु भने त्यो नेपालका शासकहरूको सहयोगको परिणाम हो। अङ्ग्रेजहरूले चाहे तापनि त्यहाँ कुनै प्रकारको मद्दत पुर्याउन सक्तैनन्। त्यस्तो अङ्ग्रेजहरूप्रति यत्तिको द्वेष गरिने र उनीहरू त्यत्तिकै भयभीत पनि रहने अर्को देश विरलै होला।
नेपाल स्वतन्त्र राष्ट्र हो, परन्तु यूरोपेलीहरूको निमित्त त्यसको ढोका प्रायः बन्द छ। यहाँ पश्चिमी सभ्यताको प्रभाव पनि निकै थोरै परेको छ। यहाँ पर्यटकहरू निकै कम आउँछन्।
परन्तु भारतमा यस्तो देश विरलै होला, जहाँ नेपालको जस्तो विभिन्न जनजातिहरूको भाषादेखि लिएर परापूर्वकालका रूपमा विद्यमान रहेका जनविश्वाससम्म सबै किसिमको नृवंशात्मक अनुसन्धानको व्यापक क्षेत्र छ। आर्यावर्त भारत र तिब्बतका जनजातिहरूको माझमा रहेको यस पहाडी मुलुकमा सबै कुरा मौलिक छन् र उत्तिकै रोचक पनि। यहाँ विधवाहरूले अझै पनि सती जाने अधिकार उपभोग गर्न पाएका छन्, यद्यपि जङ्गबहादुरले सतीप्रथामा केही प्रतिबन्ध लगाएका छन्।
काठमाडौंमा धनी-गरीब सबै अमुक स्थानमा अमुक मन्दिरनेर स्नान गर्नाले विभिन्न प्रकारको सुखभोग गर्न पाइन्छ भन्ने विश्वास गर्दछन्। यहाँ अझै पनि प्रसिद्ध मन्दिरको भित्तामा अथवा थाममा कीला ठोक्नाले दन्त्यरोग बिसेक हन्छ भन्ने विश्वास गरिन्छ। के बच्चा, के बूढा सबै दाँत दुखेको निको पार्न यी कीलाहरूको पूजा गर्दछन्। काठमाडौंमा छ्वासलमा रहने भूतप्रेत पन्छाएर अझै पनि रोगीको उपचार गरिन्छ। घरमा कोही बिरामी हुनासाथै चौबाटोमा चामल, फूल, बत्ती र कागतका पताकाहरू भएको बोहोता पुर्याइन्छ। यस प्रकार रोगीको औषधिमुलो गरिन्छ। सिकर्मीको घरदेखि लिएर जर्नेलको परिवारसम्म नै यस्तै चलन छ। फरक यत्ति छ कि यस्तो औषधिले केही फाइदा नदिने देखियो भने जर्नेलले चाहिँ भोलिपल्ट नै ब्रिटिश रेजिडेन्टको डाक्टरलाई आफ्नो घरमा बोलाउन मानिस पठाउँछन्।
नेपालीहरू ज्यादै हँसमुख र दयालु हुन्छन्। माथिबाट आदेश पाएकोले मात्र उनीहरू शंकालु प्रतीत हुनछन्। सबै हँसीठट्टा गर्न रुचाउँछन् र केही अपवाद छाडेर सबै जना जाँडरक्सी खान्छन्। उच्च जातका मानिसहरू र जर्नेलका छोराहरू विशेषतः शाम्पियन र कोन्याक (ब्रान्डी) रक्सी खान्छन्। नेपालका बारोनेटका छोराहरूलाई शिक्षा दिन भर्ना गरिएका अङ्ग्रेज शिक्षक आफ्ना शिष्यहरूको शिक्षादीक्षामा भन्दा उनीहरूका निम्ति सोमरस अर्थात् कोन्याक रक्सी जुटाउनमा संलग्न रहेका देखिन्छन्। काठमाडौंमा यस्तै एक जना भूतपूर्व शिक्षकको नाम प्रसिद्ध छ, जो यही व्यवसायबाट धनी बनेका थिए। काठमाडौंका सडकहरूमा के उत्सव, के साधारण दिन, सधैं रक्सी लागेका मानिसहरूलाई देख्न सकिन्छ। धार्मिकस्थलमा हरप्रकारको तीर्थयात्राको अन्त्य ठूलो भोजद्वारा हुन्छ।
नेपालीहरू ज्यादै हँसमुख र दयालु हुन्छन्। माथिबाट आदेश पाएकोले मात्र उनीहरू शंकालु प्रतीत हुनछन्। सबै हँसीठट्टा गर्न रुचाउँछन् र केही अपवाद छाडेर सबै जना जाँडरक्सी खान्छन्। उच्च जातका मानिसहरू र जर्नेलका छोराहरू विशेषतः शाम्पियन र कोन्याक (ब्रान्डी) रक्सी खान्छन्।
काठमाडौं छाड्नुभन्दा पहिले यस्तै एउटा भोजमा म पनि सामेल हुन पुगेको थिएँ। शहरबाट पश्चिमतर्फ दुई माइल पर स्वयम्भूनाथको डाँडो छ। (उपत्यकाको स्तरभन्दा २५० फिट अग्लो) त्यसको शिखरमा उपत्यकाको प्राचीनतम मन्दिर खडा छ। करीब चार सय सिँढी चढेर यस डाँडाको ठाडो उकालो पार गरेपछि त्यहाँ पुगिन्छ, जहाँबाट चारैतर्फ बुर्जा, मन्दिर र स्तूपहरू देखिन्छन्।
