ग्लोबल आइएमई ब्यांकका तीन नयाँ शाखा सञ्चालन
ग्लोबल आइएमई ब्यांक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
ब्यांकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कञ्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालन गरेको हो। तीनै शाखा सञ्चालनमा आएसँगै ब्यांकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ।
ग्लोबल आइएमई ब्यांकले सबै क्षेत्र र वर्गसम्म ब्यांकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा २७३ शाखा सञ्जाल विस्तार गरिसकेको छ।
त्यस्तै, ब्यांकले २४२ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखारहित ब्यांकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालयमार्फत २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।