संसद् पुन:स्थापनाको खुशियालीमा दाहाल-नेपाल समूहको विजय र्याली (तस्वीरहरू)
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाकाे स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले बुधबार काठमाडौंमा विजय जुलुश निकालेको छ।
संसद् पुन:स्थापना भएको खुशियालीमा रत्नपार्कको शान्तिवाटिकादेखि भृकुटीमण्डपसम्म जुलुश निकालिएको हो। जुलुशमा नेता-कार्यकर्ताहरूको सहभागिता थियो।
प्रधानमन्त्रीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मंगलबार फैसला गर्दै विघटन बदर गरिदिएको थियो। सर्वोच्चले बहुमतको प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको भन्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश समेत दिएको छ।