अम्बर गुरुङ : एक स्वादिलो बहाव
अम्बर भन्थ्यो, उसलाई हर्ट-एटेक भएपछि घाँटी खुलेको त्यो प्रथम दिन थियो। र, दम कमजोर नै थिए ! ऊ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो। तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्शाउन।
‘‘म अम्बर हुँ तिमी धरती, लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला।"
एकचोटि यो गीत मेरो कानमा परेको थियो- कैय्यन् वर्षअघि। र, अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना, सङ्गीत र गायन कौशलले मलाई जकडिहाले। मेरो आँखामा आकाश र धरतीको मिलनभूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो, जसमा सूर्य डुब्दै थियो- यो सिद्ध गर्न मानौं त्यो मिलनरेखा एक महाशून्य हो।
अम्बरको फ्यान म त्यसरी बनेँ।
पछि, भूपी शेरचनका माध्यमद्वारा ऊसँग मेरो परिचय भयो। भूपीले एक दिन एक नयाँ गीत सुनायो, जो उसको रचना थियो, अम्बरको सङ्गीत थियो र थियो अरुणाको स्वर...
“किन ... ... मेरो”
“किन ... ... अन्त"
“वसन्त !"
वाल्जमा बाँधिएको धुनले गीतलाई राम्रो मोड दिएका थिए। म मुग्ध भएँ। मेरो आँखामा झरेका, सुकेका पातहरू हावामा गोलो फन्को मारी वाल्जको लामो फन्को मारिरहेका देखिए।
“यो मान्छे कस्तो छ” भनी मैले सोधेको थिएँ, भावावेशमा। सोझो र स्पष्ट प्रश्नको उत्तर दिन साह्रै गाहारो हुन्छ, जोसुकैलाई पनि, भूपी जस्तो ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि। एकछिन ऊ अलमलियो अनि भन्यो- “ऊ मान्छे शायद होइन, ऊ मित्र हो; र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो, र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि ऊ गायक होइन उसका लागि ऊ जन्मेको पनि छैन।”
भूपी जिन्दावाद ! अम्बरको यति छरितो शब्द-रेखा यसभन्दा मीठो बन्न सक्दैन।
यो कुरा आज वर्षौँपछि म अनुभव गरिरहेछु, उसँग अनेक आत्मीयताको सागर पार गरेपछि।
त्यसबेला म भूपीको व्याख्याको मर्ममा अलमलिरहेँ। उसले मेरो अतृप्त जिज्ञासा पैलायो शायद, भनेको थियो, अम्बर काठमाडौँ आउँदा भेटाइदिउँला।
अम्बर काठमाडौँ आउनुअघि अनेक घटना भए। अगम गिरीको नौलाख तारा उदायो। यसले उसलाई अधिराज्यमा जनप्रियता ल्यायो। र, गीत गल्लीगल्लीमा अनेक स्वर अनेक धुनमा गाइयो। उसले अरू पनि अनेक रचना गर्यो, ऊ झन् प्रिय बन्यो।
अनि ऊ काठमाडौं आयो। अम्बरको व्यस्ततालाई निचोर-नाचार पारेर पनि भूपीले २ घण्टा उसलाई मेरो घरमा ल्याइहाल्यो।
उसको अनुहार अनि देखेँ।
अम्बर काठमाडौँ आउनुअघि अनेक घटना भए। अगम गिरीको नौलाख तारा उदायो। यसले उसलाई अधिराज्यमा जनप्रियता ल्यायो। र, गीत गल्लीगल्लीमा अनेक स्वर अनेक धुनमा गाइयो। उसले अरू पनि अनेक रचना गर्यो, ऊ झन् प्रिय बन्यो।
पक्का गुरुङ अनुहार छ। गोर्खा आर्मीमा गएर यूनिफर्म लाएमा हलमा मिल्ला जस्तै। भूपी जस्तै पुड्को, उस्तै ठूलो टाउको, उस्तै हँसिलो। जिउ भने स्यानो, अनुहार भने गहकिलो। बोल्दा उसको स्वरमा जुन नरमपना छ, गाउँदा त्यसमा त्यत्तिकै ठोसपना।
गीत उसले त्यहाँ गाएन, त्यसकारण म स्वरजत्तिकै प्रभावित अनुहारबाट भइनँ। ऊ गइहाल्यो।
शायद अब बाटोमा देख्यो भने उसले चिन्ला नचिन्ला। को जानोस् !
