घर कर्जा प्रवाह गर्न ग्लोबल आईएमई ब्यांक र बोधि होल्डिङबीच सम्झौता
सहुलियत दरमा आवासीय घर कर्जा प्रवाह गर्न ग्लोबल आइएमई ब्यांक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच समझदारी भएको छ।
समझदारीपत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार, बोधि होल्डिङले रुपन्देहीको ओमसतिया–४ मा निर्माण गर्ने आवासीय घर निर्माण परियोजना मार्फत घर–जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई ब्यांकले सहज रूपमा सहुुलियत ब्याजदरमा कर्जा प्रवाह गर्नेछ।
यसका साथै बोधि होल्डिङले निर्माण गर्ने परियोजनाको ब्यांकिङ पार्टनरका रूपमा पनि ग्लोबल आईएमई रहनेछ। ग्राहकको सुविधालाई मध्यनजर गरी यो योजना ल्याएको ब्यांकले जनाएको छ।
ग्लोबल आइएमई ब्यांकले सबै क्षेत्र र वर्गसम्म ब्यांकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित ब्यांकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करीब ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।