बीपी-मातृकाबीचको मतभेदमा यसरी खेलेछ भारतले
राणा शासन ढलेपछि नेपाली कांग्रेसमा देखिएको कलहमा मातृकाप्रसाद कोइराला र बीपीबीच मतान्तर अचाक्ली थियो, जसको आडमा भारतले खेल्ने मौका पाएको थियो।
राजा त्रिभुवन र भारत बीपी कोइरालालाई रुचाउँदैनथे। आफ्नै दाजु मातृकाप्रसाद समेत बीपीलाई मन पराउँदा रहेनछन्। राणा शासन उखेलिएर प्रजातन्त्र आएपछि दुई भाइबीच राजनीतिक तहमा ठूलै मतान्तर भयो।
भारत बीपीप्रति मित्रवत् नहुँदा अनेक तगारो र असहजता निम्त्याएको राजनीतिक इतिहासमा भेटिन्छ। २००८ सालमा बीपीलाई प्रधानमन्त्री बन्नबाट रोक्न र नेपाली कांग्रेसमा कटुता बढाउन भारतको भूमिका प्रमुख रहेछ। यसबारे बीपीले २००८ र २०१३ सालमा लेखेको डायरीमा उल्लेख छ।
१ भदौ २००८ को डायरीमा बीपी लेख्छन्, ‘ठूल्दाइ मसँग केही रुष्ट पनि हुनुहुन्थ्यो।’ उतिबेला कांग्रेसभित्रको कलह साम्य पार्ने जिम्मा भारतले लिएको रहेछ। मातृकासँगको विवाद मिलाउन बीपीलाई डा. राजेन्द्रप्रसाद र पण्डित जवाहरलाल नेहरूले दिल्ली बोलाएका रहेछन्।
बीपीका अनुसार, नेपाली कांग्रेसभित्रको कलहमा सहजीकरणको जिम्मा लिएको भारतीय पक्षको भूमिका सहयोगी साबित भइरहेको थिएन। राजाको भूमिका पनि निराशाजनक थियो। उनले लेखेका छन्, ‘भारत र मातृकाप्रसादको सरकार दुवै मलाई प्रभावहीन बनाउन संगठित भएका थिए। मलाई लाग्यो, मैले मात्रै अब देशको रक्षा गर्न सक्छु।’
त्यसै वर्षको ८ फागुनको डायरीमा बीपीले लेखेका छन्, ‘भारतको सञ्चार माध्यम मप्रति आक्रामक भएको थियो, किनकि म भारतको हस्तक्षेपबाट नेपाल पूर्णतः मुक्त हुनुपर्ने कुरा गरिरहेको थिएँ। नेपाली कांग्रेसको मुद्दा छनोट गर्ने संयन्त्र अपर्याप्त थियो। हामीसँग भारतीय श्रोता-दर्शकलाई मार्गदर्शन गर्न सक्ने व्यक्तिहरूको अभाव थियो। मैले यसबारे सोच्नैपर्ने थियो।’
नेपाली सेनालाई आधुनिक प्रशिक्षण दिन २००८ फागुनमा भारतबाट सैनिक शिष्ट मण्डल मेजर जनरल परांजपेको नेतृत्वमा नेपाल आएछ। ५ चैतमा बीपीले लेखेको डायरी अनुसार, भारतबाट सैन्य मिशन नेपाल आएको विषयमा नेपाली सेनाभित्र ठूलो रुष्टता थियो। नेपाली सेना निकै संवेदनशील बनेको थियो।
नबुझिने भारतीय खेल
बीपीले डायरीमा लेखे अनुसार भारतले एकातिर विवाद समाधान गर्ने अभिभारा लिएको थियो, तर उल्टै समस्या सिर्जना गर्ने गर्थ्यो।
