सभामुख र सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप (तस्वीरहरू)
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। बुधबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले खोप लगाएका हुन्।
नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नेकपा नेता देव गुरुङ, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले खोप लगाएका थिए।