बर्माको सैन्य दमनविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
बर्मामा शान्तिपूर्ण प्रदर्शनमाथि भइरहेको सैन्य दमनविरुद्ध सोमबार काठमाडौंमा अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्।
मानवअधिकार तथा शान्ति समाजको अगुवाइमा काठमाडौंस्थित म्यानमार राजदूतावास अगाडि प्रदर्शन गरिएको हो। बर्मामा सेनाले गरिरहेको नागरिकको हत्याको विरोधमा प्रदर्शन गरिएको शान्ति समाजका महासचिव रामकृष्ण बरालले बताए।
१९ माघमा सेनाले सत्ता हातमा लिएयता बर्मामा प्रदर्शन भइरहेको छ। आइतबारको प्रदर्शनमा मात्रै सुरक्षाकर्मीको गोली लागेर ३८ जनाको मृत्यु भएको छ।