सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित ब्यांकिङ सेवा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ।
ब्यांकले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको हो। यसको सोलुदूधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राईले उद्घाटन गरेकी छिन्।
शाखारहित ब्यांकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सकिने ब्यांकका प्रतिनिधि मानकुमार श्रेष्ठले बताए।
यस शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा आएसँगै ब्यांकको शाखारहित ब्यांकिङ सेवा संख्या २५६ पुगेको छ। ग्लोबल आइएमई ब्यांकका मुलुकभर २७० शाखा, २४२ एटीएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।