घस्रिँदै हनुमानघाट पुगे माधवनारायणका व्रतालु (तस्वीहरू)
एक महीने स्वस्थानी व्रत समापनकाे अवसरमा स्नान गर्न माधवनारायणका व्रतालु घस्रिँदै भक्तपुरकाे हनुमानघाट पुगेका छन्।
पुस शुक्ल पूर्णिमामा शुरू भएकाे हिन्दू धर्मावलम्बीको एक महीने स्वस्थानी व्रत आज सम्पन्न हुँदै छ। व्रत समापनको अवसरमा शनिबार बिहानैदेखि भक्तपुरको हनुमानघाटमा माधवनारायणका व्रतालु स्नान गर्न पुगेका छन्।
कतिपय माधवनारायणका व्रतालु घस्रिँदै हनुमानघाट पुगेका छन्। हनुमानघाटमा बिहानैदेखि भीड लागेको छ।