अमेरिका, भारत र चीनको रणनीतिक चेपुवामा नेपाल
२००७ र २०४६ सालमा जस्तै २०६२/६३ को परिवर्तन पनि भारतको उत्प्रेरणामा आएको स्पष्ट छ। तर, ‘अमेरिकी साम्राज्यवाद’को भन्दा बढी ‘भारतीय विस्तारवाद’को विरोध गर्ने माओवादीलाई मूलधारमा ल्याएर भारतले के उपलब्धि हासिल गर्यो?
अमेरिकी राणनीतिकार रोबर्ट काप्लानले विश्व राजनीतिमा १९औँ शताब्दी जस्तै भूगोल महत्त्वपूणर् हुन थालेको आकलन गरेका छन्। ‘रिभेन्ज अफ जीयोग्राफी’ आलेखमा उनले एसियामा विश्व शक्तिहरूको प्रतिस्पर्धा शुरू भएको बताएका छन्। यसबाट नेपाल अछुतो नरहने निश्चित छ।
नेपाल दुई उदाउँदा शक्तिराष्ट्र चीन र भारतबीचमा छ। यी राष्ट्रबीच हुने शक्ति प्रतिस्पर्धाको प्रभाव नेपालको आन्तरिक राजनीति, वैदेशिक सम्बन्ध लगायत धेरै क्षेत्रमा पर्छ। पत्रकार सञ्जय उपाध्याको ‘ब्याकफायर इन नेपाल हाउ इन्डिया लस्ट द प्लट टु चाइना’ पुस्तकले भूराजनीतिको यही कथा भन्छ। विशेष गरेर २०६२/६३ को जनआन्दोलन, राजतन्त्रको उन्मूलन, धर्मनिरपेक्षताको घोषणा र संघीयता लागू भएसँगै नयाँ नेपालको परिवेशलाई पुस्तकले उजागर गर्छ।
के ‘भारतद्वारा पहल गरिएको’ १२ बुँदे सम्झौता उपलब्धिमूलक रह्यो? माओवादी विद्रोहको औचित्य अहिले स्थापित हुन्छ कि हुँदैन? नेपाल योजनामा भारत र चीनले के-के गरे? अमेरिका युरोपको मनसाय के थियो? आदि विषयमा परख गरिएको यो पुस्तक नेपाल मामिलामा जानकारी राख्ने सबैलाई रोचक लाग्नेछ।
२०४६ सालको परिवर्तनपछि नेपाल संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाको मार्गमा थियो। तर, यो परिवर्तनको ६ वर्षपछि तत्कालीन नेकपा माओवादीले युद्धको शुरूआत गर्यो। उक्त विद्रोह टुंगोमा पुर्याउन भारतले कडा मिहिनेत गरेको त्यहाँका पूर्वपरराष्ट्र सचिव एवं नेपालका लागि राजदूत श्याम शरणले स्वीकारेको पुस्तकमा उल्लेख छ। पूर्वराष्ट्रपति प्रणव मुखर्जीले पनि नेपालका माओवादीलाई शान्ति सम्झौतामा ल्याउन भारतको भूमिका रहेको अल जजीरा टेलिभिजनमा बताएका थिए।
शान्ति सम्झौतापछि उत्तरी छिमेकी चीनले नेपालमा खेलेको भूमिकाबारे पनि उनले पुस्तकमा सविस्तार व्याख्या गरेका छन्। चीनको नेपाल नीति राष्ट्रिय स्वार्थ र लामो योजनामा आधारित रहेको लेखकको ठम्याइ छ।
राजा ज्ञानेन्द्रले ढाका सार्क सम्मेलनमा चीनलाई सार्कको सदस्यमा ल्याउनुपर्ने धारणा राखेर चाइना कार्ड खेलेका थिए। जसबाट भारत चिढियो। भारतको राजनीतिक नेतृत्व र गुप्तचर विभाग ‘रअ’ राजाप्रति कठोर भए पनि सेना र आन्तरिक खुफियाले नरम नीति लिएको पुस्तकमा खुलासा गरिएकाे छ।
