निशान म्याग्नाइट नेपाल आउँदै
निशानको नयाँ भर्सनको गाडी निशान म्याग्नाइट नेपालमा आउने भएको छ। नेपालका लागि आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले १० फागुनमा नयाँ एसयुभी गाडी निशान म्याग्नाइटको मूल्य सार्वजनिक गर्ने भएकाे छ।
नयाँ म्याग्नाइट गाडी देशभरका सोरुमहरूमा उपलब्ध पनि गराइने पायोनियर मोटो कर्पले जनाएकाे छ।
नयाँ निशान म्याग्नाइटको लन्च निशान गाडीको नेपाल बजार र आफ्ना मूल्यवान् ग्राहकहरूप्रति प्रतिबद्धताका रूपमा लिइएकाे पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाले बताए।
उनले बिग, बोल्ड, आकर्षक र करिम्याट्रिक एसयुभी विशेष आकर्षक मूल्यका साथमा गाडी सार्वजनिक हुने बताए। लामो समयदेखि प्रतीक्षारत ग्राहकहरूका लागि अन्य थुप्रै अफरहरूका साथ यो गाडी बजारमा आउने उनले बताए।
नयाँ निशान म्याग्नाइट निशान नेक्स्ट रणनीतिका लागि महत्वपूर्ण हुने निशान मोटर इन्डियाका अध्यक्ष तथा दक्षिण एशिया बजार इन्चार्ज सिनन ओजकोकले बताए। ‘‘नेपाली बजारलाई सधैँ उच्च प्राथमिकतामा राखेका छौँ। हाम्रो लागि नयाँ निशान म्याग्नाइट पहिलो उत्पादन हो जुन निशानको नेपालको बजार वृद्धिका लागि दिगो साझेदार हुनेछ,’’ उनले भने।
नयाँ निशान म्याग्नाइट विश्व बजारका लागि भारतमा निर्मित गाडी हो।