खाेकनामा छपक्कै तोरीबारी (तस्वीरहरू)
हिउँदे याममा प्रायः गाउँहरू सुख्खा र उजाड देखिने भए पनि ललितपुरको दक्षिणी गाउँ खोकना भने पहेँलपुर बनेको छ, तोरी फुलेर।
तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ। खोकना तोरीको तेलका लागि प्रख्यात छ। यहाँ स्थानीय कोलबाटै तोरीको तेल निकालिन्छ। तोरीकै तेल बेचेर उनीहरू दैनिकी चलाउने गरेका छन्।
यो वर्ष भने तोरीको उत्पादन कम रहेको किसान बताउँछन्।