‘ओलीजीलाई उहाँको विरोधमा नजाने वचन दिएको छु’
सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणको खेल शुरू भयो। सर्वोच्चले २३ फागुनमा साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने फैसला गरेपछि भने सत्ता समीकरणको जोडघटाउ पनि अलमलमा परेको छ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। बहुमतका लागि आवश्यक १३८ सिट पुर्याउन उसलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मध्ये एकको साथ चाहिन्छ। प्रतिनिधि सभामा ६३ सीट रहेको प्रमुख प्रतिपक्षी कांग्रेस तत्कालै एमालेसँग सत्ता समीकरण गर्ने पक्षमा छैन। ५४ सांसद रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन जुनसुकै बेला फिर्ता लिने बताउँदै आएको छ। यस्तो अवस्थामा ३४ सीट रहेको जसपाको समर्थन एमाले नेतृत्वको सरकार जोगाउन पर्याप्त हुन्छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू जसपासँग सत्ता समीकरण हुने सम्भावना बलियो रहेको बताउँछन्। जसपाको माग अनुसार रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा टोली बनाएर वार्ता अघि बढाइसकेको छ। त्यसो भए जसपा एमालेसँग सत्ता गठबन्धन गर्न तयार भइसकेको हो? यो प्रश्न हिमालखबरले जसपाका पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुरलाई सोधेको छ। सन्त गाहा मगर र सजना बरालले ठाकुरसँग गरेको संवादको सम्पादित अंश :
जनकपुरमा तपाईंले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको थियो। सरकार गठनको विषयमा एमाले र जसपा सहमति नजिक पुगेका हुन्?
हामीले ओलीजीसँग पटकपटक छलफल गरेका छौं। उहाँले ‘म राजीनामा गर्दिनँ, संसद्मा अविश्वासको प्रस्ताव आए सामना गर्छु र परिणाम मेरो पक्षमा आएन भने ताजा जनादेशतिर जान्छु’ भन्नुभएको छ। हामीले हाम्रा माग राखेका छौँ। हाम्रो मागसँग सम्बन्धित मुद्दाको विषयमा प्रधानमन्त्रीले महान्यायाधिवक्तासँग राय माग्नुभएको छ। कुन प्रक्रियामा जाने भनेर कानूनी सल्लाहकारसँग परामर्श गरिरहनुभएको छ। त्यसकारण वार्ता सकारात्मक भयो भनेको हुँ। तर, परिणाम निस्किएको छैन।
आफ्नो अधिकार माग्दा हाम्रो साथीहरूको ज्यान गयो, जेलमा थुनिएका छन्। घाइते–अपाङ्ग हुनुपरेको छ। त्यसकारण यी कुराहरूको सम्बोधन नभएसम्म कहीँ जानेवाला छैनौं। यी विषय टुंगो लागेपछि के गर्ने सोच्छौं। तर, ‘हामी प्रधानमन्त्रीज्यूको विरुद्ध जान्नौं’ भनेपछ एक सय वाटको बल्ब बले जस्तै उहाँहरूको अनुहार चम्कियो।।
प्रधानमन्त्रीले तपाईंहरूको माग पूरा गर्ने आश्वासन दिनुभएको छैन?
हाम्रो मागको विषयमा ओलीजीले गर्नसक्ने जति गर्ने बताउनुभएको छ। उहाँले हामीलाई तीन वटा विकल्प दिनुभयो। पहिलो, सरकारमा जाने, दोस्रो, सरकारमा नजाने भए बाहिरबाटै समर्थन गर्ने र तेस्रो, उहाँहरूसँग नगए अन्त पनि नजाने। हाम्रो त हातखुट्टा बाँधिएको छ। आफ्नो अधिकार माग्दा हाम्रो साथीहरूको ज्यान गयो, जेलमा थुनिएका छन्। घाइते–अपाङ्ग हुनुपरेको छ। त्यसकारण यी कुराहरूको सम्बोधन नभएसम्म कहीँ जानेवाला छैनौं। यी विषय टुंगो लागेपछि के गर्ने सोच्छौं। तर, ‘हामी प्रधानमन्त्रीज्यूको विरुद्ध जान्नौं’ भनेपछि एक सय वाटको बल्ब बले जस्तै उहाँहरूको अनुहार चम्कियो।
यहाँहरूको खास माग के–के छन्?