अनि म दार्जीलिङ गएँ। त्यहाँ धेरै परिचित छन्- सबकहाँ आफ्नो आगमनको सूचना स्वरूप भेट गर्न गएँ। उसकहाँ पनि गएँ। ऊ कतै टूरमा गएको रहेछ। खबर छाडी राखेँ।
एक या दुई दिन त्यसै भेटघाट चिनापर्चीमा बित्छ- तर अम्बर छैन। अकस्मात् एक साँझ ग्लेनरीमा ऊ आइपुग्छ मलाई खोज्दै। इवास्स मैले पो चिन्न सकिनँ, ऊ मलाई ठम्याइहाल्छ। अनि त्यही साँझ प्रोग्राम बन्छ। उसलाई अनुमतिविना जनसमक्ष गाउन मनाही छ। हामी अगमको आयोजनामा ५/६ जना जम्छौं। झ्याल-ढोका लाएर ऊ उदांगिन्छ, स्वरमा सरस, अर्थात् रसयुक्त बैठकमा हामी मग्न हुन्छौं। त्यहाँ पहिलो पटक 'पहाड सुक्यो जस्तो लाग्छ' ले मलाई छोप्छ। त्यसबेला यो उसले भर्खर रचेको मात्र थियो।
अनि हाम्रो ३/४ दिन साथ बित्छ। परिचय भने गाढा हुन्छ तर मित्रतामा परिणत हुँदैन। भूपीको भाषामा भन्ने हो भने, गायकबाट बढी ऊ मेरा दृष्टिमा कलाकार बनिसक्यो- अझ नाघिसक्यो तर मित्र भने बनेको छैन… उसका सम्बन्धमा जान्न म इच्छुक छु अब। धेरै स्रोतबाट अनेक कुराको जानकारी हुन्छ। उसको आर्थिक अवस्थादेखि लिएर उसका रोमान्सहरू, उसका सफलतादेखि लिएर उसका बन्धनहरू। अनि उसका लेखक दृष्टिमा पर्छन्। एक स्वादिलो बहाव छ, एक स्पष्टता छ, अनावश्यकता छैन। मन पर्छ तर मन मात्रै पराउँछु, अभिव्यक्त गर्ने साधन छैन मेरो। मसँग उसको पत्रव्यवहार आरम्भ भएको छैन। हाम्रो दुवैको प्रकाशित लेखद्वारा हामी दुवै एक-अर्कालाई सम्झन्छौँ, त्यत्ति मात्र हो। मानौँ हामी दुवै अव्यक्त प्रेमलाई चन्द्रमा ताकेर चिसाइरहेछौँ। मुगल-कालीन प्रेमको पराकाष्ठा जस्तो।
कति वर्ष बित्छ थाहा छैन...
उसको काठमाडौँ आउने चर्चा चल्छ। 'रूपरेखा'का सम्पादक उत्तम (कुँवर) बाट म यो समाचार सुन्छु। यो पनि सुन्छु, अम्बर आफ्नो वर्तमान सरकारी सेवाबाट अवकाश लिँदैछ। र, शायद काठमाडौँमा केही काल विश्राम गरोस्। उसका लागि म आफ्नो घर अर्पण गर्दछु, जति बसे पनि। म मान्छे मतलबी छु, ऊसँगको सहवासद्वारा उसको आत्मीयता अपनाउने मेरो लोभ छ। उत्तमले मेरो निमन्त्रणा पठाउँछ।
काठमाडौँका कार्यक्रमबीच सरकारी पाहुनाको रूपमा ऊ होटलमा बस्छ।
अनि आउँछ ऊ घरमा, आतिथ्यको समाप्तिपछि।
तिनताक म, फेरि, आफ्नो जीवनको एक अनौठो र अप्रत्याशित मोडमा छु। साहित्यको भूत टाउकोमा चढेको छ। उपन्यास थालेको छु, प्राचीन पाश्चात्य साहित्यको अनुवाद थालेको छु। दुईको बीचमा कथा, कहानी, निबन्ध लेख्छु, सुस्ताउन। दिनभरि घरमा बस्छु, कतै जान्नँ। र, मलाई मान्छे मन पर्दैन, मन पर्छ एकान्त। यस्तो अवस्थामा ऊ घरमा आइपुग्छ।
