पञ्चायतको समाचार सङ्कलनमा अवरोध हुँदा
रासस सरकारको मिडिया हो, सरकारको भनाइ जस्ताको तस्तै दिनुपर्छ भन्ने मलाई लाग्छ। जस्ताको तस्तै दिने तर टिप्पणी पनि दिन पाउनुपर्छ भन्ने मेरो माग थियो। त्यो कहिले सम्भव भयो, कहिले थिएन।
मैले राष्ट्रिय समाचार समिति (रासस) मा २०२० साल भदौदेखि काम शुरु गरेको हुँ। तपाईँहरू अहिले काम गर्दा कति स्वतन्त्रता उपभोग गर्नुहुन्छ मलाई थाहा छैन तर हामीले काम गर्दाखेरि खूब स्वतन्त्रताको उपभोग गर्थ्यौँ। पञ्चायती व्यवस्था भए पनि स्वतन्त्र हिसाबले काम गर्थ्यौँ। यो चाहियो त्यो चाहियो भनेर मन्त्रीसँग बाझ्थ्यौँ। बजेट आउने बेलामा जहिले पनि कचकच हुन्थ्यो। मन्त्रालयले थोरै दिन्थ्यो, हामी धेरै माग्थ्यौँ। बजेट पेश भएको भोलिपल्ट पत्रकार सम्मेलन हुन्थ्यो। त्यस बेला म मन्त्रीसँग राससलाई बजेट कम भयो, थप्नुहुन्छ कि हुन्न भनेर प्रश्न गर्थेँ। धेरैजसो थपिन्थ्यो। त्यस बेला यादवप्रसाद पन्त, भेषबहादुर थापा जस्ता अर्थमन्त्री थिए।
रासस र सरकारको नजिकको सम्बन्ध थियो। राससको कार्यालय भवन बनाउनका लागि पनि निकै सङ्घर्ष भयो। सरकारसँग झगडा गरेरै बजेट ल्याई भवन बनायौँ। जग्गा लिन र घर बनाउन पैसा चाहियो। पैसा निकै कष्टले सङ्कलन गरियो। राससमा गाडी पनि थिएन। प्रधानमन्त्री जहाँ जान लागे पनि मलाई लिन आउनुहुन्थ्यो। फर्किँदा पनि कार्यालय नजीकै ल्याइदिनुहुन्थ्यो। मेरो जीवनकालमा राससमा रहेर काम गर्दाका धेरै रोचक सन्दर्भहरू छन्।
पञ्चायती व्यवस्थामा बजेट यो दिन आउने भनेर मैले समाचार लेखेँ। यति बजेट आउँदैछ भनेर लेखेको पनि होइन। त्यो कुरा राष्ट्रिय पञ्चायतका सदस्यलाई मन परेन। राससले नियम मिच्यो भनेर धुनधान गरे। राससलाई कारबाही गर्ने भने। मैले भनेँ, “राससलाई किन कारबाही गर्ने ? समाचार मैले लेखेको हो। मलाई कारबाही गर्नू।”
पञ्चायती व्यवस्थामा बजेट यो दिन आउने भनेर मैले समाचार लेखेँ। यति बजेट आउँदैछ भनेर लेखेको पनि होइन। त्यो कुरा राष्ट्रिय पञ्चायतका सदस्यलाई मन परेन। राससले नियम मिच्यो भनेर धुनधान गरे। राससलाई कारबाही गर्ने भने। मैले भनेँ, “राससलाई किन कारबाही गर्ने ? समाचार मैले लेखेको हो। मलाई कारबाही गर्नू।” पछि कारबाही गर्नतिर चाहिँ गएनन्।
पछि कारबाही गर्नतिर चाहिँ गएनन्। राष्ट्रिय पञ्चायत अधिवेशनमा रिपोर्टिङ गर्न दिइँदैनथ्यो। उनीहरूले नै समाचार दिन्थे। जनमतसङ्ग्रहपछि हामीले रिपोर्टिङ गर्न पायौँ तर उनीहरूलाई देखाएर समाचार लेख्नुपर्थ्यो। उनीहरूले सहयोग गर्थे। बुद्धरत्न शाक्य, गोरक्षबहादुर न्हुच्छे प्रधानले हामीलाई समाचार दिनुहुन्थ्यो। रासस र सरकारबीच मित्रता थियो। राससले त्यस बेला राज्यबाट धेरै लियो, झगडा गरेरै लियो। अन्तरद्वन्द्व र अन्तरविरोध सँगै गएको थियो तर राम्रो काम भएको थियो।
मैले राससको जति तलब खाएँ, त्योभन्दा बढी मैले राससलाई दिएँ भन्ने मलाई लाग्छ। मैले राससमा करीब २२ वर्ष काम गरेँ। तलबको सबै मूल्य तिरेँ। मेची अञ्चलको काँकरभिट्टामा चार कठ्ठा जग्गा हामीले लियौँ। त्यसको मूल्य अहिले हिसाब गर्नुस्, कति हुन्छ। पोखरामा पनि राससको भवनका लागि जग्गा लियौँ। वीरगञ्जमा हुलाकको कार्यालय लियौँ। जनकपुरमा घर बनायौँ। लहानमा घर बनायौँ। विराटनगरमा घर बनायौँ। मैले राससलाई आफूले सकेको योगदान गरेको छु। अझ मैले रासससँग मेरो योगदानबापत लिनुपर्छ भन्ने मलाई लाग्छ।
