जगदम्बाको बलियो निर्माणसम्बन्धी अन्तरक्रिया
जगदम्बाले निर्माणक्षेत्रका विज्ञहरूसँग बलियो पूर्वाधार निर्माणसम्बन्धी अन्तरक्रिया गरेको छ।
जगदम्बाले सम्बन्धित क्षेत्रका विज्ञसँग १७ फागुनमा सिन्धुपाल्चाेककाे मेलम्चीमा अन्तरक्रिया गरेको हाे। अन्तरक्रियामा निर्माणकर्मी, इन्जिनीयरकाे सहभागिता थियाे।
कार्यक्रममा जगदम्बा सिमेन्टका बिक्री प्रबन्धक नवराज भुर्तेलले पूर्वाधारका संरचनाहरू भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको प्रयोगमा गर्नुपर्नेमा जोड दिए। उनले दक्ष जनशक्तिबाट निर्माण गर्ने संरचना भरपर्दो र बलियो हुने बताए।
कार्यक्रममा मेलम्ची नगरपालिकाकाे भवन शाखा प्रमुख इन्जिनीयर जीतबहादुर कार्कीले निर्माण संरचना र तिनकाे आधार बलियो बनाउनुपर्ने विषय प्राथमिकतामा राख्नुपर्ने बताए।