दिनभर ऊ अरुका लागि, रात मेरो लागि। हामी गिलास समातेर बस्छौं, साहित्यको चर्चा गर्छौं, वा ऊ सङ्गीतको चर्चा गर्छ, वा ऊ गीत गाउँछ; वा हामी रेकर्ड सुन्छौं। बिथोविनका सोनाटाहरू, सिम्फोनीहरू, डाइलन टमसका कविताहरू, मेरियन मूरका कविताहरू। हामी सुन्छौँ र एक संसारको सिर्जना गर्दै जान्छौँ।
तिनताक एकदिन म भन्छु- अम्बर, नेपालीमा मेजर वर्क किन नगर्ने ? उसका पनि त्यता मन गइसकेको रहेछ। ऊ सहमत हुन्छ। कान्टेटा तथा सिम्फिनीको सिर्जना सम्बन्धी चर्चामा एक रात २ बजेको हामी पत्तै पाउँदैनौं। अन्त्यमा हामी तीन विषयवस्तु छान्छौं- देवकोटा, हिमाल तथा कान्टेटामा रक्स्यापन।
ऊ भन्छ– तीनै वटा तपाईं लेख्नुस्, म सङ्गीत दिन्छु।
म स्वागत गर्छु।
भोलिपल्ट बिहान रक्स्यापनमाथि मेरो योजना तयार हुन्छ। चार प्रमुख विभाजन म गर्छु।
१. खानुअघि।
२. खाऊँ कि ?
३. खाएको।
४. लागेको।
यसलाई पनि प्रत्येक विभाजनलाई ४ अंशमा छुट्याउँछु। भोलिपल्ट बिहान हामी यसउपर फेरि चर्चा गछौँ।
तिनताक एकदिन म भन्छु- अम्बर, नेपालीमा मेजर वर्क किन नगर्ने ? उसका पनि त्यता मन गइसकेको रहेछ। ऊ सहमत हुन्छ। कान्टेटा तथा सिम्फिनीको सिर्जना सम्बन्धी चर्चामा एक रात २ बजेको हामी पत्तै पाउँदैनौं। अन्त्यमा हामी तीन विषयवस्तु छान्छौं- देवकोटा, हिमाल तथा कान्टेटामा रक्स्यापन।
हामी भावावेशमा बस्छौं, आत्मीयतामा डुब्छौं। तापनि मित्रता अपनाउन असमर्थ हुन्छौँ। शायद, अम्बर मलाई कसीमा घोटिरहेछ, म अम्बरलाई कसीमा घोटिरहेछु। हामी दुवैलाई थाहा छ, प्रत्येक मान्छेको एक वा अनेक मुकुण्डो हुन्छ। हामी दुवै मुकुण्डोभित्रको अनुहार जाँच्ने प्रयत्नमा छौँ। ऊभन्दा बढी शायद म, कारण म अगुल्टोले पोलेको बिरालो हुँ।
अन्तिम रात हामी बढी भावावेशमा हुन्छौँ। म अम्बरलाई टेप गर्न तयार छु। ऊ पनि आफ्नो शक्तिको चरम सीमामा छ। भन्छ, जे भन्नुस् म गाउँछु।
काठमाडौँको बत्ती साह्रै टेम्परामेन्टल छ। कुठाउँमा मूड पकडिदिन्छ। पछि टेप यसो सुन्यो, अम्बर पो मात्तिएको भान हुने। ८/१० गीत सकस्तसँग भर्यौं, अनि टेप बन्द गरेर कान खोल्यौँ। एक प्रकारले त्यो रात जीवनमा अविस्मरणीय रहनेछ (एक प्रकारले भन्नुको अर्थ हो, पछि अर्को रात पनि आयो)।
प्रायश: गायकको कमजोरी हुन्छ, स्केलको। अम्बर त्यो रात स्केलको परिधिभन्दा बाहिर थियो। जीवनमा त्यस्तो निर्बन्ध गायक देखेको, वा सुनेको, मेरा पहिलो अनुभव थियो।
प्रतिभा त्यहाँनिर झल्क्यो।
म मित्रताको छेउछाउतिर पुगें...
