भीमसेनगोलामा हेल्थ पोलिक्लिनिक सञ्चालनमा
काठमाडौंको बानेश्वरस्थित भीमसेनगोलामा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा आएको छ। सौन्दर्य उपचारमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त युवाको समूहले पोलिक्लिनिक सञ्चालनमा ल्याएकाे हाे।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पाेलिक्लिनिककाे उद्घाटन गरेकी छिन्। कस्मेटिक सर्जरीलाई प्राथमिकता राखेर सेवा दिने पाेलिक्लिनिकले जनाएकाे छ।
पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको सञ्चालक डा. विजय भट्टराईले बताए। उनका अनुसार केन्द्रमा जोकसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्नेछन्।
नेपालमा सौन्दर्य उपचारको उच्च माग रहेकाले त्यसलाई परिपूर्ति गर्ने उद्देश्यका साथ पोलिक्लिनिक सञ्चालनमा ल्याइएको भट्टराईले बताए। सौन्दर्य उपचारअन्तर्गत हेयर ट्रान्सप्लान्ट एन्ड रेस्टाेरेसन, लेजर्स एन्ड एस्थेटिक, न्युट्रिसन एन्ड एड्भान्स स्लिमिङ र फेसियल प्लास्टिक सर्जरी एन्ड कस्मेटिक सर्जरी लगायतका सेवाहरू दिने बताइएकाे छ।
त्यस्तै स्वास्थ्य उपचार अन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडिक अन्तर्गतका सेवासमेत दिने पाेलिक्लिनिकले जनाएकाे छ।