बीपीका अनुसार, नेपाली कांग्रेसभित्रको कलहमा सहजीकरणको जिम्मा लिएको भारतीय पक्षको भूमिका सहयोगी साबित भइरहेको थिएन। राजाको भूमिका पनि निराशाजनक थियो। उनले लेखेका छन्, ‘भारत र मातृकाप्रसादको सरकार दुवै मलाई प्रभावहीन बनाउन संगठित भएका थिए। मलाई लाग्यो, मैले मात्रै अब देशको रक्षा गर्न सक्छु।’
बीपीलाई कलकत्ता (हाल कोलकाता) बाट नेहरूको टेलिग्राम आएछ– मलाई भोलि भेट्नु भनेर। तर, नेपालका सम्बन्धमा नेहरूजीसँग के कुरा गर्ने भनेर बीपी अलमलमा परे। किनकि, नेहरूको दिमाग पहिल्यैदेखि भरिएको जस्तो उनलाई लागेको थियो।
बीपीका अनुसार, कांग्रेसले गरिरहेको एकताको प्रयास बिथोल्न नेपाल कम्युनिष्ट पार्टी लागिपरेको थियो। मातृकाको सहयोग लिएर आफूलाई सरकारबाट हटाइएको र अराष्ट्रिय तत्त्वहरू मातृकासहित वा रहित सर्वदलीय सरकार बनाउने तर्खरमा लागेको उनले लेखेका छन्।
१६ चैत २००८ को डायरीमा बीपी लेख्छन्, ‘मैले उहाँ (नेहरू) लाई सबैभन्दा पहिले त नेपालमा व्याप्त घातक मतभेदको कुरा सुनाएँ। प्रशासन निष्क्रिय नै थियो। राणाको भूमिका पनि सन्तोषजनक थिएन। उता (नेपाल) कम्युनिष्ट पार्टीले पनि सहयोग गरिरहेको थिएन। भारतको सैन्य मिशन पनि बदनाम थियो नेपालमा।’
बीपीका अनुसार, कांग्रेसले गरिरहेको एकताको प्रयास बिथोल्न नेपाल कम्युनिष्ट पार्टी लागिपरेको थियो। मातृकाको सहयोग लिएर आफूलाई सरकारबाट हटाइएको र अराष्ट्रिय तत्त्वहरू मातृकासहित वा रहित सर्वदलीय सरकार बनाउने तर्खरमा लागेको उनले लेखेका छन्। मोहन शमशेर जबरा नेतृत्वको राणा-कांग्रेस सम्मिलित सरकारमा बीपी गृहमन्त्री थिए। त्यो सरकार २७ कात्तिक २००८ मा विघटन भएर १ मंसीरमा मातृकाको नेतृत्वमा गठित सरकारमा बीपी परेनन्।
‘नेपालको परराष्ट्र नीति छैन’
बीपीको भनाइमा २००९ सालताका पनि नेपालको राजनीति छलछाम र षड्यन्त्रले आक्रान्त थियो। २१ वैशाख २००९ को डायरीमा उनी लेख्छन्, ‘अबको खेल भनेको ठूल्दाजुलाई अपदस्थ गर्नु थियो। उहाँलाई हटाउने षड्यन्त्रमा अध्यक्ष पदको निर्वाचन पनि एक प्रमुख कडी थियो। कारण, हामी कांग्रेसभित्रका सबै कमजोर थियौं र कमजोरहरूको सरकार बाहिरबाट नियन्त्रित हुन्छ।’
२२ वैशाखमा बीपीलाई नेपालका लागि तत्कालीन राजदूत सीपीएन सिन्हाले चिया खान बोलाएका रहेछन्। त्यो भेटमा सीपीएनले नेपालसँग परराष्ट्र नीति नै नभएको बताए रे। भोलिपल्टको डायरीमा बीपीले लेखेका छन्, ‘हाम्रो देशमा अमेरिकीहरू छिरिसकेका थिए, जुन कुरा भारतलाई मन परेको थिएन। मेरो डर के थियो भने नेपालसँग आफ्नै स्वतन्त्र नीति नहोस् भन्ने भारत चाहन्थ्यो र यसका लागि नेपालमा स्थायित्व नहोस् भन्ने उसको इच्छा थियो।’
