बर्माको सरकारी दमनविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
बर्मामा प्रजातन्त्र पुनर्बहालीका लागि चलिरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ।
बर्मामा सरकारले गरिरहेको दमन र हत्या रोक्न पहल गर्न माग गर्दै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि अधिकारकर्मीहरूले प्रदर्शन गरेका हुन्। मानवअधिकार तथा शान्ति समाजको अगुवाइमा भएको प्रदर्शनमा बर्मामा शान्ति स्थापनाका लागि हस्तक्षेप गर्न माग गरिएको छ।
त्यस्तै, प्रदर्शनमा उत्रिएका अधिकारकर्मीले बर्मामा भइरहेको हत्या र दमनको विरोध गरेका छन्। उनीहरूले राजनीतिक बन्दीहरूको रिहाइ र प्रजातन्त्र पुनर्बहालीको माग गरेका छन्।