काठमाडौंको बेग्लै होली
नेपालको तराई तथा भारतमा होली गीत ठूलो स्वरमा गाइन्छ। नृत्य पनि छिटोछरितो हुन्छ। तर, काठमाडौं उपत्यकामा गाइने होली गीत लयबद्ध र सुमधुर हुन्छ। नाच्दा बीच बीचमा रोकिँदै बिस्तारै अगाडि बढिन्छ।
फागु पूर्णिमाको सात दिनअघि हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठकअगाडि तीन छत्रे चीर ठड्याइन्छ। त्यसपछि औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ। चीर गाडेर होली खेल्ने परम्परा पुरानै हो। तीन छत्रे चीरको परम्परा भने गोरखा राज्यबाट शुरू भएको हो। काठमाडौं उपत्यकामा गोरखाली राजा पृथ्वीनारायण शाहको सत्ता स्थापनासँगै यो परम्परा यता स्थानान्तरण भयो।
चीरलाई तत्कालीन राजनीतिको प्रतीक मानिन्छ। लमजुङ, पर्वत लगायत छिमेकी राज्यसँग गोरखा राज्यको मिल्ती थिएन। उनीहरूभन्दा आफू उच्च भएको देखाउन गोरखाले तीन छत्रे चीर ठड्याउँथ्यो। कथंकदाचित् कसैले यस्तो चीर ठड्यायो भने गोरखाली सेना गएर च्यातच्युत पार्दिन्थ्यो। पछि ती राज्य गोरखामा गाभिएसँगै चीर ठड्याउन चलन हरायो। काठमाडौंमा भने तीन छत्रे चीर होलीको प्रतीक बन्यो।
काठमाडौंको होली संस्कृति बेग्लै छ। काठमाडौंमा मयलको रूख ठड्याएर होली शुरू गर्ने पुरानो परम्परा हो। यो परम्परा अहिले पनि हनुमानढोका दरबार प्रांगणमा देख्न पाइन्छ। तीन छत्रे चीर जस्तै अन्य कतिपय क्रियाकलाप वेलावेलामा थपिएको अनुमान गर्न सकिन्छ। तर, अन्यत्र कतै नपाइने विशेषता यहाँ अहिले पनि पाइनु रोचक छ।
होलीको एउटा विशेषता गीत र नृत्यद्वारा मनोरञ्जन गर्नु पनि हो। नेपालको तराई तथा भारतमा गाइने होली गीत ठूलो स्वरमा गाइन्छ। नृत्य पनि छिटोछरितो हुन्छ। तर, काठमाडौं उपत्यकाको नेवारी समाजमा होलीको सांगीतिक माहोल फरक हुन्छ। स्थानीय नेपाल भाषामा गाइने उक्त होली गीत लयबद्ध भई सुुमधुर स्वरले सुन्नेलाई लट्ठ पार्ने खालको हुन्छ।
होलीको एउटा विशेषता गीत र नृत्यद्वारा मनोरञ्जन गर्नु पनि हो। नेपालको तराई तथा भारतमा गाइने होली गीत ठूलो स्वरमा गाइन्छ। नृत्य पनि छिटोछरितो हुन्छ। तर, काठमाडौं उपत्यकाको नेवारी समाजमा होलीको सांगीतिक माहाेल फरक हुन्छ। स्थानीय नेपाल भाषामा गाइने उक्त होली गीत लयबद्ध भई सुुमधुर स्वरले सुन्नेलाई लट्ठ पार्ने खालको हुन्छ।
गीतहरू प्रायः पुुरुषले मात्रै वा पुरुष तथा महिला मिलेर गाइन्छ। ऋतु गीत अन्तर्गत राखिएको होली गीत प्रायः रसरंगसँग नै सम्बन्धित हुन्छन्। ‘होलीया मेला मयजुुं मस्यूूला, अबिरं छंगु ख्वाः हिसि दयेका बी’ (होलीको मेला तिमीलाई थाहा छैन र? अबीरले तिम्रो अनुहार हिस्सी पारिदिन्छु) भनेर गाइने बोलीको गीत धेरै मात्रामा प्रचलित छ।