अनि ऊ जान्छ, फर्कन्छ कालिम्पोङ।
यसपछि हामी प्रेम-पत्र प्रारम्भ गछौँ।
ऊ काठमाडौँ आवासको लागि धन्यवाद ज्ञापन गरेर मलाई लेख्छ। म सहवासको लागि धन्यवाद पठाउँछु।
तर...
अब बेला आयो उसको अलिकति मूल्याङ्कन गर्ने। अम्बर असलमा हो के ? पख, अझै बेला भएको छैन। अझै बुझूँ अम्बरलाई।
उसको काठमाडौँ आवासमा मैले उसलाई दुई नवीन गीत दिएँ।
उसले मन परायो, लिएर गयो, सङ्गीतबद्ध गर्न।
पछि एक गीत अर्को पठाएँ।
त्यो झन् मन परायो।
आफ्नो रचना कसैले मन पराइदियो भने रचनाकार खुट्टा चुमौंला जस्तो गर्छ। उसमाथि अम्बर जस्तोले रचना सुनेर आँखा डबडबाइदिँदा, म के गरूँ हँ ? उसको म्वाइँ खाएँ।
मित्रताको पहिलो खुड्किलो थियो त्यो।
(कत्ति मतलबी म हँ ?)
०००० ०००० ००००
यसपछि काम विशेषले मलाई भारत जानुपर्यो। कलकत्ताबाट मैले उसलाई तार गरेँ, कस्तो छ तिम्रो मूड र फुर्सत भनेर। उसले जवाफ दियो- कालिम्पोङ सिन्डिकेटमा स्वागत गर्छु।
प्रतिष्ठाको कत्ति भोको म रहेछु भन्ने त्यहाँ चाल पाएँ। सिन्डिकेटको अर्थ मैले ठूलो समारोह तथा स्वागतको अर्थ ठूलो माला गुनेँ।
असजिलो रूपमा त्यस भीषण अवस्थाको सामना गर्न म कालिम्पोङ ओर्लें।
… (जसलाई यी शब्दहरूको वास्तविक अर्थ थाहा छ, यो ठट्टा उनैमा समर्पित !)…
कालिम्पोङको सिन्डिकेट। ६:३० बजे पुग्छु। कालिम्पोङ म झन्डै १४ वर्षपछि गइरहेछु। कता-कता एक दुई मोड चिनेको जस्तो लाग्छ। अन्यथा नौलो छु। म आएकै प्लेनमा दिलीपकुमार पनि थियो। त्यसकारण वैगन-ड्राइभर तथा अन्य यात्रीको चर्चाको विषय झन्डै बाटोभरि त्यही नै रह्यो। बीचमा डाइभरसँग आत्मीयता बढाएर मैले एक वचन लिएँ- केही गरी मोटरस्ट्याण्डमा लिन कोही आएनछ भने उसले मलाई पुऱ्याइदिनेछ अम्बरको घरसम्म। ऊ मन्जुर भयो।
तर अम्बर तथा श्रीमती गुरुङ पर्खिरहेछन् त्यस जाडोमा।
घर पुगेँ। तोङवाले न्यानो स्वागत गर्यो। कुमार भाइ (इन्द्रकुमार गजमेर) पनि आइपुगे। अनि हाम्रो लामो सेसन चल्यो।
अम्बर भन्थ्यो, उसलाई हर्ट-एटेक भएपछि घाँटी खुलेको त्यो प्रथम दिन थियो। र, दम कमजोर नै थिए ! ऊ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो। तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्शाउन।
अम्बर सबभन्दा बढी सङ्गीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कवि र त्यसपछि गायक उसका रचनामा पनि यही मर्यादा-क्रम हुन्छ। त्यसैले मूढ चाहिँ ऊ पकडिहाल्छ, तर कहीँ-कहीँ सरलताले उसलाई परित्याग गर्छन्। एक दृष्टिले हेर्ने हो भने नेपाली सङ्गीतमा मूढसिर्जन गर्ने देन दार्जीलिङ तथा कालिम्पोङकै बढी छ। काठमाडौँमा नातिकाजी र अन्य झल्याक्क-झलक्क देखा पर्ने एक-दुई व्यक्ति व्यक्ति बाहेक हामो सङ्गीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे।