स्रोत उल्लेख गर्ने विषयमा पनि रोचक प्रसङ्ग छ। एक पटक सरकारले नून, चिनी, मट्टीतेलमा भाउ बढाउन खोजेछ। त्यो सूचना मलाई थाहा भयो। समाचार दिएँ। मलाई साह्रै गाल पर्यो,। त्यस बेला मकरबहादुर बान्तवा अञ्चलाधीश हुनुहुन्थ्यो। उहाँले एक बोरा चिनी किनेर लानुभएछ। मलाई बजारमा अभाव छैन भनेर समाचार लेख्नू भन्नुभयो। त्यस बेला डा. पुष्करनाथ पन्त अर्थसचिव, रामबहादुर रावल सञ्चारसचिव हुनुहुन्थ्यो। उहाँहरूले स्रोत उल्लेख नगरीकन बजारमा नून, चिनी र मट्टीतेल अभाव छैन भन्दिनू भन्नुभयो। मैले स्रोतविना समाचार दिँदैनौँ भनेँ। त्यस बेला स्रोत उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सरकारसँग धुनधान नै झगडा हुन्थ्यो।
स्रोत उल्लेख गर्ने विषयमा अर्को प्रसङ्ग पनि छ। जनमतसङ्ग्रहको घोषणा भयो। स्याङ्जामा नेपाली कांग्रेसका सभापति बीपी कोइराला जाँदा गोली चलेर एक जना मान्छे मरे। राज्यले स्रोत उल्लेख नगरी मान्छे मरेको छैन भनेर समाचार दिन दबाब दियो, तर हामीले जति दबाब दिए पनि विनास्रोतको समाचार दिएनौँ। मैले काम गर्दासम्म अडान लिएँ, विनास्रोत समाचार दिँदैनौँ भनेर।
स्रोत उल्लेख गर्ने विषयमा अर्को प्रसङ्ग पनि छ। जनमतसङ्ग्रहको घोषणा भयो। स्याङ्जामा नेपाली कांग्रेसका सभापति बीपी कोइराला जाँदा गोली चलेर एक जना मान्छे मरे। राज्यले स्रोत उल्लेख नगरी मान्छे मरेको छैन भनेर समाचार दिन दबाब दियो, तर हामीले जति दबाब दिए पनि विनास्रोतको समाचार दिएनौँ।
पञ्चायतकै बेलामा भैरव रिसालले गलत समाचार दिन्छ भन्ने भ्रमपूर्ण हल्ला पनि चलाए। त्यस बेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो। विरोधमा समाचार आउँथ्यो। रूपचन्द्र विष्ट मेरो परम मित्र, हामी क्यान्टिनमा सँगै चिया खान्थ्यौँ, कुराकानी हुन्थ्यो। थापाले 'भैरवले विष्टसँग मिलेर मेरा विरुद्ध गलत समाचार दिन्छ' भन्नुभएछ। पञ्चायतको बैठक भोलिपल्टदेखि शुरु हुँदै थियो। रासस, रेडियो नेपाल र गोरखापत्रका हाकिम बोलाए थापाले र भने, “भैरवलाई डाइलुट गर्न सक्दिनँ, रिपोर्टिङमा नपठाउनुस्।”
त्यसपछि मलाई डेस्कमा सारे। म त्यस बेला प्रमुख समाचारदाता थिएँ। 'पञ्चायतको समाचार सङ्कलन गर्न नदिए मलाई जागीरबाटै बिदा दिनू नि' भनेँ, तर सम्पादन शाखामा सरुवा गरिएको सात दिनभित्र थापालाई महाभियोग लाग्यो। अनि राधेश्याम विष्टले समाचार सङ्कलन वा सम्पादन कहाँ काम गर्ने भनेर सोध्नुभयो। तीन महीना सम्पादन शाखामा काम गरेर फेरि समाचार सङ्कलनमा फर्किएँ। म राससको जागीर धेरै जुधेर खाएको मान्छे हो।
रासस सरकारको मिडिया हो, सरकारको भनाइ जस्ताको तस्तै दिनुपर्छ भन्ने मलाई लाग्छ। यो राज्यको संस्था हो। जस्ताको तस्तै दिने तर टिप्पणी पनि दिन पाउनुपर्छ भन्ने मेरो माग थियो। त्यो कहिले सम्भव भयो, कहिले भएन।
