एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
सत्ताधारी नेकपा (एमाले) को वर्तमान अवस्था भारतका ख्यातिप्राप्त गीतकार गुलजारले अभिनेत्री 'पत्नी' राखीबारे गरेको टिप्पणीसँग मेल खान्छ। राखीसँगको सम्बन्धबारेको प्रश्नमा गुलजारले भनेका छन्, 'वी लिभ टुगेदर सेपरेट्ली' (हामी दुई सँगसँगै अलग बस्छौं)।
एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व महासचिव माधवकुमार नेपालबीचको सम्बन्ध गुलजार र राखीको 'एकसाथ अलग बसाइ' जस्तै छ। यद्यपि गुलजार र राखीको अलग बसाइ भौतिक देखिन्छ, आत्मिक रूपमा अलग हैन। किनकि, अलग रहँदा-रहँदै पनि उनीहरू परस्परको निजी जीवनमा हस्तक्षेप गर्दैनन्, एक-अर्काप्रति सम्मान भाव राख्छन्।
यता ओली र नेपालको राजनीतिक सम्बन्ध हेर्दा, यी दुई संगत र सहकार्यको सर्वाधिक तिक्ततापूर्ण मोडमा आइपुगेका छन्। सहयात्रा र उमेरका हिसाबले यी दुई अहिले नयाँ पिंढीलाई नेतृत्व हस्तान्तरण गर्दै मन माझामाझ गरेर पार्टीको संरक्षक वा अभिभावकीय भूमिकामा रहनुपर्ने हो। तर, यी दुई यस्तो 'पिरती' बिसाउने ठाउँको सम्मुख छन्, जस उप्रान्त यी दुई न हाँस्ने न त रुनै सक्ने अवस्थामा पुग्नेछन्।
ओली र नेपालको 'पिरती' मेला वा पर्ममा भेटिएका अल्लारे युवक-युवतीको जस्तो निमेषभरको होइन। गत ७ चैतमा आफू समर्थित युवा संघको राष्ट्रिय भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँग माया–पिरती ४८/४९ वर्ष लामो भएको बताउँदै त्यो (माया-पिरती) एकै रातमा नसिद्धिने बताएका थिए। तर, दुईबीचको त्यो 'पिरती' अन्त्यको व्यग्रता नेपालभन्दा पनि ओलीमा ज्यादा देखिन्छ।
ओली र नेपालको 'पिरती' मेला वा पर्ममा भेटिएका अल्लारे युवक-युवतीको जस्तो निमेषभरको होइन। गत ७ चैतमा आफू समर्थित युवा संघको राष्ट्रिय भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँग माया–पिरती ४८/४९ वर्ष लामो भएको बताउँदै त्यो (माया-पिरती) एकै रातमा नसिद्धिने बताएका थिए।
तर, दुईबीचको त्यो 'पिरती' अन्त्यको व्यग्रता नेपालभन्दा पनि ओलीमा ज्यादा देखिन्छ। त्यसैले ओली 'पिरती' सँग जोडिने सबै धमनीहरू एकपछि अर्को काट्न उद्यत देखिन्छन्। यसको पहिलो कडी ओलीले गत २८ फागुनमा आफू निकट केन्द्रीय कमिटी सदस्यहरू डाकेर गरेको निर्णय हो, जसमा नेता नेपाल र उनी निकट सबैको पार्टीका विभाग प्रमुख तथा प्रदेश इन्चार्जको जिम्मेवारी खोसिएको छ।
ओलीको एकाधिकारवादी रबैयाको प्रतिक्रिया नेपाल र खनाल (पूर्व अध्यक्ष झलनाथ खनाल) पक्षले 'इँटको जवाफ पत्थरबाट' भने जसरी दिइसकेको छ। नेपाल-खनालले आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेला बोलाएर ओलीसँग नझुक्ने बरू पार्टीमा अन्तरसंघर्ष जारी राख्दै स्थानीय कमिटीसम्म समानान्तर सांगठनिक गतिविधि गर्ने लाइन लिएको छ। त्यस भेलायता नेपाल-खनाल पक्षीय वर्गीय संगठनका भेला आयोजना हुँदै आएका छन्, जस मार्फत नेपाल-खनालले ओलीलाई हाँक दिंदै आएका छन्।
नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला र वर्गीय संगठन गठनबाट क्षुब्ध ओली नेपाल-खनाल खेमालाई नै समूल रूपमा पार्टीबाट निष्कासन गर्ने अन्तिम तयारीमा छन्। जसको औपचारिकता निम्ति उनले उक्त खेमाका चार प्रभावशाली नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ९ चैतमा स्पष्टीकरण सोधेका छन्। तीन दिने म्यादसहितको उक्त स्पष्टीकरण पत्रको लिखित जवाफ बुझाउने समयसीमा बिहीबार नै हो। उनीहरूको जवाफ कस्तो हुनेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ।
विरोधी वा विपक्षीप्रति हत्तपत्त खरो टिप्पणी नगर्ने नेपाल नेकपाको नाममाथिको दाबी सम्बन्धी गत २३ फागुनको सर्वोच्च अदालतको फैसलायता ओलीप्रति निकै आक्रामक देखिँदै आएका छन्। तत्कालीन नेकपालाई ३ जेठ २०७५ अगाडि अर्थात् एमाले र माओवादी केन्द्रको स्थितिमा पुर्याएपछि अब नेता नेपाल चेपुवामा परे वा निरीह भए भन्ने जस्ता टिप्पणीको कसिलो जवाफका लागि पनि नेपाल आफू डगमगिएको महसूस गराउन चाहिरहेका देखिँदैनन्।
स्पष्टीकरण मागेयता नेपाल-खनाल पक्षका नेता र त्यसमा पनि स्पष्टीकरण मागिएका व्यक्तिहरूबाट सार्वजनिक रूपमा जस्तो अभिव्यक्ति प्रकट भएका छन्, त्यसबाट एमाले एउटा ठूलो दुर्घटनाको ज्यादै नजिक देखिन्छ। जसको पछिल्लो कडी चाहिँ गत १० चैतको नेपाल-खनाल पक्षीय समानान्तर अनेरास्ववियू गठनमा पूर्वमहासचिव नेपाल र अर्का नेता रावलको ओलीप्रतिको कडा टिप्पणी हो। कार्यक्रममा नेपालले एमाले आफूहरूले नछाड्ने, बरू ओलीले नै छाडेर गए हुने भन्दै पार्टीबाट निकाल्न ठाडो चुनौती दिए। नेपालले ललकार्दै भनेका थिए, 'कस्ता-कस्ता कहाँ आए, केपी ओली मेरा सामुन्नेमा। त्यस हुनाले केपी ओलीसँग लड्न कुनै ठूलो गाह्रो कुरा होइन। यिनका दुई दिनका चुरीफुरीहरू प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्मको मात्र हो। कुर्सीबाट जब यिनी सडकमा उत्रनेछन्, केपी ओली प्रवृत्तिको हावा खुस्किनेछ।'
विरोधी वा विपक्षीप्रति हत्तपत्त खरो टिप्पणी नगर्ने नेपाल नेकपाको नाममाथिको दाबी सम्बन्धी गत २३ फागुनको सर्वोच्च अदालतको फैसलायता ओलीप्रति निकै आक्रामक देखिंदै आएका छन्। तत्कालीन नेकपालाई ३ जेठ २०७५ अगाडि अर्थात् एमाले र माओवादी केन्द्रको स्थितिमा पुर्याएपछि अब नेता नेपाल चेपुवामा परे वा निरीह भए भन्ने जस्ता टिप्पणीको कसिलो जवाफका लागि पनि नेपाल आफू डगमगिएको महसूस गराउन चाहिरहेका देखिंदैनन्। त्यसैले उनी र उनको 'कोर' समूह ओलीसँग झुक्ने होइन, बरू परिआए टुक्रिने वा टुक्र्याउने रणनीतिमा छ।