त्यस रात उसले मैले रचेको एक गीत सुनायो। मैले पटक्क रुचाइनँ तथा ठाडै भनिहालेँ। उसले चित्त दुखायो, शायद मुखमा ठाडै सुन्ने दुस्साहस उसले अझै भोगेको थिएन (म मान्छे असलमा मूर्ख हुँ, कहिलेकाहीँ यस्तो ब्लन्ट भइदिन्छु, त्यसको पराकाष्ठा हुँदैन)। तापनि, त्यस दिन मलाई लागेको थियो, अम्बर शब्द-रचनाभन्दा बढी सङ्गीतको धुनलाई प्राथमिकता दिन्छ। धुनका सम्मानमा ऊ शब्दलाई भाँचिदिन्छ। असलमा शब्द ठोस (Solid) हुन्छन्, र सङ्गीतले तिनको व्यक्तित्व सलक्क निल्न सक्नुपर्छ- टुक्राएर होइन। टुक्राएपछि शब्द आत्माहीन हुन्छन् र सङ्गीत विधवा बन्छे। गीतलाई एक प्रकारले हामी रसभरीसँग दाँज्न सक्छौँ। रसभरीको चोक्टा बनाएर खानु, रस चुहाउनु मिष्ठान्नसेवीको अज्ञानताको बोधक हो।
शब्दको हत्या गरेवापत म रन्थनिएँ।
अम्बरको रचनामा दोषको एक बाहुल्य यही हो। ऊ सबभन्दा बढी सङ्गीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कवि र त्यसपछि गायक उसका रचनामा पनि यही मर्यादा-क्रम हुन्छ। त्यसैले मूढ चाहिँ ऊ पकडिहाल्छ, तर कहीँ-कहीँ सरलताले उसलाई परित्याग गर्छन्। एक दष्टिले हेर्ने हो भने नेपाली सङ्गीतमा मूढसिर्जन गर्ने देन दार्जीलिङ तथा कालिम्पोङकै बढी छ। काठमाडौँमा नातिकाजी र अन्य झल्याक्क-झलक्क देखा पर्ने एक-दुई व्यक्ति व्यक्ति बाहेक हामो सङ्गीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे। मसँग चर्चा हुँदा काठमाडौँका सङ्गीत-प्रेमीहरू भन्छन् दार्जीलिङका गीतमा रवीन्द्र-सङ्गीतको प्रतिध्वनि आउँछ, खासगरी अम्बरका रचनामा। आंशिक रूपमा यो सत्य पनि हो, कारण वातावरण र शिक्षाको प्रभाव पर्यो होला उसमा प्रारम्भिक कालमा। तर, त्यो यदि भाव पकडिने शैली तिखारिने एक साधन मात्र, एक खुड्किलो मात्र भएको छ भने, त्यसले हाम्रो संगीतलाई एक अर्कै विश्व दृष्टिगोचर गर्नेछ। र, शायद त्यो प्रक्रिया प्रारम्भ पनि भइसक्यो।
फर्मेन्टेशनको त्यस कालबाट अम्बर अब पार पनि भइसक्यो... हामी दार्जीलिङमा छौं। होटलमा। दुई जना मात्र, एक प्रकारले एकान्तबास। हामीसँग आवश्यकीय बाजाहरु कोठामै छन्। कुमार भाइ आउँछ। अम्बर गाउँछ, हामी आफैंमा मस्त छौं। त्यस पटकको दार्जीलिङ यात्रामा मेरो एक अनौठो अनुभव रह्यो। अनेक मित्र छन् त्यहाँ, तर ती राजनीतिका सामु मित्रतालाई समेत नतमस्तक पारिदिन्छन्। सानो ठाउँ भएर होला, सबले सबको दैनिक गतिविधिको पूर्ण जानकारीमा चासो राख्ने गरेको। एक-अर्कोको राजनीति कठबार वारिपारि बसेर पनि जोर्नी र कापबाट चियो गर्ने गरेको। राजनीतिलाई व्यवसाय मात्र मानिदिएर मित्रता एवं साहित्यिक बन्धुत्वलाई अलग्ग राख्न मेरा साथीहरू सफल भए भने त्यो ठाउँ साह्रै रमाइलो र स्वर्ग-मय हुने थियो।
यी नै कारणले हामी कसैकहाँ भेट्न गएनौं, र सकभर कोठामा नै तीन दिन बितायौँ। र, ती तीन दिन मेरा लागि अविस्मरणीय रहनेछन्। अम्बरसँग मेरो आत्मसात् त्यहीँ भयो। एक दिन हामी रोयौं, अर्को दिन हामी नाच्यौँ।...
