वसन्तपुरमा चीर ठड्याएर होलीको शुरूआत (तस्वीरहरू)
काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरूआत गरिएको छ।
फागुपूर्णिमाको एक साताअघि अर्थात अष्टमीका दिन चीरोत्थान गरिन्छ। विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरूआत भएको मानिन्छ।
आइतबार स्थानीय बासिन्दाले विधिपूर्वक वसन्तपुरमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन्। वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व मनाउन थालिएको छ।
आज ठड्याएको चीरलाई फागुपूर्णिमाका दिन विसर्जन गरेर होली पर्वको समापन गरिनेछ।