कुनै कुनै गीतमा होलीका सन्दर्भमा अबीर लगाउँदा युवती रिसाएको सन्दर्भमा ‘होलीया मेला तं चाया ला ल्यासे’ (होलीको मेलामा रिसायौ कि ?) भनेर फकाउने पनि गरिन्छ। यसरी नै महिलाले पनि आफ्नै तर्फबाट गाएको पाइन्छ। महिलाले प्रायः गरी आफूलाईं अबीर नहालिदिन अनुरोध गरेका हुन्छन्।
बाँसुरीको सुमधुर धुनसँगै गाइने होली गीतका लागि अन्य वाद्यवादनको पनि प्रयोग हुन्छ। नृत्य पनि शालीन हुन्छ। नाच्दा बाटो बीच बीचमा रोकिँदै बिस्तारै अगाडि बढिन्छ।
अन्यत्रको भन्दा नेवार समाजमा गाइने होली गीत त्यति उच्छृंखल पाइँदैन। तर, केही पुुरुषहरू बाटोमा आई होली खेल्ने र झ्यालमा बसी हेरिरहने महिलालाई लक्षित गरी ‘झ्यालय् च्वंगु तुुकंमाः व हे ल्यासे जितः माः, व ल्यासे मदयेकं जा हे मनयाः (झ्यालमा सुकाइएको तोरीको बोट, त्यही युुवती मलाई चाहिन्छ, ती युवती नभएर भातै खाइनँ) भनेर पनि गाइदिन्छन्। यतिसम्मको अभिव्यक्तिलाई त्यति उच्छृंखल भन्न मिल्दैन।
आजभोलि होलीमा सफा वा फोहोर पानीले छ्याप्ने चलन पनि छ। तर, यो मौलिक परम्परा भने होइन। लोला हान्ने भनेर बेलुुनमा पानी भरी एक अर्कालाई हान्ने चलन विकृत रूप मात्रै हो। लोला बनाउने भनेर लाहा (झौ) लाई बिस्तारै आगोले फुक्दै भित्र खाली हुने गरी डल्लो पार्ने र त्यसभित्र अबीर तथा वासनाका लागि अत्तर राखेर बनाइन्छ। यो बनाउन अलि खर्चिलो हुन्छ।
लोला युवतीको शरीरलाई नै ताकेर हान्नु पनि विकृति हो। झ्यालमा बसिरहेका महिलालाई लोलाले हान्नुपर्यो भने झ्यालको सिरानलाई लक्ष्य बनाइन्छ र त्यहाँबाट झरेको अबीर युवतीहरूको टाउकोमा पारिन्छ।
लोला युवतीको शरीरलाई नै ताकेर हान्नु पनि विकृति हो। झ्यालमा बसिरहेका महिलालाई लोलाले हान्नुपर्यो भने झ्यालको सिरानलाई लक्ष्य बनाइन्छ र त्यहाँबाट झरेको अबीर युवतीहरूको टाउकोमा पारिन्छ।
भारत तथा नेपालकै कतिपय समाजमा होलीको अवसरमा गालीगलौज गर्ने तथा उच्छृङ्खल अभिव्यक्ति दिने चलन पनि छ। यस्तो गर्दा अनिष्ट हुँदैन भन्ने सामाजिक मान्यता पाइन्छ। जति असभ्य पाराले बोल्न तथा हाउभाउ गर्न सक्यो त्यति नै राम्रो मान्ने सामाजिक मान्यता पनि पाइन्छ।
यस्तो चलन गौतम बुद्धकै वेलामा पनि भएको र यस्तो वातावरणमा बुद्ध तथा बौद्ध भिक्षुहरू निस्कन नसकेर विहारभित्रै थुनिएर बस्ने गरेको विवरण बौद्ध साहित्यमा पाइन्छ। बौद्ध साहित्यमा ‘बाल नक्षत्र’ नाम दिइएको यसले होली पर्वलाई नै जनाउँछ। बुद्धले यसको टिप्पणी नकारात्मक रूपमा गरेका छन्। नेवार होलीमा भने त्यस्तो क्रियाकलाप नपाइए पनि प्रभावित भएको पाइन्छ।