त्यसै वर्षको भदौमा बीपी बम्बई (हाल मुम्बई) गएछन्। त्यस बेला विभिन्न व्यक्ति भेट्ने क्रममा भारतीय राष्ट्रिय कंग्रेसका नेता अशोक मेहतासँग पनि भेट गरेछन्। मेहताले उनलाई सुझाव दिएछन्, ‘राजनीति शक्ति प्राप्तिको अनवरत खेल हो। जहाँबाट सम्भव छ, त्यहाँबाट सहयोग लिने प्रयास गरिरहनु।’
२२ वैशाख २००९ मा बीपीलाई नेपालका लागि तत्कालीन राजदूत सीपीएन सिन्हाले चिया खान बोलाएका रहेछन्। त्यो भेटमा सीपीएनले नेपालसँग परराष्ट्र नीति नै नभएको बताए रे। भोलिपल्टको डायरीमा बीपीले लेखेका छन्, ‘हाम्रो देशमा अमेरिकीहरू छिरिसकेका थिए, जुन कुरा भारतलाई मन परेको थिएन। मेरो डर के थियो भने नेपालसँग आफ्नै स्वतन्त्र नीति नहोस् भन्ने भारत चाहन्थ्यो र यसका लागि नेपालमा स्थायित्व नहोस् भन्ने उसको इच्छा थियो।’
२ मंसीर २००९ को डायरीमा बीपीले लेखे अनुसार, उनले बिहार नेसनल कलेज पटनामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध विषयक गोष्ठीलाई सम्बोधन गर्नुपरेछ। त्यसबारे इतिहास शिरोमणि बाबुराम आचार्यसँग पनि सल्लाह लिएको उनले लेखेका छन्।
यसबाट के देखिन्छ भने, बीपीमा आफूभन्दा बढी अध्ययन गरेका विषयविद्हरूसँग सिक्ने गुण रहेछ। आचार्यले नेपाल–भारतबीचको सांस्कृतिक आदानप्रदानको लामो इतिहासबारे लेख नै लेखेछन्।
भारतीय दूतावासले निम्तो दिएनछ
२००९ सालमा भारतको गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा भारतीय दूतावासले आयोजना गरेको समारोहमा बीपीलाई निम्तो गरिएन। त्यसबाट बीपीलाई चित्त दुखेछ।
तिक्तता प्रकट गर्दै उनले डायरीमा लेखेका छन्, ‘सम्भवतः केही मूल्य भएर पनि यसरी छुटाइने नेपालीहरूमध्ये म एक मात्र यस्तो व्यक्ति थिएँ। यो मप्रतिको भारतको दृष्टिकोणको स्पष्ट संकेत थियो। म बिस्तारै नेपाली राजनीतिभित्र राष्ट्रवादको नजिक आइपुगेको थिएँ। यो राष्ट्रवाद भारतका ससाना व्यक्तिहरूको ससाना हस्तक्षेपको कारण विकसित भएको थियो। नेपाललाई भारतको एउटा सानो कोलोनीका रूपमा व्यवहार गरिंदै थियो। हाम्रो मतभिन्नतालाई नेपालभित्र रहेका भारतीयहरू दुरुपयोग गरिरहेका थिए।’
३० फागुन २००९ मा बीपीले काठमाडौंको विशाल जनसभालाई सम्बोधन गरेको उल्लेख गरेका छन्। त्यस क्रममा उनले नेपालबाट भारतीय अधिकारी र सैन्य मिशन फिर्ता जानुपर्ने कांग्रेस कार्यसमितिको निर्णय सुनाएछन्। भारतको सैन्य मिशन फिर्ता पठाउनुपर्ने कार्यसमितिको निर्णय उनले ग्रामीण सम्मेलनमा पनि भनेछन्।