अर्घाखाँची सिमेन्टद्वारा निर्माणविज्ञ र व्यवसायीसँग छलफल
अर्घाखाँची सिमेन्ट प्रालिले काठमाडौंको कपनस्थित फैकामा निर्माणविज्ञ तथा व्यवसायीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
स्थानीय स्तरमा घर तथा आवासको निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीसँगको सम्बन्धलाई मजबूत बनाउने उद्देश्य कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा ८० जना निर्माणविज्ञ तथा व्यवसायीको सहभागिता थियो।
कार्यक्रममा बोल्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टीलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई मजबूत बनाउन निर्माण क्षेत्रको उल्लेखनीय भूमिका हुने बताए। “मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको चयनमा निर्माण व्यवसायीहरूले ध्यान दिन आवश्यक छ,” बरालले भने।
आधिकारिक विक्रेताहरूको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का सञ्चालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखाँची सिमेन्टको बिक्री वितरण गर्दै आएको र अहिलेसम्म उपभोक्ताबाट कुनै गुनासो नआएको बताए।
कम्पनीले कार्यक्रममा लक्की ड्रमार्फत तीन जना भाग्यशाली निर्माण व्यवसायीलाई आकर्षक उपहार पनि वितरण गरेको छ।
यसअघि अर्घाखाँची सिमेन्टले काठमाडाैंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि कार्यक्रम गरेको थियो।