फायर प्लेसमा आगो बलिरहेछ। साइड-टेबिलमा रमको गिलासमा ज्वालाका प्रतिविम्ब सलबलाइरहेछन्। मधुरो उज्यालोमा हामी दुई जना आफ्ना जीवनका विगतको लेखा-जोखा गरिरहेछौँ। हामी के पो कुरा गर्दैछौं; सफलता-असफलता, प्रेम-घृणा, साहित्य-रूचि, विवाह, पत्नी, पत्र, पैसा... जति कुरा गर्यो उत्तिकै विविधता छ दुईको जीवनमा, तर पनि दृष्टिकोणमा क्या समानता ! अनुभवहरूको माध्यम, समय र स्थान अलग छन्, तथापि वेदनाको तापक्रम उही। जङ्गलको दुई किनाराबाट मानौँ भित्र पसेर, बाटो बिराई बिराई अकस्मात् भेट भएका दुई बटुवा हौं हामी। र, श्लेषमा कुरा गर्ने हो भने हाम्रो वार्ता यस प्रकारको थियो भनौं-
“अम्बर, तिमीले सिमलको बोट देख्यौ हगि, लटरम्म फूल फुलेको ?"
“देखेको छु।”
सानै हुरीमा बैंशको सपना सिमलको फूल झै झरी गयो !
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो। (भूपीको गीत)
“वाह ! मलाई आँखा तरी गयो। साँच्चि नै आँखा तरी गयो !" “सानै हुरीमा... अँ... झरी गयो... अँ आँखा तरी गयो। ठीक, ठीक, ठीक।
त, चोट उही हुनुपर्दैन, व्यक्ति उही हुनुपर्दैन; तापनि जुनसुकै ठाउँमा चोट लागे पनि बगेको रगतको रङ र दर्द र त्यसको मीठो सम्झना उही हुन्छ। कलाकारको घाउको टाटो मस्तिष्कमा हुन्छ, र चाहिएको बेला पाप्रो उप्काई त्यसको अनुभूतिबाट प्रेरणा पाउँछ।
शायद यही थियो हाम्रो मिलन-स्थल। …
त्यहाँ मैले जानेँ, ज्यादै मन मिलेपछि शर्टहैण्डमा कुरा गर्न सकिँदो रहेछ, र नयाँ अनुभवहरु अनुहार नहेरेर पनि टेलिप्याथीबाट व्यक्त गर्ने क्षमता उम्रिआउँदो रहेछ। यस परिस्थितिमा पुगेपछि जीवनको मूल्य अर्कै हुन जान्छ। यस्तो अनुभव हुन्छ- मानौं शब्द, वाक्य, भाषा, साहित्य यी सब अपूर्ण मानवका आफूलाई व्यक्त गर्ने एकक्रूड साधन हुन् (देवताहरू के आपसमा कुरा गर्दा भाषाबाट गर्दा हुन् ?) यति कम वार्ता-शब्दका माध्यमद्वारा भयो, मानौँ हामीबीच झगडा भइसक्यो।
म हिँड्दा उसले मोटरको ढोकानिर ग्वाम्म अँगालो मार्यौं, बस्। न हामीले हात मिलायौँ, न गुडविसेज छर्यौंब, न फर्किएर नै हेर्यौं, मैले कमसेकम हेरिनँ। कारण मलाई थाहा थियो ऊ कस्तो अनुहार लाएर, के सोचेर कसरी विशेष ढङ्गबाट पाइला चाल्दै थियो। अनि मलाई विश्वास छ, उसले पनि मोटरतिर फर्केर हेरेन। कारण ऊ जान्दथ्यो, म कसरी चुरोट सल्काएर, के कुरा सोचेर, विन्ड-शील्ड पारि बगिरहेको दृश्यमा चिप्लेर पनि नचिप्लने प्रयास गरिरहेको थिएँ।...
('नाइल नदीमा सीजर बिदा भइसक्यो- उसको नाउ
तरङ्गित भइसक्यो। क्लियोपेट्राले निश्चय पनि
त्यो दृश्य हेरिन- इतिहास साक्षी छ', यी त्यस बेलाका राजकविका उद्गार हुन्।)
अनि हाम्रो भेट भएको छैन...
