सुन्दरीजलमा खसालियो मेलम्चीको पानी (तस्वीरहरू)
निर्माण शुरू भएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकको मेलम्चीको पानी सुरुङबाट काठमाडौंको सुन्दरीजलमा खसालिएको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री मणि थापाले सुरुङ ढोका खोल्दै मेलम्चीको पानी सुन्दरीजलमा खसालेका हुन्। परीक्षणका लागि १० फागुनमा मेलम्चीको पानी सुरुङमा पठाइएको थियो।
मेलम्चीबाट पठाएको पानी २६ किलोमिटर लामो सुरुङ पार गरेर १३ दिनमा सुन्दरीजल पुगेको हो।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५१ को निर्वाचनको प्रचारका क्रममा मेलम्चीबाट पानी ल्याउने आश्वासन दिएसँगै यसको चर्चा शुरू भएको थियो। तर, यसको निर्माण भने २०५८ देखि मात्रै शुरू भएको हो।