सर्वाेच्चकाे फैसला : नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेललाई (पूर्णपाठसहित)
नेपाल कम्युनिष्ट पार्टीको नामलाई लिएर भएको विवादमा ऋषि कट्टेलले मुद्दा जितेका छन्।
उनी अध्यक्ष भएको पार्टीका रूपमा निर्वाचन आयोगमा पहिले नै नेकपा दर्ता भएकोमा आयोगले उक्त नाम एमाले र माओवादी एकीकरणपछि बनेको पार्टीलाई दिएपछि कट्टेल सर्वोच्च अदालत गएका थिए।
आज न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम कट्टेलले पाउने फैसला गरेको हो। यससँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नाम खारेज भएको छ।
सत्तारुढ दलभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदाललते उक्त पार्टीको नाम नै खारेज हुने फैसला गरिदिएको हो।
हेर्नुहाेस् पूर्णपाठ :