२४० वर्ष लामो इतिहास भएको राजतन्त्र उन्मूलन गर्ने आन्दोलनमा जाने माओवादी प्रस्तावमा सबै दल सहमत भए पनि यो विषय विवादास्पद र रहस्यमय छ। भारतसँगको धार्मिक र सांस्कृतिक सम्बन्ध भएको हिन्दू राजतन्त्रले बेलाबेला भारतविरुद्ध ‘चिनियाँ कार्ड’ खेल्ने गरेको उनले उल्लेख गरेका छन्। राजा ज्ञानेन्द्रले ढाका सार्क सम्मेलनमा चीनलाई सार्कको सदस्यमा ल्याउनुपर्ने धारणा राखेर त्यस्तै कार्ड खेलेका थिए। जसबाट भारत चिढियो। भारतको राजनीतिक नेतृत्व र गुप्तचर विभाग ‘रअ’ राजाप्रति कठोर भए पनि सेना र आन्तरिक खुफियाले नरम नीति लिएको उनले खुलासा गरेका छन्।
२००७ र २०४६ सालमा जस्तै २०६२/६३ को परिवर्तन पनि भारतको उत्प्रेरणामा आएको स्पष्ट छ। तर, ‘अमेरिकी साम्राज्यवाद’को भन्दा बढी ‘भारतीय विस्तारवाद’कोे विरोध गर्ने माओवादीलाई मूलधारमा ल्याएर भारतले के उपलब्धि हासिल गर्यो भन्ने लेखाजोखा पुस्तकमा छ।
भारत पनि माओवादी आन्दोलनले आक्रान्त थियो। अहिले पनि छिटपुट घटना हुने गरेका छन्। नेपालका माओवादीको सफलताले त्यहाँ पनि नकारात्मक सन्देश जाने थियो। तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतको माओवादी आन्दोलन राष्ट्रका लागि सबैभन्दा ठूलो सुरक्षा चुनौती भएको बताइसकेका थिए। भारतीय माओवादीको दमन गर्ने भारतीय संस्थापन पक्ष नेपालका माओवादीसँग सहकार्य गर्न पुगे। यसको पेचिलो भूराजनीतिलाई लेखक उपाध्याले सविस्तार व्याख्या गरेका छन्।
प्रसिद्ध भारतीय पत्रकार एमजे अकबरले भनेका छन् कि तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ नेपालको प्रधानमन्त्री भए पनि उनी भारतपरस्त हुनुपर्छ। यसले नेपालको भूराजनीतिक बाध्यता र जटिलता प्रष्ट पार्छ।
२००७ सालअघि र पछि पनि भारतको प्रभाव नेपालमा रहिरह्यो। २०४६ सालको परिवर्तनपछि पनि त्यो कायम रह्यो। तर, भारतकै सहयोगमा भएको २०६२/०६३ को परिवर्तनपछि भने किन भारत नेपाल गुमेको महसूस गर्दै छ? नेपालविज्ञ अमेरिकी राजनीतिशास्त्री लियो रोजले नेपाल जहिले पनि ‘बाँच्नुको रणनीति’मा रहेको भन्दै ‘नेपाल स्ट्राटेजी फर सर्भाइभल’ पुस्तक नै लेखेका छन्।
नेपालको कूटनीतिको प्राचीन कालदेखि आधुनिक कालसम्मको फेहरिस्त दिने यो पुस्तकका विषयवस्तु अहिले पनि सान्दर्भिक छन्। केपी ओलीको नेतृत्वमा सरकार बनेको अवस्थामा पार्टीभित्र आन्तरिक किचलो हुँदा किन वर्तमान चिनियाँ राजदूत सक्रिय भइन्? के चीन नेपालको माइक्रो म्यानेजमेन्टमा लागेको हो? यदि हो भने त्यसको कारण भारतले लगाएको नाकाबन्दी हुनसक्छ।
नेपालको कूटनीतिको प्राचीन कालदेखि आधुनिक कालसम्मको फेहरिस्त दिने यो पुस्तकका विषयवस्तु अहिले पनि सान्दर्भिक छन्। केपी ओलीको नेतृत्वमा सरकार बनेको अवस्थामा पार्टीभित्र आन्तरिक किचलो हुँदा किन वर्तमान चिनियाँ राजदूत सक्रिय भइन्? के चीन नेपालको माइक्रो म्यानेजमेन्टमा लागेको हो? यदि हो भने त्यसको कारण भारतले लगाएको नाकाबन्दी हुनसक्छ।
