डा. देवेन्द्रराज पाण्डेको राजीनामा दरबारलाई चुनौती!
पञ्चायत कालको चरममा अर्थसचिव भएका डा. देवेन्द्रराज पाण्डेले अकस्मात् राजीनामा दिँदा निकै खलबली मच्चिएको थियो। दरबारले प्रधानमन्त्रीको ‘जासूसी’ मा लगाएपछि राजीनामा दिएको उनले आफ्नो आत्मकथा ‘एक ज्यान दुई जुनी’मा उल्लेख गरेका छन्।
“महाराजाधिराजको हुकुम छ, प्रधानमन्त्रीको निश्चित कार्यक्रम छ, उनलाई सहयोग गर्नुस्, रोकतोक नगर्नुस्। तर, उनले के–के गर्छन् दरबारमा सबै रिपोर्ट गर्नुस्,” राजा वीरेन्द्रका संवादसचिव चिरनशमशेर थापाले डा. देवेन्द्रराज पाण्डेलाई भनेछन्। थापा दरबारमा अर्थ, परराष्ट्र, सञ्चार आदि क्षेत्र हेर्थे। डा. पाण्डे अर्थसचिव थिए।
डा. पाण्डेको भर्खरै प्रकाशित पुस्तक ‘एक ज्यान दुई जुनी’ मा उल्लेख भएअनुसार उनीहरू दुई जनाको सम्बन्ध राम्रो थियो। तर, जनमतसंग्रहको सिलसिलामा नारायणहिटी राजदरबारमा बोलाएर थापाले यस्तो सुनाउँदा पाण्डे निराश भए। उनले लेखेका छन्, “राजाको आदेशबाट म दुःखी भएँ, पछिल्लो वाक्यले थप खिन्न तुल्यायो। प्रधानमन्त्री वा हाकिमको छुल्याइँ गर्न मैले जानेको थिइनँ। विडम्बना म बुझ्थें। प्रधानमन्त्रीकै आग्रहमा यो आदेश भएको छ। तर, प्रधानमन्त्रीलाई नै के थाहा? उनी जस्तालाई पनि दरबारले उपयोग गर्ने हो, विश्वास गर्ने होइन।”
जागीर अवधिभर आफ्नो सुख, सन्तोष, उन्नति वा स्वार्थपूर्तिका निम्ति आफूले कतै केही रिपोर्ट गर्दै नहिंडेको पाण्डेले बताएका छन्। त्यस दिन उनी थापालाई आलटाले जवाफ दिएर कार्यकक्षमा फर्किएछन्। अरू भए पो, देवेन्द्रराज पाण्डे न परे। कार्यकक्षमा फर्किएपछि तुरुन्तै राजीनामा लेखेछन्।
जागीर अवधिभर आफ्नो सुख, सन्तोष, उन्नति वा स्वार्थपूर्तिका निम्ति आफूले कतै केही रिपोर्ट गर्दै नहिंडेको पाण्डेले बताएका छन्। त्यस दिन उनी थापालाई आलटाले जवाफ दिएर कार्यकक्षमा फर्किएछन्। अरू भए पो, देवेन्द्रराज पाण्डे न परे। कार्यकक्षमा फर्किएपछि तुरुन्तै राजीनामा लेखेछन्।
राजीनामा बुझाउनुअघि साथीहरूसँग सल्लाह गर्ने विचार भएछ। उनले आफ्ना पत्यारिला साथी भुवनेश्वर खत्रीसँग भेटे। खत्रीले भनेछन्, “अहिले वेला भइसक्यो र डाक्टर सा‘ब?” खत्रीको कुराले उनी झस्किएछन्।
उनले राजीनामा त लेखे, तर त्यही वेला पेरिसमा नेपाल सहायता समूहको बैठक हुन लागेको थियो। डा. पाण्डेले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुपर्ने थियो। उक्त बैठकमा सहभागी हुने इच्छाले लोभ्याएछ। अनि उनले लेखिसकेको राजीनामा पनि थन्क्याएछन्।
उनी पेरिस बैठकका लागि गए। बैठकको तयारीसहित फर्केर आएर राजीनामा दिन तीन महीना लाग्ने रहेछ। आफूले त्यो तीन महीना सकसले बिताएको उनले उल्लेख गरेका छन्।
राजीनामाको मनस्थितिमा रहेका उनी पेरिस बैठकमा विदेशीहरूसँग भने प्रभावकारी रूपमा प्रस्तुत भए। त्यसपछि भियनामा समेत ‘ओपेक फन्ड’सँग सरकारको निर्णय अनुसार सहायता सम्झौतामा हस्ताक्षर पनि गरे। भ्रमणबाट फर्केपछि बल्ल राजीनामाको मूल कपी मुख्यसचिवको कार्यालयमा २९ माघ २०३६ मा दर्ता गराएछन्। मुख्यसचिव कृष्णबहादुर मानन्धर कार्यालय नआएकाले घरमै गएर राजीनामाबारे जानकारी पनि दिएछन्।
‘सम्झाउनू हुकुम भएको छ’
डा. पाण्डेले अर्थसचिवबाट राजीनामा दिएपछि स्वीकृत नभएसम्म घरबिदाको माग गरेर प्रधानमन्त्री कार्यालयमा पत्र दर्ता गराए। यसअघि प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेट्न खोज्दा उनी चुनाव प्रचारमा भएकाले भेट भएनछ।