ज्यादै मन मिलेपछि शर्टहैण्डमा कुरा गर्न सकिँदो रहेछ, र नयाँ अनुभवहरु अनुहार नहेरेर पनि टेलिप्याथीबाट व्यक्त गर्ने क्षमता उम्रिआउँदो रहेछ। यस परिस्थितिमा पुगेपछि जीवनको मूल्य अर्कै हुन जान्छ। यस्तो अनुभव हुन्छ- मानौं शब्द, वाक्य, भाषा, साहित्य यी सब अपूर्ण मानवका आफूलाई व्यक्त गर्ने एकक्रूड साधन हुन् (देवताहरू के आपसमा कुरा गर्दा भाषाबाट गर्दा हुन् ?) यति कम वार्ता-शब्दका माध्यमद्वारा भयो, मानौँ हामीबीच झगडा भइसक्यो।
एक प्रकारले आवश्यकता पनि छैन। कारण ऊ अब अग्निपरीक्षामा पसेको छ। हालसालै उसको आमाको मृत्यु भयो। र, जसले क्यान्सरको पीडाबाट आमाबाबु मरेको देखेको छ, उसलाई थाहा हुनेछ, छोरा यदि कलाकार भयो भने त्यसले के अनुभव गर्नेछ।
सूचना पाएपछि मैले उसलाई यस्तो एक चिट्ठी पठाएँ।
“प्रिय अम्बर,
यो चिट्ठी मैले अघि नै पठाउनुपर्ने हो, तथापि आज पठाइरहेछु। मलाई थाहा छ, गत महीना जुन रूपमा तिमीले बिताउनुपर्योय त्यो साह्रै कष्टप्रद थियो।
मेरो पनि पिताको मृत्यु क्यान्सरबाट भएको हो। मेरी आमालाई परित्याग गर्ने पितालाई मैले जीवनमा धेरैपछि मात्र माया गर्न थालेँ। र, साँच्चिकै माया त उनलाई क्यान्सरले छोएपछि मात्र उम्र्यो मेरो मनमा। तीन वर्ष उनलाई रोगले सतायो। र, जीवनको अन्तिम तीन महीना मैले साथ बिताएँ आफ्नै हातले ख्वाएर, सेवा सुश्रुषा गरेर। र, उनले प्राण पनि मेरै काखमा छाडे। त्यस तीन महीनामा मैले बुझेको छु, क्यान्सर कत्तिको कष्टप्रद हुँदोरहेछ। त्यसकारण, तिम्रो चिट्ठी पाएर आमाको खबर पढ्नासाथ एकक्षण भित्र मैले त्यो अनुभव फेरि दोहोऱ्याएँ। लागेको थियो, तिमीलाई सान्त्वनाका केही शब्द लेखूँ। तर लेखिनँ।
त्यसको कारण छ। जुन पिरियड तिम्रो सामु थियो, जुन वेदना, जुन कष्ट र जुन नैराश्यले तिमीलाई घेरेका थिए, तिनको अनुभव म सयकडौँ माइल टाढा बसेर पनि पाइरहेको थिएँ। र, प्रत्येक क्षण म सोचिरहेथेँ- यो तिम्रो आत्मालाई खार्ने र तिम्रो सिर्जन शक्तिलाई तिखार्ने एक अवश्यम्भावी प्रक्रिया हो। यसमा मान्छे जति एक्लिन्छ, ऊ त्यति नै क्रिएटिभ हुन्छ। तिमीले भनेको सम्झेँ फेरि, मनमा अनेक भावना आइरहेछन्, तिनलाई मूर्त रूप दिनु छ। लाग्यो मलाई, तिमी यस अग्निपरीक्षाबाट पार भएपछि, तिमीमा एक अर्कै प्रतिभा व्याप्त हुनेछ। एक परिपक्वता, एक वेदनामय सिर्जनव्यथा। यसैको सम्बल बोकी तिम्रो लामो जीवन अघि बढी नै रहनेछ। तत्कालीन व्यथा त एक गुज्रने फेज मात्र हो, यत्ति सम्झे।