नयाँ संविधानको घोषणापछि भारतले गरेको नाकाबन्दी प्रत्युत्पादक रहेको र त्यहीकारण नेपाल चीनको पोल्टामा गएको भारतका विपक्षीहरूले पनि टिप्पणी गरे। भारतको नेपाल नीतिको कमजोर पक्ष यहाँको आन्तरिक मामलामा बढ्दो हस्तक्षेपलाई मान्नेहरू पनि छन्।
चीनका लागि भने नेपालमा तिब्बत शरणार्थीको मामिला पेचिलो प्रश्न भएको छ। करीब १२ हजार तिब्बती शरणार्थीको मुद्दालाई नेपालमा जीवित राखेर पश्चिमाहरू चीनलाई घेर्ने रणनीतिमा छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा विगतमा नेपालको मुस्ताङबाट तिब्बत लक्षित खम्पा विद्रोह भएको थियो। त्यो चिनियाँहरूको स्मृतिमा ताजै छ। यसर्थ तिब्बती प्रश्नमा नेपाल हदैसम्मको संवेदनशील होओस् भन्ने चाहना छ।
नेकपामा विवाद चुलिएर विभाजन उन्मुख हुँदा मिलाउन चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौं उत्रियो। राजतन्त्रको बेला चीनले नेपालका राजालाई स्थायी मित्र ठान्थ्यो। तर, राजतन्त्र नरहेपछि नेकपालाई त्यस्तै मित्र बनाउन लागिपरेको देखिन्छ।
केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि सन् २०१२ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरे। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको थियो। भ्रमणका क्रममा चीनले नेपाल-चीन सम्बन्ध रणनीतिक भएको बतायो। उक्त भ्रमणपछि सत्तारूढ रहेको विघटित नेकपाका नेताहरू सी विचारधाराबाट प्रशिक्षित समेत भए।
नेकपामा विवाद चुलिएर विभाजन उन्मुख हुँदा मिलाउन चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौं उत्रियो। राजतन्त्रको बेला चीनले नेपालका राजालाई स्थायी मित्र ठान्थ्यो। तर, राजतन्त्र नरहेपछि नेकपालाई त्यस्तै मित्र बनाउन लागिपरेको देखिन्छ।
अमेरिकी परियोजना एमसीसी पारित गर्ने विषयमा तत्कालीन नेकपाभित्रै मतभेद देखियो। इन्डो-प्यासिफिक रणनीतिमा नेपाल संलग्न भएको विषय बहसमा आयो। यसैबीच कालापानी र लिपुलेकको भूभाग समेटेको नक्शा नेपालले संसद्बाट पारित गरेपछि भारतसँग ‘नक्शा युद्ध’ नै देखियो।
नेपाल अब अमेरिका, चीन र भारतको रणनीतिक राडारमा प्रवेश गरिसकेको छ। त्यसैले नेपालको रणनीतिक चातुर्य यो चेपुवाबाट उम्कनु नै हुनेछ। यही रणनीतिक चेपुवा र आन्तरिक राजनीतिको उथलपुथललाई लेखक उपाध्याले राम्रोसँग केलाएका छन्।
सन् १९६० सम्म यो हिमालय क्षेत्रमा चार वटा राजतन्त्र थिए, भुटान। सिक्किम, तिब्बत र नेपाल। तीमध्ये तिब्बत सन् १९५९ मा चीनले कब्जा गर्यो। जनमतसंग्रहमार्फत सिक्किम भारतमा विलय भयो। सन् १९४९ को सम्झौता मार्फत भुटान भारतको अधीनस्थ राष्ट्र बन्यो। नेपाल राजतन्त्रको उन्मूलनसँगै गणतन्त्रमा प्रवेश गर्यो। हिमाली क्षेत्रका यी साना राष्ट्रहरूको कथा ‘हिमालय महाखेल’ले भरिएको छ। यही महाखेलको एउटा विवरण हो, यो पुस्तक।
किताब: ब्याकफायर इन नेपाल लेखक: सञ्जय उपाध्या प्रकाशक: भीटास्टा मूल्य: ४९५ भा.रू. पृष्ठ: २७५