डा. पाण्डेले अर्थसचिवबाट राजीनामा दिएपछि स्वीकृत नभएसम्म घरबिदाको माग गरेर प्रधानमन्त्री कार्यालयमा पत्र दर्ता गराए। यसअघि प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेट्न खोज्दा उनी चुनाव प्रचारमा भएकाले भेट भएनछ। पछि थापाको फोन आयो। उनले बालुवाटार बोलाए।
केही दिनपछि प्रधानमन्त्री थापाले डा. पाण्डेको घरमै फोन गरी भने रे, “के उपद्रव गर्नुभएको तपाईंले यो? तुरुन्त आउनुस् यहाँ (बालुवाटार)।” डा. पाण्डे बालुवाटार गए। राजा वीरेन्द्रले पनि ‘सम्झाउनू’ हुकुम भएको थापाले सुनाए रे। तर, डा. पाण्डेले लेखेका छन्, “मलाई लाग्छ, राजा र प्रधानमन्त्री दुवै मैले अर्थ मन्त्रालय छाड्न लागेकोमा खुशी नै भए होलान्।”
दरबारका अर्का शक्तिशाली सचिव नारायणप्रसाद श्रेष्ठले पनि डा. पाण्डेको घरमा फोन गरी राजीनामा फिर्ता लिन आग्रह गरेका थिए रे। डा. पाण्डेलाई नभेटेपछि उनले श्रीमती पद्मा पाण्डेलाई खबर छाडेछन्। प्रधानमन्त्रीले स्पष्ट संकेत पनि गरेका रहेछन्– राजदूत, राष्ट्रिय योजना आयोगको सदस्य जे पद चाहिन्छ भन्नू। डा. पाण्डेले भनेछन्, “मलाई केही पनि चाहिंदैन, शीघ्रातिशीघ्र राजीनामा स्वीकृत गरिदिनुहोस्, अनुगृहीत हुनेछु। बाहिर धेरै हल्ला भइरहेछ, यसलाई टुंग्याउनुपर्यो।”
जनमतसंग्रहको संवेदनशील घडीमा अनावश्यक विवाद वा डा. पाण्डेलाई अन्याय भएको बदनामी लिन राजा र प्रधानमन्त्री नै चाहँदैनथे, शायद! राजीनामापछि चिरनशमशेरले सोधेछन्, “महाराजाधिराजसँग एक पटक दर्शन भेट गर्ने होइन?” पाण्डेले जवाफ दिए छन्, “राजाको बाध्यता मैले बुझेको छु। भेटेर थप सकस किन लिने दिने?”
स्वीकृत भयो राजीनामा
राजीनामा दिएपछि उनी बिदामा थिए। राष्ट्रिय योजना आयोग गएर उपाध्यक्ष तथा उनका मित्र रत्नशमशेर राणासँग मनको वह पोखेछन्। उनी अर्थ मन्त्रालयका साथीहरूसँग बिदा पनि नभई घरबिदामा थिए। उनको यो घरबिदा अन्तिम थियो। साथीहरूसँग बिदा नभएकोमा उनलाई खिन्न लागेछ। राजीनामा स्वीकृत नभई बिदा हुन गएर आफैंले हल्ला गर्दै हिंड्ने कुरा पनि थिएन।
राजीनामा दिएपछि ‘फेरि जागीर खान नजाओस्’ भन्ने आमाको पनि चाहना रहेछ। आमाले भन्नुभएको थियो रे, “जागीरमा बोलाउलान् र जालास् नि फेरि!” शुरूमा राजीनामा दिएको सुनेर धुरुधुरु रोएकी आमा पछि बदलिनुभएछ।
पञ्चायत कालको संवेदनशील घडीमा अकस्मात् राजीनामा गर्दा उनको मनमा कुनै अज्ञात भय भने रहेछ। त्यसैले राजीनामाको भाषा सरल बनाएछन्, ‘स्वतन्त्र नागरिक भएर देश नरेशको सेवा गर्छु’ भन्ने खालको।
राजीनामा दिएपछि ‘फेरि जागीर खान नजाओस्’ भन्ने आमाको पनि चाहना रहेछ। आमाले भन्नुभएको थियो रे, “जागीरमा बोलाउलान् र जालास् नि फेरि!” शुरूमा राजीनामा दिएको सुनेर धुरुधुरु रोएकी आमा पछि बदलिनुभएछ।
जनमतसंग्रहमा आमाले भन्नुभयो रे, “ठोकिदिएँ मैले त नीलोमा छाप।” आमाको कुरा सुनेर डा. पाण्डे भावविह्वल हुनुभयो रे।
करीब १९ वर्षको सरकारी जागीरपछि पेन्सनसमेत नपाउने आफू ‘असफल पूर्व कर्मचारी’ भएको डा. पाण्डेको आत्मस्वीकृति छ। “सामान्यतः अवकाश पाउने सबै कर्मचारीलाई दिइने ‘सेवाका निम्ति धन्यवाद’ पनि मैले पाइनँ,” उनले लेखेका छन्। सरकारका मुख्यसचिवले एक छोटो वाक्यभन्दा बढी नलेखिएको राजीनामा स्वीकृतिको पत्र दिएछन्। उनको राजीनामा एक हप्तापछि ५ फागुन २०३६ मा स्वीकृत भएछ।