थापा पछिल्लो पटक प्रधानमन्त्री हुँदाको अर्को पनि प्रसङ्ग छ। हेटौँडामा एउटा कार्यक्रम रहेछ। हेलिकाेप्टर सुपारीटार भन्ने ब्यारेकमा झर्यो। थापा, उहाँको बडी गार्ड र म मात्र थियौँ। थापाले मलाई एक पटक देखाएर मात्र समाचार दिनू भन्नुभयो। मैले मेरो अक्षर राम्रो छैन भनेँ। त्यसो भए समाचार लेखेर मकहाँ आउनुस् भन्नुभयो। मैले समाचार लेखेर हतारहतार लगेँ। उहाँले हेर्नुभयो। एउटा अक्षर संशोधन गर्नुभयो। त्यसपछि मलाई पूर्ण विश्वास गर्नुहुन्थ्यो। पछि समाचार देखाएर छाप भन्नुभएन।
बीपी, तुलसी गिरी, मरिचमान सिंह राजनीतिक मान्छे हुन्। मेरो विचारमा अरू राजनीतिक मान्छे होइनन्। उहाँहरूको बहुत राम्रो विश्लेषण हुन्थ्यो।
एक पल्ट राजदरबारले पञ्चायत नीति तथा जाँचबुझ केन्द्रका लागि नामको सूची पठाइदेऊ भनेछ। सिंहले तीन थरी उत्तम, मध्यम र कमजोर मानिसको सूची पठाउनुभएछ। छनोट हुने बेलामा सबभन्दा कमजोर परेछ। सिंहमा राजालाई गाल पार्नुहुँदैन भन्ने सोच थियो। सिंह राजनीतिक मान्छे भए पनि उनकै पालामा दश महिना थुनामा परेँ। थुनामा पर्नु अर्कै प्रसङ्ग छ। राससबाट मैले राजीनामा दिएपछि एउटा साप्ताहिक पत्रिकामा ‘एशियाली मापदण्ड: मन्त्रिमण्डलको ठगी खाने भाँडो’ भनेर लेख लेखेँ। अनि राजकाज मुद्दा लगाइएर दश महिना थुनामा परेँ। जनमतसङ्ग्रहपछि सुधारिएको पञ्चायत आउला भनिठानेको त बिगारिएको पञ्चायत पो आयो। मलाई रासस साँघुरो लाग्यो। वि.सं. २०४२ वैशाख १ गते राजदरबारमा सुशोभन समारोह थियो। भोलिदेखि रासस छाड्दैछु भनेर जानकारी गराएँ। अनि वैशाख २ गते राससबाट राजीनामा दिएँ।
जनमतसङ्ग्रहपछि सुधारिएको पञ्चायत आउला भनिठानेको त बिगारिएको पञ्चायत पो आयो। मलाई रासस साँघुरो लाग्यो। वि.सं. २०४२ वैशाख १ गते राजदरबारमा सुशोभन समारोह थियो। भोलिदेखि रासस छाड्दैछु भनेर जानकारी गराएँ। अनि वैशाख २ गते राससबाट राजीनामा दिएँ।
अब रासस सरकार र जनता दुवैको आवाज हुनुपर्छ। जनताले अझै पनि दुःख पाएका छन्। निर्मला पन्त, भागरथी भट्टका अपराधी पत्ता लाग्न सकेका छैनन्। राज्यले सञ्चालन गरेको हुनाले राज्यको भनाइ दिनु नै पर्यो। जनता र राज्य दुवैप्रति राससको कर्तव्य छ। दुवैलाई मिलाएर लैजाने राससको चुनौती हो। बुद्धि, बर्कत लगाई इमानदार भएर काम गर्नुपर्छ। अहिले पनि म राससमा लेखिएका समाचारहरू पढ्छु। केहीमा रासस लेखिएको हुन्छ, केहीमा हुँदैन। स्रोत कोड गर भन्नेमा त्यो बेला पनि द्वन्द्व थियो। त्यति बेला बिग्रियो भने पनि राससलाई दोष आउँछ भन्यौँ तर हामीले पैसा तिरेर समाचार छापेका छौँ, स्रोत लेख्नैपर्छ भन्ने छैन भन्ने जवाफ दिन्थे।
त्यस बेला हामी काम धेरै गथ्र्यौं, सुविधा कम पाउँथ्यौँ। अहिले सुविधा धेरै लिने तर काम कम गर्ने प्रवृत्ति आयो। रासस मात्र होइन अन्य ठाउँमा पनि त्यस्तै छ। राससमा चित्त नबुझे तत्काल राजीनामा दिएर जाने खालको नेतृत्व हुनुपर्छ, जागीरको लोभ गर्नु हुँदैन। रासस पार्टीको होइन, राज्यको हो, जनताको हो। राससले एक काखमा जनता र अर्कातिर राज्य राख्नुपर्छ।
[राससमा करीब दुई दशक काम गरेका रिसालले प्रमुख संवाददाता हुँदा २०४२ साल वैशाखमा संस्था छाडेका थिए। उनीसँग राससले संस्थाको हीरक (६०) वर्ष प्रवेशका पूर्वसन्ध्यामा कुराकानीमा आधारित भएर तयार पारेको लेख।]