वसन्तपुरमा होलीको उल्लास (तस्वीरहरू)
फागु पूर्णिमा अर्थात् होली पर्व काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा रङ खेलेर मनाइएको छ।
आइतबार बिहानैदेखि स्थानीय बासिन्दासँगै पर्यटकले होली वसन्तपुरमा खेलेका हुन्। हाेली खेल्न काठमाडाैंका अन्य क्षेत्रबाट पनि युवा वसन्तपुर पुगेका थिए।
वसन्तपुरमा एक साताअघि अर्थात् अष्टमीका दिन चीरोत्थान गरिएको थियो। चीर गाडेसँगै काठमाडौं उपत्यकामा होली प्रारम्भ भएको थियो।