शिखरसम्म नपुग्दै यस डाँडाको आधा-आधीमा एउटा स्तूपनेर अलि सम्म परेको पाटोमा मैले २० जनाजति पुरुष र त्यत्ति नै महिलाहरू पनि भेटेँ, जो घाँस उम्रेको चउरमा बसेर स्थानीय रक्सी खाँदै थिए। के पुरूष, के स्त्री, सबै उत्सवको पोशाकद्वारा सिँगारिएका थिए र सबैले टाउकोमा फूलको थुँगो घुसारेका थिए। वनभोज धूमधामसित मनाइँदै थियो। उनीहरू हाँस्तै थिए, हल्ला मच्चाउँदै थिए र सबै रक्सीको प्रभावमा परेका देखिन्थे। कुनै सम्माननीय तर दुर्बल बूढो व्यक्ति हातमा अन्ती उठाएर सबैलाई रक्सी बाँड्दै थियो। अनि सबैले एकै स्वरमा गाउन शुरू गरेः विभिन्न प्रकारका स्वरहरूको ठूलो चिच्याहट सुनियो। मानिसहरूको स्वर ढोलक-झ्यालीहरूको आवाजमा मिसिएको थियो। उनीहरू त्यस धार्मिक स्थलको निम्ति अनुपयुक्त गीत अलाप्दै थिए, न त गीतमा कुनै सामञ्जस्य नै पाइन्थ्यो। तर, गीतका शब्दहरू भने निरर्थक थिएनन्, बरू कवितात्मक नै भन्न सुहाउँछ।
उनीहरू गाउँदै थिए:
१. 'ए सुन्दरी, नखरा नगर ! हामी कति मिलेर बसेका थियौं ? सबैलाई थाहा छ।
म बेगर तिमी सुखी हुनेछैनौ।
२. युवावस्था रूखको पालुवा हो, युवावस्थाको सुख क्षणिक हुन्छ। के अहिले नै हामी
दुईको बिछोड हुने भयो त?
३. दिन बित्छन्, वर्ष बिलाउँछन्। अनि युवावस्थाको के महत्त्व?
४. मैले रिसको झोंकमा परेर गाली गरेको हुँ। मलाई माफ गर!
५. हामी सँगै मिलेर बस्नेछौं, सुखभोग गर्नेछौं । म तिमीबिना बाँच्न सक्तिनँ।
यस नेवारी गीतको मूल पाठ निम्नप्रकार छ:
। राग धातु । ताल प्र ।
याय मते थुलित गुमान हाय सुन्दरी । धु ।
छव जिव जुल धका लोक कतकन सिल ।
सरमन पिस्वय मछाला । १ ।
नको जाव जउभन रतिरस याय बेल ।
थथिन बेल सा जयाव वया । २ ।
न्हिन्हिछिया वन जिन फुइव जोभन ।
लिपतस हालान छु चाव । ३ ।
तमया हुलिस जिन ल्हाय धुन थ्व वचन ।
लोल मनकिव उगु तम । ४ ।
छव जिव चोने नाप अनेग दइव रस ।
छ बिनान मलेन थो प्रान ।
नेपालीहरू ज्यादै गीतप्रेमी छन्, यद्यपि गीत उत्तिको कवितात्मक छैन। केही गीतहरू भारतबाट जोगीहरूले यहाँ ल्याउँछन्। हुन त स्थानीय रङ भएका मौलिक गीतहरू पनि भेटिन्छन् र तिब्बती भाषाबाट अनूदित गीतहरू पनि पाइन्छन्।
काठमाडौंको यात्राकालमा मैले एक जना बौद्धमार्गीबाट एउटा सानो लोकगीतको सङ्ग्रह उपहार पाएको थिएँ, जसमध्ये नेवारी लोकगीतको नमुनाको रूपमा चार गीत प्रस्तुत गर्दै छु। (यी ४ गीत पनि यहाँ प्रस्तुत गर्न सकिनँ: अनुवादक)
(रुसी भाषामा प्रकाशित मूल पाठ: मिनाएभ इभान पाभ्लोभिच, 'नेपाल', श्रीलंका र भारत वर्णन (रुसीको यात्रावृत्तान्तबाट), भाग १ र २, सेन्ट पिटबर्ग, सन् १८७८, पृष्ठ २३१-२८४)
अनुवादक: कृष्णप्रकाश श्रेष्ठ
इभान पाभ्लोभिच मिनाएभ (२१ अक्टोबर १८४० - १३ जून १८९०) विख्यात रुसी प्राच्यविद् र पहिलो रुसी नेपालविद् हुन्। उनी जङ्गबहादुर राणाको शासनकालमा सन् १८७५ मा नेपाल आएका थिए। उनी नेपालमा पाइला टेक्ने पहिलो रुसी थिए। मिनाएभको नेपाल भ्रमणपछि उनको यात्रा वृत्तान्तबाट १४० वर्षअघि नै रुसीहरूले नेपालबारे थाहा पाएका थिए। प्रस्तुत निबन्ध हिमाल किताबबाट प्रकाशित 'मिनाएभ र नेपाल' (सन् २०१०) पुस्तकमा समाविष्ट 'मिनाएभको नेपाल' लेखको अंश हो। यस लेखका अनुवादक कृष्णप्रकाश श्रेष्ठको ८३ वर्षको उमेरमा १६ चैत २०७७ मा निधन भयो।