एनसेलको सहकार्यमा धुलिखेल अस्पतालमा टेलिमेडिसिन कार्यक्रम सञ्चालन
एनसेल आजियाटासँगको सहकार्यमा धुलिखेल अस्पतालमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सञ्चालन भएको छ।
एक कार्यक्रमबीच एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले अस्पताल अन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन्। एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।
कार्यक्रममा चोङ र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश मकाजूले एनसेल-धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन पनि गरेका छन्।