बर्मामा मारिएकाको सम्झनामा वसन्तपुरमा दीप प्रज्वलन (तस्वीरहरू)
बर्मामा लोकतन्त्र बहालीको माग गर्दै भइरहेको आन्दोलनका क्रममा मारिएकाको सम्झनामा १८ चैत साँझ काठमाडौंको वसन्तपुरमा दीप प्रज्ज्वलन गरिएको छ।
बर्माको सेनाले गएको १ फेब्रुअरीमा ‘कू’ गरेर नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्ट लगायत नेतालाई थुनामा राखेको छ। त्यहाँ लोकतन्त्रको पुनर्बहाली गरेर नागरिक अधिकार फर्काउन माग गर्दै आन्दोलन भइरहेको छ।
आन्दोलनकारीले नेत्री सुचीसहितका नेतालाई रिहाइको माग पनि गरेका छन्। आन्दोलनमा सेनाले अत्यधिक बल प्रयोग गर्ने गरेको छ। त्यहाँ अहिलेसम्म ५०० भन्दा बढीको मृत्यु भइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।