होलीलाई यौनसँग सम्बन्धित गरेर पर्व मनाउने चलनबाट नेवार समाज अछुतो होइन रहेछ भन्ने जनाउ भक्तपुरको प्रसङ्गले पुष्टि गर्छ। भक्तपुरको दत्तात्रय मन्दिरअगाडिको एक पाटीमा लिङ्गाकारमा बनाइएको चार फीट लामो र मोटो काठ झुन्ड्याइन्छ। उक्त काठसँगै बीचमा प्वाल पारिएको रातो कपडा झुन्ड्याएर त्यसलाई हल्लाई यौन समागमको अर्थ दिइन्छ।
लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, चामासिंह हुँदै तचपालस्थिल दत्तात्रय मन्दिर वरिपरि रहेका घर, पसलपिच्छे दर्शन र पूजाका लागि घुमाइन्छ। साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ। यसरी झुन्ड्याइएको लिंगलाई स्थानीयले ढोगेर दानदक्षिणा चढाउने गर्छन्। एक सातासम्म त्यसलाई सार्वजनिक प्रदर्शनीमा राखेपछि पूर्णिमाको साँझ त्यहाँबाट झिकेर खोलामा लगी पखालिन्छ। त्यसपछि होली पर्व विधिवत् रूपमा विसर्जन हुने परम्परा छ।
भक्तपुरको दत्तात्रय मन्दिरअगाडिको एक पाटीमा लिङ्गाकारमा बनाइएको चार फीट लामो र मोटो काठ झुन्ड्याइन्छ। उक्त काठसँगै बीचमा प्वाल पारिएको रातो कपडा झुन्ड्याएर त्यसलाई हल्लाई यौन समागमको अर्थ दिइन्छ।
स्थानीयहरू लिङ्गाकारको उक्त काठलाई भीमसेनको लिङ्ग र प्वाल पारिएको रातो कपडालाई द्रौपदीको योनिका रूपमा बयान गर्छन्। स्थानीय कथनलाई स्वीकार गर्दै कतिपय संस्कृतिविद्हरू पनि यसलाई महाभारतको भीमसेन र द्रौपदीसँग सम्बिन्धत बताउँछन्। तर, यो तर्कसंगत छैन।
नेवार व्यापारीहरूमा लोकप्रिय देवता ‘भिन्द्यः’ लाई आजभोलि भीमसेनसँग सम्बन्धित गरेर बुुझ्ने र बुुझाउने गरिन्छ। महाभारतको भीमसेन लगायत कुनै पनि पात्रलाई देवताका रूपमा लिने गरिँदैन। तिनीहरू राजकुमार मात्रै हुन्। भीमसेन व्यापार व्यवसायसँग सम्बन्धित पात्र पनि होइनन्। लिङ्गाकारको काठलाई ‘भिन्द्यः’ को मन्दिरमा राखेकै भरमा भीमसेनको लिङ्ग बुुझ्नु र द्रौपदीको प्रतीक राखेर दुुईबीच यौन समागमको कल्पना गर्नु सांस्कृतिक विचलन हो।
काठमाडौंको वसन्तपुरमा गद्दी बैठकअगाडि गाडिने तीन छत्रे चीर आजभोलि सांस्कृतिक समन्वयको प्रतीक बन्न पुगेको छ। काठमाडौंमा बसोबास गर्ने मारवाडी समाजले केही दशकयता यो चीरलाई आफ्नो संस्कृतिमा आत्मसात् गरेकाे छ। पूर्णिमाका दिन मारवाडी समुदायका सदस्य बिहानैदेखि वसन्तपुर पुुगेर पूूजामा सरिक हुन्छन्। बेलुुका स्थानीय नेवार युवाहरूले विधिवत् चीर ढालेर टुँडिखेलमा लगी जलाउने गर्दथे। हाल यसलाई मारवाडी समुुदायले आफ्नो जिम्मामा लिई आफ्नै परम्परा अनुसार जलाउन थालेकाे छ।
काठमाडौंमा आजभोलि विभिन्न जातीय समुदाय तथा सांस्कृतिक पृष्ठभूमिको घुलन भएकाे छ। होलीका कतिपय पक्ष पछि मात्रै भित्रिए पनि नेवार समाजमा अभिन्न रूपमा देख्न पाइन्छ। तर, मौलिक होली काठमाडौंको पहिचान हो।