उता २३ फागुनको सर्वोच्चको फैसलाले ओलीलाई तुलनात्मक रूपमा सहज स्थितिमा पुर्याएको छ। नेकपा रहँदा झैं नेता नेपालसँगै पुष्पकमल दाहाललाई 'झेल्नुपर्ने' बाध्यता उनलाई छैन। अबको उनको टक्कर सीधा नेपाल-खनाल खेमासँग छ। यस स्थितिलाई उनले मेलमिलापको मौकाका रूपमा लिन सक्ने थिए। तर, घटनाक्रमले त्यतातिर उनको रुचि लागेको देखाएन।
गत ५ पुसमा प्रतिनिधि सभा विघटनको सिफारिशदेखि २३ फागुनको फैसलाबीच दाहाल-नेपाल र ओलीले एक-अर्काको मानमर्दन र उछित्तो काढ्न कुनै कसर राखेका होइनन्। त्यसैले आलोचना र सत्तोसरापको सिलसिलामा को ठीक र को बेठीकको तर्क नै औचित्यहीन हो। प्रश्न चाहिँ, दुवै खेमाले आत्मालोचना गरेर एमाले एक भएर जाने वा नजाने भन्ने हो। तर, यस दिशातिर कुनै एक पक्ष रौं बराबर पनि अघि सरेको छैन। बरू यी दुई खेमाबीचको लडाइँ अहिले नीतिगतभन्दा पनि व्यक्तिवादी बन्दै गएको छ। जसले प्रकारान्तरमा एमालेलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
शासन र संस्थापनको नेतृत्व गरेका कारण पनि पार्टीलाई एकताबद्ध गर्ने बढी जिम्मेवारी ओलीको हो। त्यसै गरी नेकपा अस्तित्वमा रहँदा पुष्पकमल दाहालसँगको जुगलबन्दीबाट पार्टीमा पुगेको क्षतिको आत्मसमीक्षा नेपाल-खनाल पक्षबाट हुन सके मनोमालिन्यलाई मेलमिलापमा बदल्न सकिनेछ। तर, परिस्थिति यस विपरीत छ।
एमालेको नवौं महाधिवेशनमा नेता नेपाललाई अध्यक्षमा झिनो मतान्तरले पराजित गरेका भए पनि ओलीले त्यसयता तुलनात्मक शक्ति सञ्चय गरेको पक्कै हो। यद्यपि, त्यो शक्तिलाई सापेक्षतामा हेरिनु वस्तुगत हुनेछ। जस्तो कि, ओलीको सत्तारोहण अध्यक्ष बनेयता नै भएको हो। सत्तासीन रहँदा शक्ति बढ्नु स्वाभाविक हो। तर, नेपाल-खनाललाई पेलेरै जाने वा पार्टीबाट निष्कासन गर्न सक्ने हिम्मत ओलीको छैन। किनकि, नेपाल-खनाल खेमाको प्रभाव स्थानीय कमिटीसम्मै फैलिइसकेको छ। धेरै ठाउँमा ओली र कम ठाउँमा नेपाल-खनाल माथि हुन सक्छन्, तर नेपाल-खनाल खेमाको शक्ति र प्रभावलाई कम आँक्न सकिंदैन।
शासन र संस्थापनको नेतृत्व गरेका कारण पनि पार्टीलाई एकताबद्ध गर्ने बढी जिम्मेवारी ओलीको हो। त्यसै गरी नेकपा अस्तित्वमा रहँदा पुष्पकमल दाहालसँगको जुगलबन्दीबाट पार्टीमा पुगेको क्षतिको आत्मसमीक्षा नेपाल-खनाल पक्षबाट हुन सके मनोमालिन्यलाई मेलमिलापमा बदल्न सकिनेछ। तर, परिस्थिति यस विपरीत छ। अहिले एमालेभित्रको अवस्था दुई वटा हान्ने गोरु विपरीत दिशाबाट आक्रमण निम्ति तीव्र गतिमा बढिरहे झैं देखिन्छ। जसको परिणाम जगजाहेर छ।