राजबन्दी रिहाइ, नागरिक–भाषा लगायतका विषय सम्बोधनका लागि संविधान संशोधन हाम्रो माग हो। अहिलेका प्रायः सबै नेताहरू हतियार उठाएर वा जेल बसेरै आएका हुन्। उहाँहरू सबैले सफाइ पाइसक्नुभएको छ। हामीले कहिले पनि सत्ताका लागि राजनीति गरेका छैनौं। आफ्नो अधिकारका लागि आन्दोलन गर्दा हामीमाथि मुद्दा लगाइएको छ। मधेसका १३ जिल्लामा मात्रै १२ सयभन्दा बढी व्यक्तिविरुद्ध २९२ वटा मुद्दा छन्।
प्रचण्डजी आफैं भन्नुहुन्छ– ममाथि पनि कति धेरै मुद्दा छ। तर, त्यो मुद्दाले उहाँलाई प्रभाव पार्दैन। हामीले भने आन्दोलन गरेकै कारणले मात्रै यातना पाइरहेका छौं। हाम्रो माग सम्बोधनका लागि विगतमा हामीले ओली र प्रचण्डजी दुवै जनासँग संविधान संशोधन गर्ने लिखित सहमति गरेका थियौं। तर, कार्यान्वयन भएन। त्यसकारण अब हामी मिति गुज्रेको चेक लिनेवाला छैनौं।
आन्दोलनका क्रममा थुनामा रहेकाहरूको रिहाइलाई समेत सर्त बनाउनुभएको छ। दुई तहको अदालतबाट दोषी ठहर भइसकेका रेशम चौधरी लगायतलाई पनि राजनीतिक सहमतिको नाममा रिहा गर्न मिल्छ र?
संसारमा युद्धमा प्रयोग हुनेहतियारबाट जति मान्छे मारिएका छन्, त्योभन्दा बढी मान्छे न्यायको कलमबाट मारिएका छन्। मृत्यदण्डको फैसलाबाट ज्यान गुमाउनको संख्या ठूलो छ। रेशम चौधरी टीकापुर घटना भएको दिन त्यहाँ थिएनन्। घटनामा उनको हात पनि छैन। घटना गराउनेहरू त भागिहाले, रेशम निर्दोष हुन् भन्ने कुरा अनौपचारिक रूपमा सबैलाई थाहा भइसकेको छ। त्यहाँ थारू बस्ती भएको हुनाले उनी मारमा परेका हुन्।
अहिलेको सन्दर्भमा सरकारको नेतृत्व गर्नुपर्ने कांग्रेस आफैं पछि हटेको छ। उसले हाम्रो माग पूरा गर्ने कुरा आएन। पाँच वर्षका लागि बनाएको संसद् ओलीजीले तीन वर्षमै भंग गरिदिनुभयो। भलै, अदालतले पुनर्स्थापना गरिदिएको छ। प्रचण्डजीले ओलीको विरोध गर्नुभएको छ। तर, अझै उहाँकै साथमा हुनुहुन्छ।
विगतमा संविधान संशोधन सम्बन्धी प्रस्ताव संसद्बाट अस्वीकृत भएको थियो। संसद्मा भएका दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्रमध्ये कुन दलले यहाँहरूको माग पूरा गर्छ जस्तो लाग्छ?
पत्रकार, लेखक, कवि भनेका स्वतन्त्र चिन्तक हुन्। तपाईंहरू आफ्नो चिन्तनलाई लेखन वा बोलीको माध्यमबाट अभिव्यक्त गर्नुहुन्छ। तपाईंहरूलाई जस्तो स्वतन्त्रता हामीलाई हुँदैन। त्यही भएर कतिपय कुरा पछि भनेकै राम्रो हुन्छ।
अहिलेको सन्दर्भमा सरकारको नेतृत्व गर्नुपर्ने कांग्रेस आफैं पछि हटेको छ। उसले हाम्रो माग पूरा गर्ने कुरा आएन। पाँच वर्षका लागि बनाएको संसद् ओलीजीले तीन वर्षमै भंग गरिदिनुभयो। भलै, अदालतले पुनर्स्थापना गरिदिएको छ। प्रचण्डजीले ओलीको विरोध गर्नुभएको छ। तर, अझै उहाँकै साथमा हुनुहुन्छ। ओलीजीसँग उहाँहरूको पनि कित्ताकाट भएको छैन। त्यही भएर विश्वस्त हुन सक्ने आधार बनेकै छैन।
एमालेलाई समर्थन गर्ने कि कांग्रेस–माओवादीलाई समर्थन गर्ने भन्ने विषयले जसपा विभाजन उन्मुख बनेको हो?