पिता र माता कसैको बाँचिरहँदैनन्, न तिमी बाँच्छौ न म बाँच्छु। तर पनि, कता-कता ती सबै हामीभित्र हाम्रा सन्तानभित्र एक क्रममा बाँचिरहन्छन्, तिनको मृत्युको विभीषिकाका माध्यमद्वारा यदि हामीमा सिर्जना शक्ति बढ्छ भने, मलाई लाग्दछ हामीलाई जन्म दिएर उनीहरूले एक ठूलो उपकार गरेका छन्- आफ्नै लागि, हाम्रै लागि, राष्ट्रकै लागि।
नारायणगोपालद्वारा माताको मृत्युको समाचार हिजो बिहान मात्र पाएँ। अहिले लेखिरहँदा तिम्रो चिट्ठी पाएँ। एकफेर आऊँ कि भन्ने पनि मैले नसोचेको होइन। तर, फेरि तिमीलाई एक्लै रहन दिनु नै उचित ठानेँ।
तिमीभित्र जो अंश आमाको छ. त्यसैको माध्यमद्वारा आमाले युगयुगानसम्म सुख र सन्तोष पाइरहनुहुनेछ। रह्यो उहाँको भौतिक शरीर, त्यो पृथ्वी, आकाश, वायु, जलको अंश थियो, त्यो तिमीले फर्काइदिइहाल्यौ। छोराको कर्तव्य शायद यही हो पनि। र, आमालाई रोगको कष्ट त भयो अन्तिम समयमा, तर पनि पति र पुत्रको समक्ष प्राण छाड्न पाउनु पनि उहाँको ठूलो सौभाग्य रहेछ। ईश्वरले गरून् उनको आत्माले शान्ति पाओस्।
हामी सबैको सम्झना र यथावत् प्यार छ तिमीलाई। ज्यादै दिक्क मानेर व्याकुल भएका छौ भने, केही दिनलाई यहाँ आऊ। मकहाँ बस, दु:खसुखको कुरा बाँटौँला। तिम्रो मन पनि काममा लाग्ने सम्भावना हुनेछ। आउने निश्चय गर्यो भने, सङ्कोच अलिकति पनि नमानी, हिँडिहाले पनि हुन्छ।”...
पिता र माता कसैको बाँचिरहँदैनन्, न तिमी बाँच्छौ न म बाँच्छु। तर पनि, कता-कता ती सबै हामीभित्र हाम्रा सन्तानभित्र एक क्रममा बाँचिरहन्छन्, तिनको मृत्युको विभीषिकाका माध्यमद्वारा यदि हामीमा सिर्जना शक्ति बढ्छ भने, मलाई लाग्दछ हामीलाई जन्म दिएर उनीहरूले एक ठूलो उपकार गरेका छन्- आफ्नै लागि, हाम्रै लागि, राष्ट्रकै लागि।
जवाफ पाएको छैन। थाहा छैन उसको चिट्ठी आउँछ वा ऊ। केही फरक पर्दैन।
मलाई थाहा छ, अब आउने निकट भविष्यमा उसले गरेको रचनामा उसको प्रतिभा तिखारिएर देखिनेछ। एक नयाँ भल आउनेछ, जसले नदीको किनारालाई नयाँ मोड दिनेछ।
नदीमा भल आउँदा उसको पानीमा मलिलो माटो पनि बगेको हुन्छ। त्यही माटोमा उर्वरा शक्ति हुन्छ। त्यसैमा बाली फस्टाउँछ। हुन त माटोले स्थान परिवर्तन गरेको हुन्छ, र मलाई लाग्छ अम्बरको पनि अब शैलीमा परिवर्तन हुनेछ, तर पनि आत्मवेगले नदीलाई आफ्नो कर्तव्य बिर्साउनेछैन।
यही मेरो लिखित रूपको शभेच्छा हो तिमीलाई, अम्बर। अब नि तिम्रो उर्वरा शक्तिको प्रतीक्षामा छ।
धरती र अम्बरको मिलन सङ्गीतमय क्षितिजमा हुनेछ। तिम्रो गीत, म अम्बर हुँ तिमी धरती, लाखौं चाहे पनि हाम्रो मिलन कहिले नहोला ! - अब पुरानो भइसक्यो। नयाँ गीतको आवश्यकता छ हामीलाई।
(शंकर लामिछानेको परिचयात्मक निबन्धसंग्रह 'विम्ब-प्रतिविम्ब' बाट । मूल रचनामा यो निबन्धको शीर्षक 'अम्बर गुरुङ' छ।)