अभिकर्तालाई नेपाल लाइफको सम्मान
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्तालाई सम्मान गरेको छ।
कम्पनीले काठमाडौंको हायात होटलमा आयोजित एक समारोहबीच विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था मिलिअन डलर राउन्ट टेबुल (एमडीआरटी) २०२१ मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना ‘कोर्ट अफ द टेबल (सीओटी) र ९ जना ‘टप अफ द टेबल (टीओटी) गरी २६७ जना अभिकर्ता एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएका हुन्।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले स्वागत मन्तव्य राख्दै एमडीआरटी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा कम्पनीका तर्फबाट अभिकर्ताहरूले सहभागिता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगत्मा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए।
त्यस्तै, कम्पनीका उपमहाप्रबन्धक उमापति पोखरेलले एमडीआरटीमा सहभागिता जनाउने अभिकर्तालाई बधाई दिए। कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद दिए।
पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरूलाई उत्साह र सम्मानको खाँचो महसूस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरूमाझ जोस र जाँगरको ऊर्जा भरी कम्पनीको उचाइ बढाउने विश्वास व्यक्त गरे।
पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रूपमा निरन्तर देख्न चाहने अभिकर्ता एकजुट भएर काम गर्नुपर्ने बताए।
नेपाल लाइफका वरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरूको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउने विश्वास व्यक्त गरे। त्यस्तै, वरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरूको उत्साह थप्ने बताए।