हाम्रो पार्टी एकीकरण भएको एक वर्ष पनि पुगेको छैन। दुवैतिर अध्यक्ष, उपाध्यक्षहरू थियौं। एकीकृत पार्टीमा साबिक पार्टीमा भएको सबै पद पाउने कुरा भएन। कोही न कोही त छुटिहाल्छ। त्यसले पार्टीमा उकुसमुकस हुन्छ। तर, निर्णय जे भए पनि साथसाथै जानुपर्छ भन्ने हाम्रो सहमति छ। छलफल गर्दा सबैले आ–आफ्नो कुरा राख्ने र एउटै निर्णय गर्ने सहमति भएको हो। असहमतिको निर्णय हुँदैन।
संसद् पुनर्स्थापनापछि प्रधानमन्त्रीको उम्मेदवारमा तपाईंको नाम पनि चर्चामा छ। तपाईंले सरकारको नेतृत्व गर्ने सम्भावना बढेको हो?
ठूलाठूला संकट परेपछि मात्रै मधेसीलाई याद गरिन्छ। आन्दोलन गर्न मान्छे चाहिँदा मात्रै मधेसबाट मान्छे ओसारिन्छ। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला कांग्रेस र एमाले उहाँको नेतृत्वमा चुनावमा नजाने भएपछि मेरो नाम चर्चामा आएको थियो। अहिले पनि एउटा परिस्थिति आएको छ र जनताको इच्छा पनि देखिन्छ। तर, साँच्चिकै प्रधानमन्त्री हुनका लागि त प्रतिनिधि सभामा सहमति बन्नुपर्छ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला कांग्रेस र एमाले उहाँको नेतृत्वमा चुनावमा नजाने भएपछि मेरो नाम चर्चामा आएको थियो। अहिले पनि एउटा परिस्थिति आएको छ र जनताको इच्छा पनि देखिन्छ। तर, साँच्चिकै प्रधानमन्त्री हुनका लागि त प्रतिनिधि सभामा सहमति बन्नुपर्छ।
ओलीजीले तपाईंलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको छैन?
छैन, उहाँले त म राजीनामै गर्दिनँ भन्नुभएको छ।
कांग्रेस र माओवादीले जसपालाई सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेको छ कि छैन?
कांग्रेस र माओवादी दुवैले हाम्रो साथ खोजेका छन्। तर, ‘नेतृत्व लिनुपर्छ’ भनेका छैनन्। हामीसँगको भेटमा शेरबहादुर देउवाले ‘अविश्वासको प्रस्ताव ल्याउँदिनँ, तर प्रधानमन्त्री पदको अफर आयो भने विचार गर्नसक्छु’ भन्नुभयो। मिलेर सत्ता गठबन्धन बनाउने प्रस्ताव गर्नुभयो। हामीले हाम्रा माग सम्बोधन नभएसम्म गठबन्धन नबनाउने जबाफ दियौँ।
सरकारमा कसलाई समर्थन गर्ने भन्ने निर्णय जसपाले कहिलेसम्म गर्छ?
तयारी पूरा नहुँदा चैत पहिलो साताका लागि बोलाइएको कार्यकारिणी समितिको बैठक बस्न सकेन। बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव पूरा भएको थिएन। समायोजन सम्बन्धी विषयमा थप काम गर्नुपर्ने भएकाले पनि बैठक नबसेको हो। होली सकियो, अब छिटै बैठकको मिति तय गर्छौं। बैठकले यो विषयमा ठोस निर्णय गर्छ।