वायु प्रदूषण रोक्न माग गर्दै धर्नामा बसेका युवा पक्राउ (तस्वीरहरू)
वायु प्रदूषण रोक्नका लागि ठोस कदम चाल्न माग गरी सरकारलाई दबाब दिन धर्नामा बसेका युवालाई प्रहरीले पक्राउ गरेको छ।
केही दिनयता काठमाडौं लगायत देशका विभिन्न शहरमा वायु प्रदूषण बढेको छ। प्रदूषण रोक्नका लागि ठोस कदम चाल्न दबाब दिने उद्देश्यले शुक्रबार बिहान केही युवा सिंहदरबारकाे पश्चिमी गेटमा धर्नामा बसेका हुन्।
उनीहरूले वायु प्रदूषण घटाउन पनि निजगढ लगायत तराई क्षेत्रको जंगल जोगाउन माग गरेका छन्। धर्नामा बसेका सबै युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।